२०८२ बैशाख १७ गते
×

Now Playing

भेरीगंगाका प्रमुख प्रशासकीय अधिकृत पौडेल अख्तियारको फन्दामा

सुर्खेत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल पौडेललाई हिरासतमा राखेको छ ।

अख्तियार स्रोतका अनुसार केही दिन पहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेको थियो ।
‘फागुन ८ गते भेरीगंगा नगरपालिकाका खानेपानी प्राविधिक चन्द्रबहादुर केसीलाई २ लाख घुस रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको थियो ।

उनको साथमा भएको मोबाइलको कल रेकर्ड हेर्दा पौडेल पनि छानबिनको दायरामा आएका हुन्,’ स्रोतले भन्यो, ‘हाल उनी अख्तियारको हिरासतमा छन् । अख्तियारले अनुसन्धान गरिरहेको छ । मुद्दाको छानबिन भइरहेकाले अहिले अन्य कुरा भन्न सकिन्न ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको भेरीगंगा नगरपालिकामा कार्यरत खानेपानी तथा सरसफाइ प्राविधिक चित्रबहादुर केसीलाई २ लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।

आयोग सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाका अनुसार प्राविधिक केसीले नगरपालिकाको वडा नम्बर ११ को तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण सकिएपछि भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए ।
आयोगको सुर्खेत कार्यालयबाट गएको टोलीले आरोपी केसीलाई घुससहित पक्राउ गरेको थियो । केसीलाई वडा नम्बर १० मदानीचौरस्थित उन्नति टोलबाट पक्राउ गरिएको थियो ।

(लोकान्तरबाट)

भेरीगंगाका प्रमुख प्रशासकीय अधिकृत पौडेल अख्तियारको फन्दामा

YUGAAWHAN NATIONAL DAILY (2076-11-18)

Leave a comment

Your email address will not be published. Required fields are marked *