सिम्तामा १५ हजार लिटर किटनासक औषधी छर्किदै

दुर्गा विसि

सुर्खेत, २१ चैत्र ।

सुर्खेतको उत्तरि पुर्वी सिम्ता गाउँपालिकाले काेराेना राेकथाम तथा नियन्त्रणका लागि किटनासक औसधि छरेकाे छ । सिम्ताकाे राकम पुलवजार,जामुनेवजार,चौर ज्यामिर चौर, गाेजिवजार, लुकुइ, औल झ्याम गजौड, बालि खाेला, काली खाेला, तारकुला, बाँखर्क, छेडावजार, अालि लगायत दमकलकाे पहुँचमा रहेका स्थानमा गरि १५ हजार लिटर काेलाेरिन पाउडर (चाइरस)किटनासक औसधि छर्किएको गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसिले जानकारी दिनु भएको छ ।

गाउँपालिकाकाे आर्थिक सहयोग र गाउँ स्वास्थ्य शाखाकाे अायाेजनामा सिम्ताका विभिन्न क्षेत्रमा उक्त किटनासक औसधि छर्किएको उहाँको भनाइ छ ।फाेहमैला तथा विभिन्न खाले किटाणु भाइरस नियन्त्रण तथा उन्मुलमा यसले सहयोग गर्ने गाउँ स्वास्थ शाखा संयोजक विरेन्द्र पुनले जानकारी दिनु भएको छ । काेराेना राेकथाम तथा पुर्व सतर्कताको लागि सिम्ताले चरण चरणमा याेजनावद्व रुपमा काम गरेको छ ।

त्यसैगरी ५० शैयाको क्वारेन्टाइन समेत व्यवस्थापन गरिसकेको जनाएको छ । अन्य वडा वडामा छुट्टै विपद व्यवस्थापन समितिले पनि घरमै पुगे जनचेतनामूलक कार्यक्रम गरिरहेकाे छ ।अहिलेसम्म गाउँपालिकामा कुनै संकास्पद विरामि नभेटिएको पनि जनाएको छ ।

सिम्तामा १५ हजार लिटर किटनासक औषधी छर्किदै

YUGAAWHAN NATIONAL DAILY (2076-12-21)

Leave a comment

Your email address will not be published. Required fields are marked *