केन्द्रीय प्रशारणमा जोडियो पदमखोलाको विद्युत

दैलेख : जिल्लाको नौमूले गाउँपालिका ५ मा निर्माण भएको ४.५ मेगावाट उत्पादन क्षमताको पदमखोला हाइड्रोपावर आयोजनाबाट उत्पादन भएको १६ सय किलोवाट विद्युत केन्द्रीय प्रशारण लाइनमा जोडिएको छ । ४.५ मेगावाट उत्पादन क्षमताको हाइड्रोपावर आयोजनाबाट हिउँदको समयमा खोलामा पानीको वहाब कम हुने भएकाले अहिले उत्पादन भएको १६ सय किलोवाट विद्युत केन्द्रीय प्रशारणमा जोडिएको कम्पनीका फिल्ड व्यवस्थापक […]

मलेसियामाथि क्यान–११ को दोस्रो जित

नेपालको क्यान–११ ले मलेसिया–११ विरुद्धको दोस्रो मैत्रीपूर्ण एकदिवसीय क्रिकेटमा फराकिलो जित हात पारेको छ । मंगलबार भएको दोस्रो खेलमा क्यान–११ ले मलेसियालाई एक सय ७० रनले हराएको हो । पोखरा रंगशालामा क्यानले दिएको दुई सय ९१ रनको लक्ष्य पछ्याएको मलेसिया २८ ओभर ४ बलमा अलआउट हुँदै एक सय २० रनमा समेटियो । उसका शेद अजिजले […]

रुखका जरा र हाँगाबाट कलाकृति

दैलेख :जिल्लाको गुराँस गाउँपालिका– ४ गाइबान्नाका भीमबहादुर शाही उमेरले ६० काटे । बाल्यकालदेखि नै चित्रकलामा रुचि राख्ने शाही पढ्दापढ्दै भारतीय सेनामा प्रवेश गरे । जीवनको लामो समय भारतीय सेनामा बिताएका शाही अहिले खेर गएको काठ कुँदेर विभिन्न आकृति बनाउन व्यस्त छन् । सेनाबाट अवकाश पाएर घर फर्किएका अधिकांश व्यक्ति सुविधायुक्त ठाउँमा बस्छन् । तर उनी […]

कर्णाली उज्यालो बनाउन सम्झौता

सुर्खेत : कर्णाली उज्यालो कार्यक्रमलाई कार्यान्वयन गर्न समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रबिच कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयन गर्न समझदारी पत्रमा मंगलबार हस्ताक्षर गरिएको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मीकुमारी बस्नेत र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले समझदारी […]

2076-10-08

बढे बिरामी,थपिएनन् डाक्टर

अड्डामा युगआह्वान (युग टीम) सुर्खेत : साविकको मध्यपश्चिम क्षेत्रीय अस्पताल । हाल प्रदेश अस्पतालमा स्तरोन्नती भएर सेवा दिइरहेको वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेश अस्पताल । कुनैबेला यही अस्पतालबारे निकै नकारात्मक टिप्पणी हुन्थ्यो । यद्यपी अहिले पनि यो अस्पतालबारे गुनासा आइरहेका छन् । प्रदेश अस्पताल भएपछि हाल यो अस्पतालका भव्य भवनहरु निर्माण भएका छन् । तीनसय शैयाको […]

2076-10-05

2076-10-04

2076-10-03

2076-10-02

2076-10-01

2076-09-29

सम्पादकीय : निष्कृय संसद

संसद कानून निर्माण गर्ने थलो हो । संसदबाटै नयाँ कानुन निर्माण हुन्छन् । समय अनुसार पुराना कानूनहरु संशोधन गर्ने काम पनि संसदको हो । कानून निर्माणसँगै संसदलाई नागरिकको आवाज बुलन्द गर्ने थलोका रुपमा पनि लिइन्छ । जहाँ जनताले चुनेका प्रतिनिधिले नागरिकका समस्या, गुनासा र भावानाहरुलाई ओकल्ने काम गर्दछन् । सरकार पनि जनताबाटै निर्वाचित हुन्छ । […]