‘करारखेती प्रवद्र्धन कार्यक्रम’ बाट कृषकलाई राहत 

कैलाली, १६ असार ।  कैलालीको गौरीगङ्गा नगरपालिका–१ मा सञ्चालन गरिएको करारखेती प्रवद्र्धन कार्यक्रमले किसानलाई राहत पुगेको छ । नगरपालिकाले स्थानीयको पाँच बिघा जमिन भाडामा लिएर कृषक समूहमार्फत तरकारी र फलफूलखेती गर्न थालेपछि कृषकलाई आयआर्जन गर्न ठूलो राहत मिलेको हो ।  स्थानीय जागृती पशु फलफूल तथा तरकारी कृषक समूहलाई विसं २०८१ देखि वार्षिक रु एक लाख […]

जलवायुको मारमा धानको सुरक्षा 

प्रगति ढकाल/रासस  काठमाडौँ, १६ असार ।  पछिल्लो समय जलवायु परिवर्तनको असरले बढाएको सुक्खा तथा खडेरीको असर प्रत्यक्ष रूपमा कृषि क्षेत्रमा देखिन थालेको छ । नेपालजस्तो धानखेतीमा आत्मनिर्भर बन्ने प्रयासरत मुलुकलाई जलवायुजन्य सङ्कटको सामना गर्न चुनौती थपिँदै गएको छ ।  जल तथा मौसम विज्ञान विभागले मनसुन अवधिमा औसतभन्दा कम वर्षा हुनसक्ने प्रक्षेपण गरिरहँदा यस वर्ष पनि […]

आम्दानीको प्रमुख माध्यम बङ्गुर र माछापालन

कञ्चनपुर, १६ असार ।  शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन र माछापालनलाई आम्दानीको भरपर्दो स्रोत बनाएका छन् । सिद्धनाथ माध्यमिक विद्यालय बेलडाँडीमा लेखापालका रूपमा कार्यरत चौधरीले जागिरसँगै व्यावसायिक पशुपालन र मत्स्यपालन गर्दै वार्षिक रु सात लाख भन्दा बढी आम्दानी गर्दै आएका छन् । पाँच वर्षअघि करिब १० लाख रुपैयाँ लगानी गरी बंगुरपालन सुरु […]

थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक

दाङ, १६ असार ।  लुम्बिनी प्रदेश सरकारले थारू समुदायको आदिमकालीन प्रथा, परम्परा र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवद्र्धनसम्बन्धी विधेयक, २०८३’ अगाडि बढाएको छ ।  उक्त विधेयक हाल प्रदेशसभामा पेस गरिएको छ । लुम्बिनी प्रदेशमा थारू समुदायको बाहुल्यता रहेको र यस समुदायमा आदिमकालदेखि प्रचलनमा रहेका सामूहिक प्रथाजनित संरचना, […]

खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी कार्यशाला

सुर्खेत, १६ असार ।  कर्णालीमा ‘खानेपानी, सरसफाइ तथा स्वच्छताको राष्ट्रिय व्यवस्थापन सूचना प्रणाली (एनवास–मिस), खानेपानी योजना र गुणस्तरसम्बन्धी तीनदिने कार्यशाला’ सम्पन्न भएको छ । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय कर्णाली प्रदेश सुर्खेतले युनिसेफको सहकार्यमा उक्त कार्याशाला सम्पन्न गरेको हो ।  तीनदिने कार्यशालामा मन्त्रालयका सचिव डा योगेन्द्र मिश्रले जलवायु परिवर्तनका कारण मानवले भोग्नुपरेका बहुआयामिक असर, यसका […]

सुर्खेतका ध्रुवकुमार थापामगर रास्वपाको केन्द्रीय सदस्य, सच्याइएको सूचीमा पाए आधिकारिक मान्यता

सुर्खेत ,१६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय निर्वाचन आयोगले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूको सूची सच्याएसँगै सुर्खेतका युवा नेता ध्रुवकुमार थापामगर पार्टीको केन्द्रीय सदस्यमा आधिकारिक रूपमा निर्वाचित भएका छन्। आयोगले मत परिणाम, उम्मेदवारी दर्ताका कागजात तथा सम्बन्धित प्रमाणहरूको पुनः अध्ययनपछि जनजाति क्लस्टरतर्फ थापामगरलाई निर्वाचित घोषणा गरेको हो। प्रथम राष्ट्रिय महाधिवेशनपछि सार्वजनिक […]

