सम्पादकीय : सरकारी सुस्तता किन ?

नेपालको विकास र समृद्धिको यात्रामा ऊर्जा आत्मनिर्भरता सबैभन्दा बलियो आधार हुन सक्छ । लामो समयदेखि सम्भाव्यता र चर्चामा सीमित दैलेखको पेट्रोलियम अन्वेषणले गत १७ पुस २०८१ मा एउटा ऐतिहासिक मोड पार गर्‍यो । दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा चार किलोमिटर गहिरो ‘ड्रिलिङ’ कार्य सम्पन्न भएसँगै त्यहाँ ८० अर्ब चार करोड घनमिटर प्राकृतिक ग्यासको भण्डार रहेको तथ्य […]

जनअपेक्षा अनुसार सडक सुधारमा ध्यान दिन मुख्यमन्त्रीको आग्रह, एफडीआर प्रविधिबाट धानखोला-लमही सडक स्तरोन्नति हुँदै

दाङ ,१५ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनअपेक्षा अनुसार सडक निर्माण र सुधारका क्षेत्रमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसिए-नेपाल) ले मंगलबार मुख्यन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरेको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले भालुबाङदेखि लमहीसम्म सवारी साधनको चाप बढ्दै जाँदा दुर्घटनाको जोखिम समेत बढेको उल्लेख गर्नुभयो । उहाँले फराकिलो […]

नसर्ने रोगविरुद्ध योगको अभियान : जुम्लामा वृहत् निःशुल्क शिविर

गाेल्डेन बुढा,  जुम्ला ,१५ बैशाख। जुम्लामा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित एक हप्ते निःशुल्क वृहत् योग तथा ध्यान शिविर सुरु गरिएको छ। चन्दननाथ नगरपालिका जुम्ला र चन्दननाथ योग साधना केन्द्र जुम्लाको संयुक्त आयोजनामा नेपाली सेनाको टुडिखेल मैदानमा सञ्चालनमा आएको शिविरले स्थानीयस्तरमै वैकल्पिक उपचार र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने प्रयास थालेको हो।वैशाख १५ देखि २१ गतेसम्म […]

घुयँत्राे:“कम्युनिस्ट एकता कि कुर्सी यात्रा? प्रचण्डको नयाँ ‘पद वितरण महोत्सव’!”

देशमा हत्या आतंक र त्रासदिकाे भूईँ चालाे ल्याएर ५२ सालदेखि ८१ सालसम्म सत्ता र सडकबाट खरबाैँ सम्पति जाेडेर आफ्नाे परिबारलाई १० पुस्तासम्म खान पुग्ने गरि सम्पति जाेडेका कमिनिष्ट राजनितिज्ञ प्रचण्डले  जनतालाई चकितै पार्ने गरि राजनीति गर्दै आएकाे हाम्ले  देखिम । तर त्यै राजनीतिबाट कमाई कजाई गरेकाे कुरालाई मर्लक्कै बिर्सेर पाटिनै बिघटन गरेर अर्काे पाटि बनाएर […]

भैँसी चराउन गएका बालकको मृत्यु

बाजुरा ,२५ बैशाख । बाजुरामा भैँसी चराउन गएका एक बालकको मृत्यु भएको छ । बाजुराको बडीमालिका नगरपालिका–६ कोर्धको मुनातोला लेकमा भैँसी चराउन गएका १२ वर्षीय खड्क बडुवालको मृत्यु भएको हो । भैँसीलाई पानी खुवाउने क्रममा बालकले भैँसीको पुच्छरमा डोरी बाँधी आफ्नो खुट्टामा बाँधेपछि भैँसी दौडिएर भाग्दा बालकको टाउको चोट लागेर घटनास्थलमै मृत्यु भएको आफन्त युवराज […]

महंगो बन्याे जुम्ला : दैनिक गुजारा नै धाैँ धाैँ

गाेल्डेन बुढा जुम्ला ,१५ बैशाख । जुम्लाको तातोपानी गाउँपालिका–२ की कोपिला हमाल विगत चार वर्षदेखि जुम्ला सदरमुकाम खलंगामा बस्छिन्। श्रम तथा मजदुरी गरेर जीवन धान्दै आएकी हमालका लागि पछिल्लो समय बढ्दो महँगी केवल आर्थिक समस्या मात्रै होइन, दैनिक अस्तित्वको संघर्ष बन्दै गएको छ। उनी भन्छिन्, “७ महिना अगाडि १ सय १० रुपैयाँमा पाइने आधा लिटर […]

