YUGAAWHAN NATIONAL DAILY (2076-11-19)

ट्याक्टरले माेटरसाईकलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएपछि सुर्खेत बजार तनाव

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा आइतबार बेलुका सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन् । सुर्खेत–जुम्ला सडक खण्डको दैलेख चोकमा पश्चिमबाट पूर्वतर्फ गइरहेको भे १ त ८१७६ नम्बरको ट्याक्टर र पूर्वबाट पश्चिमतर्फ गइरहेको भे ३ प ७४२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । प्रहरीका अनुसार मोटरसाइकलमा चालकसहित तीन […]

नेपाल निजामति कर्मचारी संगठन भेला सम्पन्न

सुर्खेत : नेपाल निजामति कर्मचारी संगठन कर्णाली प्रदेशको अगुवा भेला सम्पन्न भएको छ । संघीय निजामति ऐनले कर्मचारीलाई अंकुश लगाउने गरी सरकारले ल्याउन लागेको भन्दै संगठनले जागरण अभियान सम्वन्धी अगुवा भेला सुर्खेतमा शनिबार सम्पन्न गरेको हो । संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुलाई निजामतिमा राख्न नमिल्ने गरी सरकारले ल्याउन लागेको ऐनको विरोधमा कसरी […]

द्वन्द्वपीडितका लागि पुनस्र्थापना केन्द्र संचालनको तयारी

सुर्खेत : कर्णालीमा प्रदेश सरकारले द्धन्द्धपीडितका लागि पुनस्र्थापना केन्द्र संचालन गर्ने तयारी गरेको छ । तत्कालिन माओवादीले संचालन गरेको शसस्त्र युद्ध र जनआन्दोलनको क्रममा घाइते, अशक्त र अपाङ्गता भएका व्यक्तिहरुको हेरचाह र संरक्षण गर्नका लागि पुनस्र्थापना केन्द्र संचालनको तयारी गरिएको हो । प्रदेश सरकारले वीरेन्द्रनगरमा यो केन्द्र संचालनको योजना बनाएको छ । शान्ति अध्ययन तथा […]

सामाजिक न्यायका लागि १२ बुदे प्रतिबद्धता

सुर्खेत : सामाजिक न्यायसहितको समृद्ध सुर्खेत बनाउने अभियानलाई योगदान गर्न सुर्खेतस्थित एक दर्जन बढी गैर सरकारी संस्थाहरुले १२ बुँदे प्रतिबद्धता जनाएका छन् । सामाजिक न्याय सहितको समृद्ध सुर्खेत बनाउने अभियान थालेका नागरिक समाज तथा क्रियाशिल गैर सरकारी संस्थाहरु एकजुट भएका हुन् । सुन्दर नेपाल संस्था सुर्खेतले शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न गरेको गैर सरकारी संस्थाहरुको संस्थागत सुशासन […]

YUGAAWHAN NATIONAL DAILY (2076-11-18)

भेरीगंगाका प्रमुख प्रशासकीय अधिकृत पौडेल अख्तियारको फन्दामा

सुर्खेत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल पौडेललाई हिरासतमा राखेको छ । अख्तियार स्रोतका अनुसार केही दिन पहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेको थियो । ‘फागुन ८ गते भेरीगंगा नगरपालिकाका खानेपानी प्राविधिक चन्द्रबहादुर केसीलाई २ लाख घुस रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको थियो । उनको साथमा भएको मोबाइलको […]

बिवादमा रहेको मदन भण्डारी राजमार्गको सहमती

दिनेश कुमार बुढा सुर्खेत : बिगत केही दिन देखि बिवादित बनेको सुर्खेतको पश्चिम पञ्पुरीनगरपालिका मदन भण्डारी राजमार्ग को खम्बगाडे बिद्यापुर खण्ड को डिपिआर को काम सुरु हुने भएको छ । खम्बगाडे पलैटे, बराईचे, दुलालथाई बिद्यापुर जोड्नुपर्ने माग र खम्बगाडे शिबधाम बाबियाचौर माझिगाउ हुँदै बिद्यापुर जोड्नुपर्ने दुबै पक्षको माग सम्बोधन हुने भएको छ । स्वास्थ्य तथा […]

अब परीक्षामा तीस नम्बर ल्याए पनि पास

काठमाडौ : देशको शैक्षिक गुणस्तर खस्किएको भनेर आलोचना भइरहेका बेला शिक्षा मन्त्रालयले भने मिहिनेतबिनै विद्यार्थीले सर्टिफिकेट पाउने गरी पाठ्यक्रमको संरचना परिवर्तन गरेको छ । कक्षा ११ र १२ मा सैद्धान्तिक (बाह्य) र प्रयोगात्मक (आन्तरिक) मा छुट्टाछुट्टै हुनुपर्ने व्यवस्था परिवर्तन गरी अब समग्रमा ३० नम्बर ल्याउनेले सर्टिफिकेट पाउने भएका हुन् । नयाँ पाठ्यक्रममा ७५ अंक सैद्धान्तिक […]

प्रेस संगठनका प्रदेश र जिल्ला सदस्यद्वारा शपथ

सुर्खेत : प्रेस संगठन नेपाल प्रदेश सदस्य र सुर्खेत जिल्लाका पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका छन् । साविक प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको एकतापछि बनेको प्रेस संगठन नेपाल, सुर्खेतको शपथ ग्रहण तथा प्रथम जिल्ला भोला बिहिबार वीरेन्द्रनगरमा सम्पन्न भएको हो । प्रदेश तथा जिल्ला कमिटिका पदाधिकारी र सदस्यहरुलाई प्रेस संगठन कर्णाली प्रदेश […]

साइस्मिक सर्भेपछि पेट्रोलियम अन्वेषणको पहिलो चरण सम्पन्न

सुर्खेत : साइस्मिक सर्भेको काम सकिएसँगै दैलेखमा पेट्रोलिय पदार्थ अन्वेषण अन्तर्गत पहिलो चरणको काम सम्पन्न भएको छ । दैलेख जिल्ला भित्र पर्ने धार्मिक स्थलहरु नाभिस्थान, शिरिस्थान, पादुका लगायतका क्षेत्रलाई आधार बनाई थालिएको पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत पहिलो चरणको काम शुक्रबार देखी सकिएको खानी तथा भूर्गभ विभागका अन्वेषण अधिकृत डा. गणेशनाथ त्रिपाठीले जानकारी दिए । गत […]

YUGAAWHAN NATIONAL DAILY (2076-11-16)

दैलेखमा वडा अध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

दैलेख : जिल्लाको डुङ्गेश्वर गाउँपालिका–५ का वडाअध्यक्ष टेकबहादुर भण्डारी सहित चार जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर भएको छ । डुङ्गेश्वर गाउँपालिका–५ स्थित पिपलचौतारा माविको राहत दरबन्दीमा निमावी तहको सामाजिक विषयको शिक्षक पदपूर्तिका लागि गाउँपालिकाबाट सञ्चालन गरिएको शिक्षक छनौट परीक्षामा गोपनीयता भंग गरी आफ्ना निकटलाई उत्तीर्ण गराएर अनियमितता गरेको छानबिनबाट पुष्टि भएपछि वडाअध्यक्षसहित चारविरुद्ध […]