‘हत्कडी खानु, जुत्ता नखानु’

कालिकोट : कालिकोटका सहिद परिवारलाई नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले सम्मान गरेको छ । नेकपा कालिकोटले मंगलबार रास्कोटमा एक औपचारिक कार्यक्रमको आयोजना गरी ७२ जना जनयुद्धका सहिद परिवारलाई सम्मान गरेको हो । कार्यक्रममा रास्कोटका सहिद पुष्प न्यौपानेकी पत्नी बिन्दा न्यौपानेले सत्ताधारी नेकपाले सहिदको सम्मान गर्न नसकेको बताइन् । उनले भनिन्, ‘सत्ताधारी नेकपाले हामीलाई […]

परिवार पाल्‍न साबेल र घन ठोक्दै मुगुका महिला

मुगु : हिमाली जिल्ला मुगुमा एक नगरपालिका र तीन गाउँपालिका गरी चार स्थानीय तह छन् । यीमध्ये दुई गाउँपालिका पश्चिम खत्याड गाउँपालिका र उत्तरी सोरु गाउँपालिकामा यतिबेला धमाधम सिँचाइका लागि कुलो निर्माणको काम हुँदैछ, तर फरक तरिकाले । विगतमा सिँचाइ कुलो निर्माण गर्दा र यो समयमा सिँचाइ कुलो निर्माण गर्दा कामदारले फरक अनुभूति भएको बताएका […]

आठ हजार छाउगोठ नष्ट

काठमाडौं  : सरकारले छाउपडी उन्मूलनका लागि आठ हजारभन्दा बढी छाउगोठ भत्काएको छ । छाउप्रथाको नाममा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रका महिलाले कष्टकर जीवन र विभेद भोगेपछि सरकारले पुस ९ गते छाउगोठ भत्काउने निर्णय गरेअनुुसार हालसम्म आठ हजार ६ सय १७ छाउगोठ भत्काइएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार फागुन १५ गतेसम्म सुदूरपश्चिम प्रदेशमा छ हजार तीन […]

अब बैंकमा सुन राखेर ब्याज पाइने

काठमाडौं : नेपाल राष्ट्र बैंकले बिहीबार वाणिज्य बैंकहरुलाई निर्देशन जारी गर्दै निक्षेपका रुपमा सुन संकलन गर्न सक्ने व्यवस्था मिलाएको हो । अब वाणिज्य बैंकहरुले कम्तीमा तीन वर्षदेखि बढीमा पाँच वर्षसम्मको अवधिका लागि निक्षेपका रुपमा सुन संकलन गर्न पाउने छन् । सुन निक्षेप संकलनका लागि बैंकहरुलाई नै विस्तृत कार्यविधि बनाई संचालक समितिबाट पारित गरेर कार्यान्वयन गर्ने […]

कर्णालीमा सर्जिकल मास्कको अभाव

सुर्खेत : कर्णालीमा पनि सर्जिकल मास्कको अभाव भएको छ । विश्वमा फैलिरहेको कोरोना भाइरसका कारण कर्णालीमा रहेका मेडिकलहरुमा पनि सर्जिकल मास्कको अभाव भएको हो । सुर्खेतमा रहेका झण्डै एक सय मेडिकलहरुमा सर्जिकल मास्क स्टकमा नरहेको नेपाल औषधी व्यवसायी संघ सुर्खेतका अध्यक्ष रणबहादुर खड्काले जानकारी दिए । उनले सुर्खेतसहित प्रदेशका अन्य जिल्लाहरुमा पनि सर्जिकल मागहरु प्रयाप्त […]

YUGAAWHAN NATIONAL DAILY (2076-11-23)

दुई दिवसीय सहकारी शिक्षा सम्बन्धि तालीम सञ्चालन

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सहकारी शिक्षा सम्बन्धि दुई दिवसिय तालीम शुरु भएको छ । भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सभाहलमा बिहिवारदेखि शुरु भएको तालीमको मन्त्री बिमला केसिले उद्घाटन गर्दै तालिमले सहकारी दर्ता, दर्ता पछि सञ्चालन लगायतका विषयमा काम गर्नेबारे सिक्न अवसर प्रदान गर्ने अपेक्षा रहेको बताइन् । उनले सहकारी सम्बन्धि तालीमबाट […]

जुनीचाँदेका अध्यक्ष र वडाध्यक्षविरुद्ध २५ लाख विगो दावीसहित मुद्दा दायर

सुर्खेत :  जाजरकोट जुनीचाँदे गाउँपालिकाका अध्यक्ष र वडाध्यक्ष विरुद्ध विगो दावीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालले विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ । घुस रकमसहित रंगेहात पक्राउ परेको जाजरकोट जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी र ५ नम्बर वडाध्यक्ष राजबहादुर शाही विरुद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । केसी र शाहीबाट २५ […]

कर्णालीमा दश हजार घरको बीमा गरिदै

सुर्खेत : कर्णाली प्रदेश सरकारले जोखिमग्रस्त क्षेत्रका १० हजार घरको बीमा गर्न लागेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार यहाँका जोखिमग्रस्त क्षेत्रका १० हजार घरको बीमा गर्ने प्रक्रिया थालिएको हो । घरबीमा कार्यक्रम अन्तर्गत मन्त्रालयले चालु आर्थिक वर्षमा १० हजार घरको बीमा गर्न ५० लाख बजेट विनियोजन गरेको छ । कर्णालीका १० वटै […]

नेता जन्माउने स्कुल, भवनले गिज्याइरहेछ पूवविद्यार्थीलाई

जाजरकोट : तस्वीरमा देखिएको भवन विद्यालय भवन हो भन्दा तपाईंलाई पत्यार नलाग्ला । तर, यो विद्यालय भवन नै हो । जाजरकोटको भेरी नगरपालिका–११ जगतिपुरस्थित शिवशंकर माध्यामिक विद्यालयको । जहाँ कक्षा १ देखि १२ सम्म अध्ययन–अध्यापन भइरहेको छ । यो त्यही विद्यालय हो, जसका उत्पादन अहिले राज्य सञ्चालन र देशको प्रमुख पार्टी नेकपाको केन्द्रीय तहमा प्रतिनिधित्व […]

डोल्पाबाट बिरामीको नमुना लिएर फर्कियो हेलिकप्टर

डोल्पा : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ करेलीकाँडामा फैलिएको अज्ञात रोगको नमुना लिएर हेलिकप्टर फर्किएको छ । करिब एक घण्टाको समय लगाएर दश दिन देखि थलिएका बिरामीको रगत, ‍¥याल, खकार, दिसा, पिसाबको नमुना लिएर हेलिकोप्टरमा फर्किएको हो । सिजनल फ्लु भनिए पनि अहिलेसम्म अज्ञात रहेको रोगको नमुना संकलन गरेर प्रदेश अस्पताल सुर्खेतका डाक्टर इन्द्र […]

जिल्ला उपसभापतिहरुको प्रशिक्षण बहिस्कार गर्ने पौडेल समूहको निर्णय

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले जिल्ला उपसभापतिहरूको प्रशिक्षण बहिस्कार गर्ने भएको छ । आफ्नो विरोधका बाबजुद पार्टी सभापति शेरबहादुर देउवाले विभागहरू गठन गरेसँगै चिढिएको पौडेल समूहका उपलब्ध केन्द्रीय सदस्य र जिल्ला सभापति र उपसभापतिहरको भेला पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको थियो । बैठकले पार्टीको १४ औं महाधिवेशन प्रभावित गर्ने उद्देश्यका […]

अर्थमन्त्रीमा युवराज खतिवडा नियुक्त

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले डा.युवराज खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गरेका छन् । मिर्गौला प्रत्यारोपणका लागि अप्रेसन थिएटरमा जानुअघि प्रधानमन्त्री ओलीले खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गरेका हुन् ।खतिवडालाई अर्थमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीलाई भेट्न मुख्य सचिव लोकदर्शन रेग्मी अस्पतालमै पुगेका थिए । त्यहीँबाट खतिवडाको नियुक्तिको सिफारिस बनेको […]