सात वर्षपछि पनि अधुरा गाउँका अस्पताल शिलान्यासमै सीमित
गोल्डेन बुढा जुम्ला ,१४ बैशाख । संघीय सरकारले ग्रामीण भेगमै आधारभूत स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले अघि सारेको अस्पताल निर्माण योजना जुम्लामा भने वर्षौंदेखि कागजमै सीमित जस्तै बनेको छ । शिलान्यास भएको सात वर्ष बितिसक्दा पनि कनकासुन्दरी र तिला गाउँपालिकामा अस्पताल भवन निर्माण पूरा नहुँदा स्थानीयवासी अझै सामान्य उपचारका लागि समेत सदरमुकाम खलंगा पुग्न बाध्य छन् […]



