प्रदेशका सबै मन्त्रालयका भवन अब एउटै हाताभित्र

सुर्खेत : कर्णालीमा प्रदेश सरकारले सेवा प्रवाहलाई सहज र छरितो बनाउन नयाँ योजना अगाडि सारेको छ । जसअन्तर्गत प्रदेश सरकारले अब सबै मन्त्रालयका भवनहरु एकै स्थानमा निर्माण गर्ने भएको हो । यसका लागि आवश्यक प्रक्रिया पनि अगाडि बढाइएको छ । हाल संघीय सरकारका अधिकांश मन्त्रालयहरु सिंहदरबारमा एउटै हाताभित्र छन् । प्रदेश सरकारले पनि त्यही स्वरुपमा […]

नयाँ विद्यार्थी भित्र्याउने चटारो

डोल्पा : कर्णालीका डोल्पा, हुम्ला र जुम्लाका विद्यालयलाई नयाँ विद्यार्थी भित्र्याउने भर्ना अभियान कार्यक्रमको चटारो बडेको छ । फागुन १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु भएसँगै पाँचवटै जिल्लाका विद्यालयलाई भर्ना अभियानमार्फत आ–आफ्नो विद्यालयमा धेरैभन्दा धेरै विद्यार्थी भित्र्याउन चटारो बडेको हो । कर्णालीका अन्य जिल्लाजस्तै डोल्पामा पनि भर्ना अभियानको चटारो बडेको छ । यहाँका ग्रामीण गाउँबस्तीमा […]

बामदेवले भने, ‘मलाई पार्टीबाट निकाल्नुस्’

काठमाडौं : संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय निल्नु न ओकल्नु भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार सचिवालय बैठक बोलाएको थियो । तोकिएको समय बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित नौ जना नेता उपस्थित भएपछि एजेण्डा सोधीखोजी भयो । ओलीले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने एजेण्डा सुनाए […]

परिक्षणका लागि किबीका विरुवा वितरण

हुम्ला : हुम्ला जिल्लामा पहिलो पटक किबी खेतीका लागि परीक्षणका रुपमा बिरुवा बितरण गरिएको छ । दुई हजार चार मिटरमा किबी खेती गर्न सकिने भएपछि सिमकोट गाउँपालिकाले चालु आर्थिक बर्षको कार्यक्रमबाट किबीका बिरुवा बितरणको कार्यक्रम राखेको हो । गाउँपालिकाको कृषि शाखाका संयोजक नेत्रबहादुर शाहीले सिमकोट गाउँपालिकाको दुई हजार चार मिटर भन्दा तलको उचाई भएको स्थानमा […]

गिट्टी कुटेर परिवारको जीविकोपार्जन

  सल्यान : सल्यान बनगाड कुपिन्डे नगरपालिका सल्लीबजारका शारीरिकरूपमा अशक्त देवबहादुर बुढा क्षेत्रीले गिट्टी कुटेर चारजनाको परिवार पाल्दै आइरहेका छन् ।  भेरी नदी किनारमा दैनिक गिट्टी कुटेर चारजनाको परिवार पाल्दै आएका हुन्। दुवै खुट्टा जन्मजात अपांगता भएका बुढा क्षेत्रीले दिनभर तीनदेखि चार बोरीसम्म गिट्टी कुट्ने गर्छन् । विगत ६ वर्षदेखि गिट्टीको भरमा परिवार पाल्दै आएको […]

पर्यटकलाई रारासम्म पुग्न सकस

मुगु : काठमाडौबाट राराताल घुम्न आइपुगेका किरण श्रेष्ठसहित नौ जनाको टोलीले नाग्म—गमगढी सडक खण्डमा यात्रा गर्दा निकै सास्ती खेप्नु प¥र्यो । स्कारपियो जिप नै रिर्जव गरेर रारा आएको सो टोलीले नाग्म—गमगढी सडक खण्डको साघुँरो सडक तथा खाल्डाखुल्डिका कारण यात्रामा सास्ती खेप्नुपरेको हो । रारा पुगेका किरण श्रेष्ठले सडकको अवस्थाका कारण घुम्न आउने पर्यटक मार्फत बाहिर […]

