घुयँत्राे:“कम्युनिस्ट एकता कि कुर्सी यात्रा? प्रचण्डको नयाँ ‘पद वितरण महोत्सव’!”

देशमा हत्या आतंक र त्रासदिकाे भूईँ चालाे ल्याएर ५२ सालदेखि ८१ सालसम्म सत्ता र सडकबाट खरबाैँ सम्पति जाेडेर आफ्नाे परिबारलाई १० पुस्तासम्म खान पुग्ने गरि सम्पति जाेडेका कमिनिष्ट राजनितिज्ञ प्रचण्डले  जनतालाई चकितै पार्ने गरि राजनीति गर्दै आएकाे हाम्ले  देखिम । तर त्यै राजनीतिबाट कमाई कजाई गरेकाे कुरालाई मर्लक्कै बिर्सेर पाटिनै बिघटन गरेर अर्काे पाटि बनाएर कमिनिष्ट एकता भन्दै हिँडेका प्रचण्डले हिजाे १४बैशाखाँ पाटिभित्र पद बाँडफाँड गरेछन । त्यसै त प्रचण्डले माओवादि छाेडेछि छिन्न भिन्न भएर बच्या र प्रचण्डकै पछि लाएर हिँड्या कार्यकर्ता नि लाखापाखा हुनेगरि समाजवादिकाे केन्द्रीय कमिटियाँ माधब नेपालका कार्यकर्तालाई मात्रै  नियुक्त गरेछि उनका कार्यकर्ता रिसले फायर छन । त्यै बिचाँ आँफुले माग्या विभाग देन भनेर  बामदेब र झलनाथले हंगामा मच्चाएछि प्रचण्ड पूरै काम गर्न नसकेर पाटि अफिसाटआधाकाम गरेर घरतिर लागे । हुन पनि सत्ताँ आउन भन्दा पैला क्यानटुनमेन्टकाे पैशामा रेलाेखेलाे गराएका महेन्द्र बहादुर शाहिलाई समेत घुच्याएर प्रकाश ज्वालालाई कर्नालिकाे ईन्चार्ज बनाएछि राजनीतिमा विस्तारै प्रचण्डकानि दिन सक्किएछन भन्ने हाेकि प्रचण्ड अब माओवादि नेता कार्यकर्तासित अघाएर माधबका कार्यकर्तालाई आफ्नो बनाउन थाल्या हुन  बुझ्नै गाह्राे भाे ! हाे , आजकाल उनका कामले त्यस्तै त्यस्तै देखाछ । जेनजी आन्दोलनले बुढा नेतालाई पाटि हाँक्न नदिने भनेछि हत्त नपत्त दलकाे केन्द्रीय  समिति पुनर्गठन गरि महाधिवेशनका नाममा आँफुलाइ संयाेजक बनाएर कमिनिष्ट एकता भनेर त हिँडे , हिँडेरनि के गर्नु २२ वटा कमिनिष्ट पाटि एक बनाएर त्यसकाे नेता बनेर हिँडेनि चुनाबाँ हरिविजाेग ब्यहाेर्नुपर्याे । आफ्नो पाटिका बुढा नेतामात्रै हैन कि अरुपाटिका नि बुढा नेता, छाम्मछुम्म गर्दानि सदनाँ काेई भेटिन्नन । भै नभै जेनजीकै सरकार आछ । भष्टाचार गर्न दिन्नम भन्छन पुराना नेता भष्टाचारबिना बाँच्नै सक्दैनन । सदनकाे त्याे माहाेल देखैरै हाेला एमाले र माओवादि छुटि भिन्न भएछि रातदिन सत्ताेसराप गर्ने एमालेकाे गाेडामण्टा परेका प्रचण्ड फेरि वलिलाई पाटि एकिकरणकाे कुरा लेर गाछन र कता कता पाटि एकिकरणै गर्ने हुनकि भन्ने जस्तो नि सुनिन्थ्याे । यै बेलाँ प्रचण्डले उनै पुराना एमाल्याट विछट्टिएकालाई आफ्नो पाटियाँ पद दिईराछन । त्यसलाई हेर्दा त कतै प्रचण्ड यै डफ्फालेर वलिकाँ गएर वलि पछिकाे अध्यक्ष बन्ने दाउमा त छैनन । तर चिन्ता नगर्नाेस प्रचण्ड जी तपाईंले जतिसुकै जाे जसलाई फकाएनि र गठबन्धन गरेनि कम्तिमा १५ बर्ष बालेनकाे पाटिले अरु कसैलाई गर्न दिने वाला छैन । ऐलेकै साखले १५ बर्ष खाने र १५ बर्षसम्म बना साखले तपाईहरुले ४० बर्ष खाएझैँ नयाँ पाटिले खाएर तपाईँहरकाे भागाँ “भुटेभाङ पाेले पिँडालु “भनेझैँ केहिपनि भाग परेन के गर्ने ? तपाईं काे अझैँ कमाउनेनि हाे रमाउनेनि हाे भन्ने सपना त त्यसै बिलाउने पाे भाे त ! आफ्नो आधार ईलाकाका नेता जनार्दन र महेन्द्रकाे साथ छाेडेछि बाँकि के नै रयाे र !
घुयँत्राे:“कम्युनिस्ट एकता कि कुर्सी यात्रा? प्रचण्डको नयाँ ‘पद वितरण महोत्सव’!”

भैँसी चराउन गएका बालकको मृत्यु

घुयँत्राे:“कम्युनिस्ट एकता कि कुर्सी यात्रा? प्रचण्डको नयाँ ‘पद वितरण महोत्सव’!”

नसर्ने रोगविरुद्ध योगको अभियान : जुम्लामा वृहत्

Leave a comment

Your email address will not be published. Required fields are marked *