शेर्पालाई हराउँदै थ्रीस्टार शीर्ष तीनमा

ललितपुरे क्लब थ्री स्टार सहिद स्मारक  ‘ए’ डिभिजन लिग फुटबकलको तेस्रो स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथरंगशालामा बिहिबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै थ्री स्टार लिगको शीर्ष तीनमा उक्लिएको हो । थ्री स्टारलाई जित दिलाउन शुसिल राई, सन्जोग राई र ओलानडिरन हाजमतले एक एक गोल गरे । शेर्पाका स्टेफेन समिरले […]

‘पैसा हुन्थेन, अरुले छाडेका किताव जम्मा गर्दै पढ्थें’ : टोपबहादुर मल्ल

कालिकोटमा जन्मिएका टोपबहादुर मल्ल गरिब र वेसहारा बालबालिकासँगै रमाउँछन् । उनीहरुको शिक्षाका लागि निरन्तर लागि परेका छन् । कालिकोटको विटक महावै गाउँपालिका–२ ओदामा बाल्यकाल विताएका मल्लले गरिबी र अभावको निकै समना गरे । एक वर्षको हुँदा बुवा र दश वर्षकै उमेरमा आमा गुमाएका मल्लले बाल्यकालमा धेरै पीडा भोगे । अभिभावकको ममता र बाल्यकालमा आफूले दुख […]

दैलेखमा भत्काइए दुईसय छाउगोठ

दैलेख :  गृह मन्त्रालयको निर्देशनअनुसार छाउगोठ भत्काउने अभियानअन्तर्गत दैलेखमा दिनहुँ धमाधम भत्काउन थालिएको छ । गत पुस २१ गतेदेखि थालिएको अभियानमा विभिन्न स्थानीय तहमा गरी २४१ छाउगोठ भत्काइएको हो । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत पुस २१ देखि यही माघ ६ गतेसम्म पाँच स्थानीय तहमा छाउगोठ भत्काइएको हो । दैलेखको अछामसँग सिमाना जोडिएको आठबिस नगरपालिका […]

2076-10-10

राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा नेकपा उम्मेदवार शर्मा र विसी विजयी

सुर्खेत : राष्ट्रिय सभा सदस्य निर्वाचनमा कर्णालीबाट नेकपाका उम्मेदवार विजयी भएका छन् । नेकपाका उम्मेदवार मायाप्रसाद शर्मा र सुमित्रा विसी विजयी भएका हुन् । शर्माले तीनहजार ६१८ र विसीले तीनहजार ६८४ मत प्राप्त गरे । विजयी शर्मा जाजरकोट र विसी सुर्खेतका हुन् । प्रतिद्वन्दी नेपाली काँग्रेसका डिल्लीराज पाठक र गणेशकुमारी बस्नेतले समान एकहजार २६ मत […]

छाउगोठमुक्त कर्णाली बनाउने प्रतिबद्धता

  सुर्खेत : कर्णालीलाई छाउगोठमुक्त बनाउने प्रतिवद्धता जनाइएको छ । महिनावारी हुँदा महिलालाई घरदेखि टाढा रहेको गोठमा राख्ने गरिन्छ । गोठमा राख्ने कुप्रथाका कारण महिला तथा किशोरीहरुले अकालमा ज्यान गुमाउन थालेपछि छाउगोठहरु भत्काउने अभियान थालिएको हो । यही क्रममा कर्णालीलाई छाउगोठमुक्त बनाउने सामुहिक प्रतिवद्धता जनाइएको हो । छाउपडी कुप्रथा अन्त्य गर्न साझा अभियान सञ्चालन गर्नेसमेत […]

सुर्खेतमा गुठी र सरकारी जग्गा खोज्दै आयोग

सुर्खेत : सुर्खेत जिल्लामा रहेको सरकारी र गुठीको जग्गाको खोजी गर्न थालिएको छ । सरकारी जग्गाको अतिक्रमण बढेपछि त्यसको संरक्षण गर्ने उद्देश्यले बुधबार ‘सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँझबुझ आयोगले’ राजनीति दल र सरोकारवाला निकायसँग छलफल थालेको छ । सरकारी जग्गालाई कसरी संरक्षण गर्न सकिन्छ भनेर आयोगले छलफल गरेको हो । आयोगका सदस्य […]

