विपद्सँग लड्न नगरपालिका तहको कृत्रिम घटना अभ्यास

सुर्खेत, १४ असार ।
विभिन्न मौसमजन्य विपद्को पूर्वतयारी र प्रतिकार्यसँग जुध्न सरोकारवाला बिच नगरपालिकास्तरिय कृत्रिम घटना अभ्यास गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाको आयोजना तथा युरोपेली संघ (ईयु), युएनडिपी, युएनओमन, युनिसेफ, ह्याण्डिक्याप इन्टरनेश्नलको समन्वय तथा सुन्दर नेपाल संस्थाको स्थानीय साझेदारीमा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाअन्तरगत आइतबार वीरेन्द्रनगरमा नगरपालिकास्तरिय टेबलटप कृत्रिम घटना अभ्यास सम्पन्न भएको हो ।


उक्त अभ्यासमा वीरेन्द्रनर नगरपालिकाका १६ वटै वडाका वडाध्यक्ष, विपद् हेर्ने विषयगत समितिका पदाधिकारी, विषयगत शाखा प्रमुख तथा विभिन्न साझेदार संस्थाहरुको सहभागिता थियो । कार्यक्रममा विपद् पूर्वतयारी र प्रतिकार्यका क्षेत्रमा काम गर्दै आएका संघसंस्थाहरुले विपद् व्यवस्थापनमा विद्यमान नीति, विपद् प्रतिकार्य आपत्कालिन सामग्रीको उपलब्धता लगायतका बारेमा समूहगत छलफल गरेका थिए । स्थानीय विपद् व्यवस्थापन समितिको तर्फबाट रेडक्रका बसन्तकुमार रेग्मीले छलफलबाट आएका निष्कर्ष प्रस्तुत गर्दै खोज तथा उद्दारमा आवश्यक पर्ने सामग्रीको उपलब्धतामा ध्यान दिनुपर्ने बताए । उनले वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा बारुण यत्रमा इन्धन भर्न छुट्टै पम्प र पानी भर्न वैकल्पिक स्रोत नभएको बताए ।

यसका लागि पाँच सय लिटर क्षमतको पम्प र पानी भर्ने वैैकल्पिक स्रोतको व्यवस्थापन गर्न टोल विकास संस्था र वडा कार्यालयले नगरपालिका र साझेदार संस्थासँग यथासिंघ्र पहल गर्न आश्यकता उनले औल्याए । विपद्मा परेकाहरुको उद्दार गरी स्वास्थ्य संस्थासम्म लैजान व्यवस्थित संयत्रको विकास गर्नतर्फ नगरपालिको ध्यान पु¥याउनु पर्नेमा उले जोड दिए ।


यस्तै, गैर सरकारी संस्थाहरुको तर्फबाट प्रतिनिधि रहेकी खगिसरा ओलीले विपद्पछि मात्र नभई अघि पनि दु्रत कार्य सञ्चालन प्रणाली चुस्त हुनुपर्नेमा जोड दिइन । उनले विपद्पछि पीडितहरुलाई राख्न अस्थायी बासस्थानको अभाव रहेकाले खुला स्थान पहिचानमा बिलम्ब गर्न नुहने बताइन । उनका अनुसा विपद्मा परी ज्यान गुमाएकाहरुको शव व्यवस्थापन गर्न निर्माण गरिएको कार्यविधि र निर्देशिका अस्पष्ट रहेको समेत बताइन । उनका अनुसार वीरेन्द्रनगरमा विपद् सामग्री भण्डार गर्ने गोदामको अभाव छ ।

कार्यक्रमका सहभागीहरुले विपद्का समयमा सूचना संकलनमा कठिनाइ, आगलागी नियन्त्रणमा ठुलो प्रकृतिको पानी पोखरी अभाव, फायर फाइटिङमा तालिम प्राप्त दक्ष जनशक्तिको अभाव, राहत वितरण लक्षित वर्गसम्म नपुग्ने जस्ता समस्याको दीगो समाधानमा तीनै तहका सरकारले ध्यान पु¥याउनुपर्नेमा जोड दिएका थिए । उनीहरुले विपद्पछि मात्रै तातिने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिएका थिए । यस्तै, सुन्दर नेपाल संस्थाका अध्यक्ष माया सापकोटाले विपद् व्यवस्थापनसँग सम्बिन्धत ऐन, कार्यविधि र निर्देशिकाका र पूर्वतयारी र प्रतिकार्यका बारेमा जानकारी गराउने उद्देश्यले कृत्रिम घटना अभ्यास गरिएको बताइन । छलफलबाट उठेका विपद् प्रतिकार्यसँग लड्न नीतिगत तथा संरचनागत अभाव र कमजोरीलाई सुधार गर्न नगरपालिकासँग परियोजनामार्फत सहकार्य गर्ने बताइन ।

विपद्सँग लड्न नगरपालिका तहको कृत्रिम घटना अभ्यास

खेती विस्तार गर्न संगठित भए सुर्खेतका कफी

Leave a comment

Your email address will not be published. Required fields are marked *