ढल व्यवस्थित नहुँदा दुर्गन्धित

मुगु : छायाँनाथ रारा नगरपालिका—१ र २मा ढल व्यवस्थित नहुँदा गमगढी बजार दुर्ग्न्धित बनेको छ । फोहोर पानी सोझै सडक र खुला क्षेत्रमा बग्दा सर्वसाधारण सास्ती खेप्न बाध्य छन् । भिरालो सडकमा बग्ने फोहोर पानी सोझै स्थानीयको घरभित्र पस्ने गर्छ । ढल निर्माणको जिम्मा पाएको ठेकेदारको लापरवाहीले सदरमुकाम दुर्गन्धित बनेको हो । जिल्ला प्रशासन कार्यालयदेखि […]

बाँके निकुञ्जमा थपिए दुई हात्ती

बाँके : बाँके राष्ट्रिय निकुञ्जले दुईवटा हात्ती थपेको छ । चारवटा हात्ती रहेको निकुञ्जमा दुईवटा थप भएसँगै ६ वटा हात्ती पुगेको छ । चितवनको कसराबाट बुधबार दुईवटा हात्ती ल्याएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए । प्रमुख संरक्षण अधिकृत भट्टराईका अनुसार, निकुञ्जमा हात्ती सफारी गर्नेको संख्या बढ्दैछ । पर्यटकलाई हात्तीमा सफारी गर्नेदेखि गस्तीमा […]

YUGAAWHAN NATIONAL DAILY (2076-11-15)

पत्ता लाग्यो कोरोना भाइरसको ‘भ्याक्सिन’

विश्वका लागि निकै चुनौतीपूर्ण बनेको कोरोना भाइरस (कोभिड १९) विरुद्धको मुखबाट लिन सकिने ‘भ्याक्सिन’ पत्तालागेको छ। चीनको थियान चीन विश्वविद्यालयका प्रोफेसर ह्वान चिनहाइको टोलीले सो भ्याक्सिन पत्तालागाएको हो । उनी आफैँले विकास गरेको सो ट्याबलेटको चार डोज प्रयोग गरेका थिए । सो क्रममा उनमा कुनै साइड इफेक्ट देखानपरेको उल्लेख छ । साथै सो विद्यालयले उक्त […]

गुर्भाकोट नगरपालिकाको छैठौं नगरसभा सम्मपन्न

सुर्खेत : गुर्भाकोट नगरपालिका सुर्खेतको छैटौ नगरसभा मंगलबार सम्पन्न भएको छ । मंगलबार गुर्भाकोट नगरपालिका शुरु भएको उक कार्यक्रम नगरप्रमुख हस्त पुनले नगरपालिकाको छैठौं नगरसभा सुभारम्भ भएको घोषणा गरे । नगरसभा शुरु भएको घोषणा गर्दै गुर्भाकोट नगरपालिका सुर्खेत ले आर्थिक वर्ष २०७६ असार देखि हाल सम्म नगरपालिकाले सञ्चालन गरेको गतिविधि हरुका वारेमा जानकारी गरायका थिए […]

फोरलेन सडकका पक्की पुल संचालनमा आउन असार कुर्नुपर्ने

फोरलेन सडक अन्तर्गत गाग्रेताल खोला, नेवारेखोला र ढोडेखाली खोलामा निर्माणाधिन पुलको काम अन्तिम चरणमा पुगेको छ । यी पुलको काम असारभित्र सकेर संचालनमा ल्याउने तयारी भइरहेको निर्माण कम्पनीले जनाएको हो । बाँकी रहेका इत्राम खोला र खोर्के खोलामा बन्ने दुई वटा पुलमा भने समय लाग्ने देखिएको हो । सुर्खेत : वीरेन्द्रनगर स्थित फोरलेन सडकमा निर्माणाधिन […]

धार्मिक पर्यटकीय हवको रुपमा विकास गछौँ : नरवीर रावत

जुम्लाको कनकासुन्दरी गाउँपालिका जिल्लाका अन्य स्थानीय तहको तुलनामा विकट मानिन्छ । पशुपालन तथा कृषिको उच्च सम्भावना रहेको यस गाउँपालिकामा विकासका पूर्वाधार निर्माण कार्य पनि तीव्र पारीएको छ । यस गाउँपालिकामा पाण्डवगुफा, विराट दरवार, गरुडनुहानी, तिलिचौर माइ, भुलमभले पाटन, चुचेमारा लेक, कनकासुन्दरी लगायत विभिन्न धार्मीक पर्यटकीय स्थलहरु छन् । जहाँ वर्षेनी धार्मिक पर्यटकीय क्षेत्रको अवलोेकन, भ्रमण […]