रोल्पा जिप दुर्घटनाप्रति मुख्यमन्त्री आचार्य स्तब्ध, सडक सुरक्षामा जोड

दाङ ,१७ बैशाख ।  रोल्पाको प्रसिद्ध धार्मिक स्थल जलजलातर्फ जाँदै गरेको तीर्थयात्री बोकेको जिप दुर्घटनामा परी यात्रुको ज्यान गएको घटनाप्रति लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गहिरो दुःख व्यक्त गर्नुभएको छ । बिहीबार दिउँसो रुकुम पूर्वको रुकुमकोटबाट जलजलातर्फ जाँदै गरेको जिप थबाङ गाउँपालिका–१ र ४ को सिमानामा पर्ने डाँडामा दुर्घटनामा परेको थियो । दुर्घटनामा जिपमा सवार […]

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु, बजेट प्राथमिकता र सुकुम्वासी मुद्दामा चर्को बहस

दाङ ,१७ बैशाख । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन बिहीबारदेखि सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । बैठकमा प्रदेश सभा सदस्यहरूले समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका छन् । शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर […]

थारु संस्कृति पुस्तान्तरणमा समुदायकाे भूमिका महत्त्वपूर्ण रहन्छ: मुख्यमन्त्री आचार्य

दाङ ,१७ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायको परम्परागत कला, संस्कृति र पहिचानलाई पुस्तान्तरण गर्न समुदाय स्वयंले विशेष पहल लिनुपर्ने बताउनुभएको छ । थारु आयोगले राप्ती उपत्यका (देउखुरी)मा बिहीबार आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले थारु समुदाय मौलिक कला र संस्कृतिमा […]

युवा उद्यमशीलतालाई केन्द्रमा राखेर बजेट ल्याउछौंः मुख्यमन्त्री आचार्य

दाङ ,१७ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा उद्यमशीलतालाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिने बताउनुभएको छ । प्रदेश युवा परिषद् विकास समितिले आयोजना गरेको नमुना युवा संसद कार्यक्रममा सहभागी युवाहरूसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा बिहीबार भएको छलफलमा मुख्यमन्त्री आचार्यले युवालाई स्वरोजगार बनाउन उद्यमशीलताको क्षेत्रलाई प्राथमिकतामा राखिने […]

कञ्चनपुरमा सिँचाइ क्षेत्र विस्तार भएसँगै गहुँउत्पादनमा वृद्धि 

कञ्चनपुर, १७  वैशाख ।  गत वर्षको तुलनामा यस वर्ष कञ्चनपुरमा गहुँ उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष गहुँ उत्पादनमा २.१ प्रतिशतले वृद्धि भएको हो । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी धर्मबहादुर साउदले यस वर्ष गत वर्षको तुलनामा गहुँको उत्पादकत्वमा वृद्धि भएको बताए । “उन्नत जातको बीउबिजन र सिँचाइ सुविधाका कारण […]

पूर्वाधार विकासमा गति लिँदै बेदकोट नगरपालिका

कञ्चनपुर, १७ वैशाख ।  पछिल्ला केही वर्षयता बेदकोट नगरपालिकाले पूर्वाधार विकासमा उल्लेखनीय फड्को मारेको छ । पालिकाले बस्तीस्तरबाट माग भइआएका योजनालाई प्राथमिकतामा राखेर सडक, पुल, शिक्षा र खानेपानीलगायत संरचना निमार्णमा जोड दिएको नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर पवन विष्टले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा पालिकाले ११ वटा पुल, ३३ वटा सडक […]

भूमिहिन सुकुमवासीलाई आतंकित बनाइएकोप्रति  बर्दियाका स्थानीय तहको आपत्ती

बर्दिया, १७ बैशाख ।  बर्दियाका सबै स्थानीय तहले भूमिहिन सुकुमवासीलाई आतंकित नबनाउन आग्रह गरेका छन् । संयूक्त प्रेस विज्ञप्ती जारी गर्दै आठ पालिका प्रमुखहरुले अतिक्रमित वन क्षेत्र खाली गराउने नाममा आतंक नफैलाउन ध्यानाकर्षण गराएका हुन् । लुम्बिनी प्रदेश, वन तथा वातावरण मन्त्रालय अन्तर्गत डिभिजन वन कार्यालय, बर्दियाबाट बुधबार प्रकाशित अतिक्रमित वन क्षेत्र खाली गर्ने सम्बन्धी […]

