गण्डकी टोलमा कोरोना सचेतिकरण

सुर्खेत, २१ चैत ।
वीरेन्द्रनगर–३ गण्डकी टोलमा कोरोना भाइरस (कोभिड–१९) विरुद्ध सचेतिकरण कार्य गरिएको छ । गण्डकी टोल विकास संस्थाको अगुवाईमा कोरोना भाइरस विरुद्ध विविध सचेतिकरण गरिएको हो । संस्थाले आफ्नो आन्तरिक कोषबाट २० हजारबाट कोरोना भाइरस विरुद्ध सचेतिकरण गर्नुका साथै टोलमा क्लोरिन छर्किएको छ ।

टोलको ८ स्थान मा साबुन र पानीसहित ड्रम राखी सचेतना गरिएको छ भने टोलमा प्रवेश गर्ने जो सुकैले साबुन पानीले हात धुनुपर्ने नियम बनाइएको छ । टोलमा अपरिचित व्यक्ति प्रवेदश कडाई गर्न राम गुरुङको नेतृत्वमा निःशुल्क सेवा गर्ने गरी ६ जनाको स्वयंसेवक दस्ता निर्माण गरिएको छ ।

नेपाल सरकार र डव्लुएचओको नियम अनुसार अभियान सञ्चालल गर्ने लकडाउन बिपरित टोलका घर बाहिर जथाभावी हिडडुल गर्नेलाई सम्झाउने अटेर गरे भाटा हान्नेसमेत को महत्वपूर्ण निर्णय भएको जनाइएको छ । सोही क्रममा भृकुटी फार्मेसीले निःशुल्क गल्वस बितरण गरेको छ ।

अभियान संस्थाका अध्यक्ष इन्द्र थापाको अध्यक्षता भएको बैठकमा टोल समितिका पदाधिकारी सदस्य तथा अगुवा राजनीतिकर्मी खड्ग केसी, मदन खडका, हरी प्रसाद अधिकारी, अर्जुन थापा, राम कटुवाल, रमेश खड्का, खडानन्द लामिछाने, गोपाल खत्री, बिष्णु पौडेल, लाल ब. बुढासहित महत्व पूर्ण ब्यक्तिहरुको उपस्थिति रहेको थियो । साथै युग आह्वान दैनिक पत्रिका यस्तो जटिल अवस्थामा पनि सूचना सम्प्रेषण गर्ने महत्वपूर्ण जिम्मेवारीबाट विचलित नभई जनतालाई सुसुचित गराउँदै कोरोना विरुद्ध अभियानमा महत्वपुर्ण योगदान गरिरहेको भन्दै धन्यवाद दिइएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *