पर्यटकीय गुरुयोजनामार्फत कांक्रेविहारको पर्यटन प्रर्वद्धन गर्दैछौं ः नगर प्रमुख ढकाल

सुर्खेत, १४ असार ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगरका पर्यटकीय स्थलको विकास र प्रर्वद्धनका लागि पर्यटकीय गुरुयोजना बनाइरहेको बताएकी छन् । वीरेन्द्रनगर ९ नं वडा कार्यालयको आयोजनामा आइतबार कांक्रेविहार परिसरमा आयोजित कांक्रेविहार पर्यटन प्रर्वद्धन महोत्सवलाई सम्बोधन गर्दै उनले नगरपालिकाले पर्यटकीय गुरुयोजना निर्माण गर्ने काम गरिरहेको जानकारी दिएकी हुन् ।
कांक्रेविहार ९ नं वडा, वीरेन्द्रनगर नगरपालिकाको र कर्णालीको मात्र नभई सिंगो देशकै प्रमुख पर्यटकीय गन्तव्य भएकाले यसको प्रर्वद्धन र पूर्वाधार विकास नगरपालिकाको प्राथमिकतामा रहेको उनको भनाई थियो । पूर्व नगर प्रमुख देवकुमार सुवेदीले महोत्सवले काँक्रेविहारको बहुआयामिक महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप परिचित गराउन मद्दत पुग्ने बताए । नेपाली कांग्रेसका नेता नारायण कोइरालाले कांक्रेविहार ऐतिहासिक, पुरातात्विक हिसाबले धनी भएपनि यसको प्रर्वद्धनमा सरकारको ध्यान पुग्न नसकेको बताए । एमालेका नेता गणेश वली कांक्रेविहार संरक्षण र प्रर्वद्धनमा स्थानीयबासीहरुको तर्फबाट आफूहरुको सहयोग रहने बताए ।
महोत्सवको दुई वटा सत्रमा प्यानल छलफल गरिएको थियो । पहिलो सत्रमा काँक्रेविहारः इतिहास, संस्कृति र पुरातत्वको बहुआयामिक विमर्श’ विषयमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य–सचिव प्रा.डा. जीवेन्द्रदेव गिरी, नेपाल सरकारका पूर्व वन तथा वातावरणमन्त्री माधव चौलागाईं तथा त्रिभुवन विश्वविद्यालयका बौद्ध अध्ययन केन्द्रीय विभागकी विभागीय प्रमुख डा. चन्द्रकला घिमिरेले काँक्रेविहारको ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्वबारे धारणा राखेका थिए भने सत्रको सहजीकरण मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक रेशम विष्टले गरे । त्यस्तै काँक्रेविहारः पर्यटन प्रवद्र्धन र समुदायको भूमिका’ विषयक दोस्रो सत्रमा बाल रोग विशेषज्ञ तथा लेखक डा. नवराज केसी र कर्णाली प्रदेश सरकारका पूर्व मुख्य न्यायाधिवक्ता ध्रुवकुमार श्रेष्ठ वक्ताका रूपमा सहभागी थिए । सत्रको सहजीकरण पत्रकार प्रकाश अधिकारीले गरे । महोत्सवमा काव्य सन्ध्या, गजल सन्ध्याका साथै नेवार, थारु समुदायको नृत्य र देउडा प्रस्तुत गरिएको थियो । वडा नं. ९ का अध्यक्ष ऋषि गिरीले काँक्रेविहार केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई कर्णाली प्रदेशको सांस्कृतिक पहिचान, इतिहास र पर्यटन विकासको महत्वपूर्ण आधार भएकाले यसको संरक्षण, प्रवद्र्धन र दिगो व्यवस्थापनमा वडाले यसप्रकारको महोत्सवलाई निरन्तरता दिँदै आएको जानकारी दिए ।

पर्यटकीय गुरुयोजनामार्फत कांक्रेविहारको पर्यटन प्रर्वद्धन गर्दैछौं ः नगर प्रमुख ढकाल

लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख

पर्यटकीय गुरुयोजनामार्फत कांक्रेविहारको पर्यटन प्रर्वद्धन गर्दैछौं ः नगर प्रमुख ढकाल

विपद्सँग लड्न नगरपालिका तहको कृत्रिम घटना अभ्यास

Leave a comment

Your email address will not be published. Required fields are marked *