सार्वजनिक जग्गा फिर्ता लिन नगरपालिकाकाे डाेजर अभियान

गाेल्डेन बुढा

जुम्ला,१८ असार।
सार्वजनिक सम्पत्तिमाथिको वर्षौँदेखिको अतिक्रमण अन्त्य गर्ने अभियानअन्तर्गत चन्दननाथ नगरपालिकाले जुम्ला विमानस्थल आसपासको सार्वजनिक जग्गामा बनेका घरटहरामाथि डोजर चलाएको छ। पटकपटक सूचना र आग्रह गर्दा पनि अटेर गरेपछि नगरपालिकाले प्रहरी र प्रशासनको सहयोगमा पाँच वटा टहरा हटाएको हो। डोजर चल्ने क्रममा आक्रोशित स्थानीय जिल्ला प्रशासन कार्यालय पुगेका थिए। नगरप्रहरी र नेपाल प्रहरीको सुरक्षा घेराबीच संरचना हटाइएको नगरपालिकाले जनाएको छ।चन्दननाथ नगरपालिका–१ स्थित विमानस्थल क्षेत्रमा रहेका पाँच वटा टहरा भत्काइएको छ भने थप तीन वटा संरचना १५ दिनभित्र खाली गर्न निर्देशन दिइएको वडा अध्यक्ष तिलकप्रसाद न्यौपानेले बताए। उनका अनुसार सार्वजनिक सम्पत्तिमाथिको अतिक्रमण हटाउने अभियान अब रोकिने छैन।‘सार्वजनिक जग्गा कुनै व्यक्ति वा संस्थाको निजी सम्पत्ति बन्न सक्दैन,’ न्यौपानेले भने, ‘विमानस्थल क्षेत्रबाट सुरु भएको अभियान अब सार्वजनिक जग्गा अतिक्रमण भएका अन्य स्थानमा पनि विस्तार हुन्छ।’ यसमा नगर प्रमुख राजुसिहं कठायत र उप -प्रमुख रामदेवि कठायतकाे पनि राम्रो सपाेट छ।नगरपालिकाका अनुसार विमानस्थलको भगवती मन्दिर क्षेत्रदेखि माथिल्लो गेटसम्म सार्वजनिक जग्गामा बनेका सबै घरटहरा हटाइनेछन्। सहकारीले प्रयोग गरिरहेको एक टहरा पनि १५ दिनभित्र खाली गर्न निर्देशन दिइएको छ। नगरपालिकाका अनुसार उक्त सहकारीले डेढ वर्षदेखि मासिक तीन हजार रुपैयाँका दरले तिर्नुपर्ने भाडासमेत नतिरेको छ।नगर क्षेत्रमा सार्वजनिक जग्गाको वास्तविक क्षेत्रफल, अतिक्रमणको अवस्था र बनेका संरचनाको विवरण संकलन भइरहेको छ। ‘पहिलो चरणमा पाँच वटा टहरा हटाइएको छ,’ न्यौपानेले भने, ‘अब नापी कार्यालयका प्राविधिकबाट सार्वजनिक र निजी जग्गाको स्पष्ट सीमांकन गरेपछि मात्रै थप डोजर चलाइनेछ।’डोजर लगाइएका संरचनामा चियापसल, किराना पसल र होटल सञ्चालनमा थिए। ती हटाइएका स्थानमा व्यवस्थित नमुना पार्किङ निर्माण गर्ने नगरपालिकाको योजना छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज जैशीका अनुसार गत वैशाख १७ गते बसेको चन्दननाथ नगरपालिकाको नवौँ कार्यपालिका बैठकले विमानस्थलको सौन्दर्य, सुरक्षा र सार्वजनिक उपयोगमा असर पुर्‍याइरहेका काठका टहरा तथा जीर्ण प्रतिक्षालय हटाई पार्किङ निर्माण गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार संरचना प्रयोगकर्तालाई सात दिनभित्र खाली गर्न पत्राचार गरिएको र अटेर गरेपछि डोजर प्रयोग गरिएको हो।यो अभियान पाँच टहरा भत्काउने कार्यमा मात्र सीमित छैन। चन्दननाथ नगरपालिकाले यसलाई सार्वजनिक सम्पत्तिमाथिको अतिक्रमण अन्त्य गर्ने सुरुआतका रूपमा प्रस्तुत गरेको छ। अब सार्वजनिक जग्गाको सीमांकनपछि अवैध रूपमा बनेका अन्य संरचनामाथि पनि क्रमिक रूपमा डोजर चलाइने नगरपालिकाको तयारी छ।

सार्वजनिक जग्गा फिर्ता लिन नगरपालिकाकाे डाेजर अभियान

दैलेखमा यात्रुवाहक फोर्स कर्णाली नदीमा खस्यो, एक

सार्वजनिक जग्गा फिर्ता लिन नगरपालिकाकाे डाेजर अभियान

लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *