बाढीपीडितलाई खाद्यान्न वितरण

सुर्खेत, २१ चैत । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रास र सरकारको लकडाउनले छाक टार्न समस्या भएपछि सुर्खेतका बाढीपीडितहरुलाई खाद्यान्न सहयोग गरिएको छ । सुर्खेत दक्षिण कोरिया सम्पर्क समाजले ५० हजार रकम उपलब्ध गराएपछि भेरीगंगा नगरपालिकाको हटारुखोला र छिन्चुका बाढीपीडित परिवारलाई खाद्यान्न हस्तान्तरण गरिएको छ । २०७१ सालमा आएको बाढीबाट बिस्थापित भएकाहरू अहिले पनि कष्टकर विभिन्न […]

कर्णाली विपत् व्यवस्थापन कोषमा ६० करोड जम्मा

सुर्खेत, २१ चैत । कोरोना भाइरस (कोभिड– १९) रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले स्थापना गरेको विपत् व्यवस्थापन कोषमा एक सातामा ६० करोड रुपैयाँ जम्मा भएको छ । गत १४ चैतमा कर्णाली सरकारले कोषमा रकम जम्मा गर्न सार्वजनिक अपिल गरेपछि दाताहरूले रकम जम्मा गरेका हुन् । सरकारले स्थापना गरेको कोषमा शुक्रबारसम्म ६० करोड जम्मा […]

गण्डकी टोलमा कोरोना सचेतिकरण

सुर्खेत, २१ चैत । वीरेन्द्रनगर–३ गण्डकी टोलमा कोरोना भाइरस (कोभिड–१९) विरुद्ध सचेतिकरण कार्य गरिएको छ । गण्डकी टोल विकास संस्थाको अगुवाईमा कोरोना भाइरस विरुद्ध विविध सचेतिकरण गरिएको हो । संस्थाले आफ्नो आन्तरिक कोषबाट २० हजारबाट कोरोना भाइरस विरुद्ध सचेतिकरण गर्नुका साथै टोलमा क्लोरिन छर्किएको छ । टोलको ८ स्थान मा साबुन र पानीसहित ड्रम राखी […]

स्वास्थ्यकर्मीका लागि सामाग्री सहयाेग

सुर्खेत, २१ चैत । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रास र लकडाउनको अवस्थामा भेरीगंगा र गुर्भाकोट नगरपालिकामा विविध स्वास्थ्य सामाग्री वितरण गरिएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा समाज जागरण केन्द्र (स्याक) नेपालद्धारा सञ्चालित नेपाली युवाका लागि स्वास्थ्य रुपान्तरण परियोजनाले सामाग्री सहयोग गरेको हो । बोट सि कबर, क्याप, क्लिनिकङ मोफ, डिस्पोजेवल ब्याग, गम बुट, सेनिटाइजर, […]

कर्णालीमा कोराेना परीक्षणको दोस्रो दिन ः सात वटा रिपोर्ट नेगेटिभ

सुर्खेत, २१ चैत । कर्णाली प्रदेशबाट कोरोनाको परीक्षण सुरु भएको दोस्रो दिनका सात वटा रिपोर्ट नेगेटिभ आएका छन् । शुक्रबार साँझ ६ बजेसम्म पाँच जनाको नमूना परीक्षण गरिएको र सबै रिपोर्ट नेगेटिभ आएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रीता भण्डारीले जानकारी दिइन । भारतबाट आएर सुर्खेतको खुल्ला मञ्चको क्वारेन्टाइनमा बसेकाहरुको नमूना परीक्षण गरिएको हो । […]

‘व्यवसाय उस्तै, तर तरिका फरक’

गुल्मीमा जन्मिए पनि कर्मथलो सुर्खेत बनाएका सुदर्शन श्रेष्ठ आँटिला व्यापारी हुन् । जहाँ जोखिम त्यहीँ जम्ने शाहस बोक्ने श्रेष्ठ २०२८ सालमा गुल्मीमा जन्मिए । दुई वर्ष गुल्मीमै विताए पनि जीवनका आरोह अवरोह सुर्खेतमै वेतित गरिरहेका छन् । सबै परिवार सुर्खेत आएका श्रेष्ठ सानैदेखी जोखिमकै काम गर्न रुचाउँथे । खुलेरै आफ्ना संघर्ष साटेका सुदर्शन भन्छन्, ‘चलनचल्तीका […]

YUGAAWHAN NATIONAL DAILY (2076-12-21)

सिम्तामा १५ हजार लिटर किटनासक औषधी छर्किदै

दुर्गा विसि सुर्खेत, २१ चैत्र । सुर्खेतको उत्तरि पुर्वी सिम्ता गाउँपालिकाले काेराेना राेकथाम तथा नियन्त्रणका लागि किटनासक औसधि छरेकाे छ । सिम्ताकाे राकम पुलवजार,जामुनेवजार,चौर ज्यामिर चौर, गाेजिवजार, लुकुइ, औल झ्याम गजौड, बालि खाेला, काली खाेला, तारकुला, बाँखर्क, छेडावजार, अालि लगायत दमकलकाे पहुँचमा रहेका स्थानमा गरि १५ हजार लिटर काेलाेरिन पाउडर (चाइरस)किटनासक औसधि छर्किएको गाउँपालिका अध्यक्ष […]

कोरोनाको परीक्षणमा कर्णालीका सबै रिपोर्ट नेगेटिभ (भिडियाे सहित)

सुर्खेत, २० चैत । सुर्खेतमा कोरोना भाइरसको परीक्षण सुरु भएको छ । प्रदेश अस्पतालको प्रयोगशालामा बिहीबारदेखि परीक्षण सुरु भएको हो । बिहीबार चार जनाको कोरोना परीक्षण गरिएको थियो । पहिलो दिन परीक्षण गरिएका सबै रिपोर्ट नेगेटिभ आएका छन् । अर्थात उनीहरुमा कोरोनाको संक्रमण देखिएको छैन । वीरेन्द्रनगस्थित अशोका होटलमा राखिएका तीन जना र अर्का एकजना […]

विपद,काेषमा कृषि विकास बैँककाे ५ लाख

सुर्खेत, २० चैत । कृषि विकास बैँक लि.कर्णाली प्रदेश कार्यालय सुर्खेतले कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषलाई आर्थिक सहयोग प्रदान गरेको छ ।आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पुगि बैँकका प्रदेश निर्देशक श्री माधव रिजालले आन्तरिक मामिला तथा कानुन मन्त्री मा.नरेश भण्डारी लाई रू.५ लाख को चेक हस्तान्तरण गर्नुभएको थियो । विश्वब्यापि रूपमा महामारिको रूपमा फैलिएको कोरोना […]

अप्रेसन गर्ने पैसा छैन (भिडियो सहित)

सुर्खेत, २० चैत । एक बालकको हात भाँचिएको १३ दिन भयो तर उपचार सुरु हुन सकेको छैन । महावु–२, डुङ्गी दैलेख निवासी हरिलाल नेपालीका १२ बर्षिय छोरा टोप बहादुर नेपालीको हात भाँचिएको विहिबार १३ दिन पुग्यो । आर्थिक अभावमा उनको अप्रेसन हुन सकेको छैन । टोप बहादुर नेपालीले भने ‘गरिव छु हजुर, साँझ विहान छाक […]

काेराेना सन्त्रास : राउटे समुदायको स्वास्थ्य जाँच

नागरिकन्यूजबाट सुर्खेत, २० चैत । जंगलमा फिरन्ते जीवन विताउने राउटे समुदायको स्वास्थ्य जाँच गरिएको छ । विश्वमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढीरहेका बेला गुराँस गाउँपालिकाले राउटे समुदायका एक सय ५१ जना सदस्यहरुको बुधबार स्वास्थ्य जाँच गरेको हो । ‘थर्मल गनमार्फत राउटे समुदायका नागरिकहरुको ज्वरो जाँच ग¥यौं,’ अनमी सुमन काफ्लेले भनिन, ‘कुनै पनि राउटेमा उच्च ज्वरो […]

साझा घरलाई खाद्य सामाग्री हस्तान्तरण

सुर्खेत, २० चैत्र । विश्वव्यापी रुपमा आतंक मच्चाउँदै फैलिरहेको कोरोना भाइरस (कोभिड(१९) को महामारी चलेको बेला विभिन्न दाताहरुबाट सञ्चालित बृद्धआश्रम बालआश्रम अनाथ असहाय आश्रमहरु यतिवेला खाद्य संकटमा परेका छन् । यही अवस्थालाई मध्यनजर गर्दै वीरेन्द्रनगर ९ लाटीकोइली सुर्खेतका यूवा इन्जिनियर दिपक ढकालले नं. ९ वडा कार्यालयको समन्वयमा लाटीकोइली मै रहेको साझा घर नेपाललाई विहिबार खाद्य […]