बाँकेमा खेतका फाँट धुलाम्मे 

बाँके, १६ असार ।  यस वर्ष असारमा पनि पर्याप्त वर्षा नहुँदा बाँकेका खेतका फाँट धुलाम्मे देखिएका छन् । जिल्लाका केही स्थानमा बीउ राखेको खेतको ब्याडमा धाजा फाटेको छ । असारमा पनि खेतका फाँट धुलाम्मे भएको देख्दा बाँकेको राप्तीसोनारी गाउँपालिका–७ फत्तेपुरका किसान धुमलिया थारूले विगत वर्षहरुमा यस्तो समस्या भोग्न नपरेको सुनाए ।  “वैकल्पिक सिँचाइ वा पानी […]

सुरक्षा निकायका अधिकृतद्वारा जन्ममथलाेकाे गंगामाला देउतीबज्यै मन्दिरलाई धार्मिक सामग्री सहयोग

गुर्भाकोट (सुर्खेत), असार १५ । गुर्भाकोट नगरपालिकामा स्थायी बसोबास भई नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलमा कार्यरत अधिकृतहरूले गुर्भाकोट–४, पोखरास्थित ऐतिहासिक गंगामाला देउतीबज्यै मन्दिरलाई महत्वपूर्ण धार्मिक सामग्री सहयोग गरेका छन्। सोमबार वडा अध्यक्ष रामबहादुर डाँगीको उपस्थितिमा आयोजित कार्यक्रममा मन्दिरमा गणेश भगवान, गंगामाला देउतीबज्यै माता तथा सिंह (एक जोडी)का मूर्तिहरू स्थापना गरिनुका साथै १६ […]

जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

गाेल्डेन बुढा जुम्ला,१५ असार। जुम्लालाई कर्णाली प्रदेशको चौथो पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। आठवटै स्थानीय तहलाई जेठभित्र पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि सोमबार जिल्लालाई औपचारिक रूपमा घोषणा गरिएको हो। जिल्लामा एक नगरपालिका र सात गाउँपालिका रहेका छन्।‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ जिल्लालाई कर्णाली […]

छिन्चुमा विशेषज्ञ स्वास्थ्य सेवा गाउँमै : निःशुल्क स्वास्थ्य शिविरबाट ६३१ जना लाभान्वित

सुर्खेत, १५ असार । Happy Souls र गोपाल निना फाउन्डेसन नेपालगञ्जको संयुक्त आयोजनामा सुर्खेतको भेरीगंगा नगरपालिका–१२ स्थित छिन्चु स्वास्थ्य चौकीमा एकदिने निःशुल्क एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ। असार १३ गते आयोजित शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकबाट ६३१ जनाले निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवा प्राप्त गरेका छन्। गोपाल निना फाउन्डेसन नेपालगञ्जको समन्वयमा […]

सुशासन र पारदर्शिताका लागि मिडियाको भूमिका महत्वपूर्ण छ : नगर प्रमुख ढकाल

सुर्खेत ,१५ असार । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले लोकतन्त्रको सुदृढीकरण र पारदर्शिताका लागि मिडियाको भूमिका महत्वपूर्ण रहेको बताएकी छन् । प्रेस चौतारी नेपाल जिल्ला समिति सुर्खेतले आयोजना गरेको स्थानीय तहमा सुशासन प्रवद्र्धन र विकासमा मिडियाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । पत्रकारिता क्षेत्रका समसामयिक मुद्दा, सञ्चार माध्यमले भोगिरहेका चुनौती […]

घुइँत्रो : देश बनाउने पालो आएपछि सबै पुराना कमरेड एउटै लाइनमा!

सुन्नु भाे , जनता जनार्दनज्यूहरु ! नेपालका कमिनिष्ट नेताहरु अब बल्ल देश बनाउन हिँड्नु भाे रे । हैन ०७ सालदेखि ५२ र ७४ साल हुँदै विभिन्न समयाँ देश बनाउँछु भनेर हिँडनु भाका नेता आजसम्म बाटैमा हराउनु भा रैछ कि! हिजाेसम्म परिवार ,नालनाता ,शाखा सन्तान, दरसन्तान बनाई दिन हिँड्या तर, अब चाइँ देश बनाउन हिँड्या जस्ताे […]

भारतबाट अवैध रूपमा ल्याइँदै गरेका तीन हजार बोइलर चल्ला बाँकेमा बरामद

बाँके ,१५ असार। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२३ जङ्गलसिंहपुरुवा क्षेत्रबाट भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइँदै गरिएका तीन हजार बोइलर कुखुराका चल्ला प्रहरीले बरामद गरेको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार विशेष टोली गस्तीमा रहेका बेला उक्त क्षेत्रमा चल्ला अवैध रूपमा ओसारपसार भइरहेको सूचना प्राप्त भएपछि निगरानी गरिएको थियो। प्रहरी टोली पुगेको थाहा पाएलगत्तै चल्ला […]