राष्ट्रिय पुस्तक नीतिको अपरिहार्यता

महेन्द्रप्रकाश सिवाकोटी काठमाडौँ, १५ वैशाख ।  पुस्तक कुनै पनि राष्ट्रको बौद्धिक, शैक्षिक, सांस्कृतिक र सामाजिक विकासको आधार हो । ज्ञान, सूचना, अनुसन्धान, सिर्जना र सभ्यताको संरक्षणमा पुस्तकको महत्वपूर्ण भूमिका हुन्छ । नेपालमा पुस्तक क्षेत्र अझै व्यवस्थित हुन सकेको छैन । लेखकका हकअधिकार, प्रकाशनको गुणस्तर, वितरण प्रणाली, पुस्तकालयको अवस्था तथा पाठक विस्तारका क्षेत्रमा चुनौती छन् । […]

सुरक्षित गर्भपतन सेवा असुरक्षित

काठमाडौँ, १५ वैशाख ।  विक्रम संवत् २०७६ चैत ११ देखि २०७७ साउन ६ सम्मका  कोभिड–१९ कारण  ‘लकडाउन’मा मात्र १३४ सुत्केरी तथा गर्भवतीले अकालमा ज्यान गुमाएका थिए । महामारीका सुरुआती चरणमा परिवार नियोजनका साधनको मागलाई पूर्ति गर्न समस्या देखियो । कोरोना नियन्त्रणलाई प्राथमिकता दिइएका कारण सुरक्षित गर्भपतन सेवा प्रदान गर्न  अप्ठ्यारो भएको हो । महामारीमा परिवार […]

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

रमेश लम्साल/रासस काठमाडौँ, १५ वैशाख ।  सरकारले आर्थिक वर्ष २०९२/९३ सम्ममा सरकारी, सार्वजनिक र निजी क्षेत्रको समेत लगानीमा कुल २४ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहितको ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ सार्वजनिक गरेको छ । सो रणनीतिमा यसअघि प्रस्ताव गरिएका, अध्ययन भएका, निर्माणमा रहेका र निर्माणमा जान तयार अवस्थामा रहेका आयोजना रहेका […]

दुई लाखपुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने 

कैलाली, १५ वैशाख ।  युथ अफ टीकापुरले खुला महिला फुटबल प्रतियोगिता आयोजना गर्ने  भएको छ । प्रतियोगिता यही यही वैशाख २५ गतेदेखि हुन लागेको हो । अध्यक्ष अभिशेख शाहले हरेक वर्ष क्रिकेट प्रतियोगिता गर्दै आए पनि यस वर्षदेखि फुटबललाई जोड दिइएको बताउँछन । “हामीले क्रिकेट प्रतियोगिता हरेक वर्ष गर्दै आएका थियौँ,” उनले भने, “यस वर्षबाट […]

नहरमा पानी छ, किसानको चैतेधान खेतीतर्फ छैन आकर्षण

बाँके, १५ वैशाख ।  सिक्टा सिँचाइ आयोजनाले सिँचाइका लागि नहरमा पर्याप्त पानी छोडे पनि बाँकेमा चैते धानखेतीतर्फ किसानको आकर्षण बढ्न सकेको छैन । गहुँखेती भित्र्याएपछिको खाली जमिन सदुपयोगका लागि चैते धान उपयोगी भए पनि बाँकेमा किसानहरू व्यावसायिक रूपमा चैते धानखेतीतर्फ आकर्षित हुन नसकेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले बताए […]

सुस्तायो पेट्रोल अन्वेषण परियोजना 

ओम शाही   सुर्खेत ,१५ बैशाख। १७ पुस २०८१ मा दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा पेट्रोलिय पदार्थ अन्वेषणअन्तर्गतको ‘ड्रिलिङ’ (जमिनमुनि मेसिनको सहायताले खन्ने कार्य) को काम सम्पन्न भयो । चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोग र खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाको अगुवाईमा चार किलोमिटर जमिनमुनि ड्रिल गर्ने कार्य सम्पन्न भएको थियो । उक्त ड्रिलिङ पश्चात […]

सम्पादकीय : मूल्यवृद्धिप्रति सरकारको मौनता किन ?

मध्यपूर्व तनावको सोझो असर यति बेला नेपालले भोगिरहेको छ । अमेरिका र इजरायले मध्यपूर्वी देश इरानमाथि आक्रमण थालेपछि विश्वव्यापी इन्धन आपूर्तिको श्रृंखला नराम्ररी प्रभावित बनेको छ । विश्वमा २० प्रतिशत इन्धन आपूर्ति हुने स्टेट अफ हर्मुजलाई इरानले आफ्‌नो नियन्त्रणमा राख्ने प्रयास जारी राखेको छ । जसको साइड इफेक्ट नेपालमा दैनिक उपभोग्य सामग्रीदेखि हरेक क्षेत्रमा परेको […]