विकास परिषद्को बैठक भोली

सुर्खेत : कर्णाली प्रदेश विकास परिषद्को पहिलो बैठक भोली (शुक्रबार) बस्ने भएको छ । प्रदेशको प्रथम पञ्चवर्षीय योेजनाको मस्यौदामा छलफल गर्न बैठक बस्न लागेको हो । प्रदेश योजना आयोग (गठन तथा कार्यसञ्चालन) आदेश २०७५ को दफा ७ को प्रावधान वमोजिम गठित प्रदेश विकास परिषदको वैठक पहिलो पटक वस्न लागेको हो । परिषद्का अध्यक्ष मुख्यमन्त्री महेन्द्रबहादुर […]

अटोमाथी निगरानी

पछिल्लो सयम अटोरिक्सा बढेका छन् । छोटो दुरीको यात्राका लागि सहज र प्रभावकारी भएका कारण पनि अटोको संख्या बढेको हो । सहर, बजार र गाउँमा पनि अटोको संख्या बढेको छ । सडक पुगेको ठाउँमा यसको सुविधा उपलब्ध छ । सार्वजनिक यातायातको साधनहरु मध्ये अटोरिक्सा लोकप्रीय पनि बन्दै गएको छ । यो लोकप्रीय हुनुको मुख्य कारण […]

छाउगोठ भत्काउने अभियान कानुन मानौं कि देउता ?

सुर्खेत : गृह मन्त्रालयको निर्देशनमा कर्णाली र सुदूरपश्चिम प्रदेशमा धमाधम छाउगोठ भत्काउने अभियान चलिरहेको छ । रजस्वला भएका महिलालाई बेग्लै गोठ बनाएर राखेकै कारण धेरैले ज्यान गुमाएपछि सरकारले अभियानकै रूपमा गोठ निर्मूल पार्न थालेपछि यसको पक्ष र विपक्षमा बहस सुरू भएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा १६८ को उपदफा ३ अनुसार महिलाहरू […]

क्रिकेटरको तलब बढाउने तयारी

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीको तलब बढाउने तयारी गरेको छ । क्यानले आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत अमेरिका र ओमानसँगको सिरिजपछि खेलाडीको श्रेणी बनाएर तलब बनाउने गृहकार्य थालेको छ । गत महिना बसेको क्यानको बैठकमा समेत खेलाडीको नयाँ श्रेणी बनाउँदै तलबमा वृद्धि गर्ने बिषयमा छलफल भएको थियो । तर, खेलाडीको […]

बर्सौंदेखि पुल अलपत्र

रुकुम :  रुकुम पश्चिमको चौरजहारी र जाजरकोट जाड्ने पुलको कथाब्यथा! रुकुम पश्चिमको चौरजहारी र जाजरकोटको कुदु जोड्ने मोटरेवल पुल निर्माणको काम थालिएको ६ बर्ष बितिसक्दा पनि सम्पन्‍न हुन सकेको छैन। ६ बर्षसम्म पुल निर्माणको १५ प्रतिशत पनि काम भएको छैन । मध्य–पहाडी लोकमार्गलाई सरकारले राष्ट्रिय गौरबको आयोजनाको रुपमा लिएको छ । तर मध्यपहाडी लोकमार्ग अन्तर्गतको […]

विदेश गएका सात हजार युवा बाकसमा फर्किए

काठमाडौं : सरकारी तथ्यांकअनुसार बितेको दश वर्षमा नेपालबाट काम खोज्दै ३८ लाख ५८ हजार ४६५ जना नेपाली युवा विदेसिए । त्यसमध्ये ७ हजार ३८४ जनाको जीवनलिला विदेशी भूमिमै समाप्त भयो । अवैध बाटो भएर विदेश पुगेका र श्रम स्वीकृति नवीकरण नगरी बसेकामध्ये कतिले उतै ज्यान गुमाए भन्ने विवरण यो तथ्यांकले समेटेको छैन । वैदेशिक रोजगार […]