अन्तरविद्यालय क्रिकेटमा उषाले विजयामाविलाई ६ रनले हरायो

सुर्खेत, असार १३ ।
कर्णाली प्रदेश अन्तरविद्यालय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि उषा बाल बाटिका।मावि सुर्खेतले जितेको छ । शनिबार भएको रोमाञ्चक खेलमा उषा बाल वाटिका ले विजय मावि दैलेख लाई ६ रनले पराजित गर्दै उपाधि उचालेको हो । वीरेन्द्रनगर मैदानमा टस जितेर पहिले फिल्डिङ रोजेको विजयामाविले उषा बालवाटिकालाई निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ९६ रनमा सीमित गरेको थियो । उषा बालवाटिकाका बिशाल सिंहले सर्वाधिक २२ रन बनाए भने प्रदीप सिंह १७ रनमा अविजित रहे ।

विजया माविका कलम शाही ले किफायती बलिङ गर्दै चार ओभरमा १६ रन खर्चेर दुई विकेट लिए । ९७ रनको लक्ष्य पछ्याएको विजया माध्यमिक विद्यालय १९.३ ओभरमा सबै विकेट गुमाउँदै ९० रनमै समेटियो । टोलीका लागि बिजय बोहोरा ले ३२ रनको संघर्षपूर्ण इनिङ्स खेले पनि अन्य ब्याटरले राम्रो साथ दिन सकेनन् ।

उषा बाल वाटिकाको जितमा लक्ष्मण शाह नायक बने । उनले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिएर मात्र १२ रन खर्चिए । योगेश आचार्य ले पनि दुई विकेट लिएर टोलीको जितमा महत्वपूर्ण योगदान दिए । जितसँगै उषा बाल वाटिकाले राष्ट्रिय स्तरको प्रतियोगितामा कर्णाली को प्रतिनिधित्व गर्नेछ ।

अन्तरविद्यालय क्रिकेटमा उषाले विजयामाविलाई ६ रनले हरायो

कर्णाली प्रदेशस्तरीय टेबलटप कृत्रिम घटना अभ्यास

Leave a comment

Your email address will not be published. Required fields are marked *