बालबालिकाको पाखुरा नाप्ने अभियान सुरु

काठमाडौँ, १७ वैशाख ।  ‘समयमै पहिचान, सही उपचार–कुपोषणमुक्त पुस्ताको आधार’ भन्ने मूल नाराका साथ १५ दिने राष्ट्रिय पोषण लेखाजोखा अभियान थालिएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छदेखि ५९ महिनासम्मका बालबालिकामा पोषण अवस्था लेखाजोखा गरी शीघ्र कुपोषण तथा मध्यम कुपोषण जोखिमको समयमै पहिचान र आवश्यक उपचार तथा सेवा सुनिश्चित गर्ने उद्देश्यले अभियान सुरु गरेको हो […]

आलेखः कार्ययोजना अभावमा वन संरक्षण क्षेत्र अलपत्र

इन्द्राकुमारी केसी/रासस मुलुकमा सङ्घीय संरचना लागू भएपछि वन व्यवस्थापनलाई अझ व्यवस्थित, उत्तरदायी र प्रभावकारी बनाउने उद्देश्यले सङ्घ र प्रदेश दुवै तहबाट कानुनी तथा नीतिगत व्यवस्था गरिए पनि कार्यान्वयनमा भने संरक्षण क्षेत्र अपेक्षित रूपमा सक्रिय र परिणाममुखी हुन सकेका छैनन् ।  सुदूरपश्चिम प्रदेशको कैलालीस्थित वसन्ता वन संरक्षण क्षेत्र र कञ्चनपुरको लालझाडी–मोहना वन संरक्षण क्षेत्रलाई यस अवस्थाको […]

उच्च क्षमताका प्रसारण लाइन निर्माणमा सरकारको उच्च प्राथमिकतामा

काठमाडौँ, १७  वैशाख ।  सरकारले उत्पादित बिजुलीलाई प्रमुख लोड सेन्टरहरुसम्म पुर्‍याउन, बढी भएको बिजुली क्षेत्रीय तथा उपक्षेत्रीय स्तरमा बिक्री वितरणका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने समयसीमा सार्वजनिक गरेको छ । प्रसारण लाइन निर्माणमा देखिएको बेथिती अन्त्य गर्ने, तोकिएको समय अगावै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ प्रक्रिया अगाडि बढाउने भएको हो । प्रसारण लाइन […]

बेलौरीमा हाटबजार पुनः सञ्चालन 

कञ्चनपुर, १७ वैशाख । यहाँको बेलौरी नगरपालिका–६ खुलामञ्च छेउमा तीन वर्षदेखि बन्द अवस्थामा रहेको हाटबजार पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ । आवश्यक भौतिक संरचना निर्माण तथा मर्मत गरी नयाँ व्यवस्थापनका साथ हाटबजार सञ्चालन गर्न लागिएको हो । नगर उपप्रमुख जोगराम चौधरीका अनुसार हाटबजार सञ्चालनका लागि आवश्यक पूर्वाधार सुधारको काम तीव्र रूपमा अघि बढाइएको छ […]

कर्णाली प्रदेशसभाको सचिवमा डा खड्का

सुर्खेत, १७ चैत ।  कर्णाली प्रदेशसभाको सचिवमा डा अर्जुनकुमार खड्का नियुक्त हुनुभएको छ । कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले मङ्गलबार डा खड्कालाई प्रदेशसभा सचिवमा नियुक्त गरिएको छ । नवनियुक्त प्रदेशसभा सचिव खड्काले मङ्गलबार नै पद तथा गोपनियताको शपथ लिई पदभार ग्रहण गरेका छन् । खड्का सिद्धिचरण नगरपालिका–९ ओखलडुङ्गा जिल्लाका स्थायी निवासी हुन । सङ्घीय संसद […]

नेपालगञ्जमा पहिलोपटक थारु खाना महोत्सव

बाँके, १७ वैशाख ।  नेपालगञ्जमा पहिलो पटक थारु खाना महोत्सव आयोजना हुने भएको छ । यही वैशाख १७ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने महोत्सव यहाँस्थित सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा आयोजना हुन लागेको हो । थारु समुदायमा खाइने परिकारका मौलिक स्वाद, संस्कृति र परम्परागत खानालाई प्रवर्‌द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको आयोजक सोल्टी वेस्टर्न प्रिमियर […]