सम्पादकीय : बालविवाह न्यूनिकरणमा ध्यान देऊ !

मुलुकी अपराध (संहिता) ऐन २०७४ ले २० वर्ष उमेर नपुगी गरिएको विवाहलाई गैरकानुनी मान्छ । कानुनतः त्यस्तो विवाह स्वतः बदर हुने प्रावधान छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा भनिएको छ, विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन । ऐनमा उल्लिखित प्रावधानविपरीत गरिएको विवाह स्वतः बदर हुने कानुनी […]

कर्णालीमा ४३.६ प्रतिशत किशोर–किशोरी २० वर्षअघि नै विवाह

गाेल्डेन बुढा जुम्ला ,१३ बैशाख । जुम्लाको सिंजा गाउँपालिका–१, जाँच गाउँकी मानुसी आचार्य अहिले २८ वर्षकी भइन्। १७ वर्षकै किशोरी उमेरमा आमा बनेकी उनीसँग अहिले ११ वर्षकी छोरी छिन्। २०७० सालको चैतमा भैरव माध्यमिक विद्यालय, नराकोटबाट एसईई परीक्षा दिएकी उनले रिजल्ट आउनुअघि नै २०७१ साल वैशाख १९ गते सोही गाउँपालिका–३ नराकोटका एक युवासँग प्रेम विवाह […]

वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुमपूर्व, १३ वैशाख ।  शनिबार साँझ परेको वर्षाका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।  भारी वर्षाका कारण यहाँका दर्जनौँ ठाउँमा लेदोसहितको पहिरो जाँदा लोकमार्ग अवरुद्ध हुन पुगेको हो । अन्य सहायक मार्ग पनि पहिरोका कारण अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी सहायक निरीक्षक वीरबहादुर थापाले जानकारी दिए । उनका अनुसार मध्यपहाडी लोकमार्गको […]

चालिस युवालाई ‘कम्प्युटर टेक्निसियन’ र छपाइ ‘मेसिन अपरेटर’ तालिम 

कैलाली, १३ वैशाख ।  यहाँका ४० युवालाई ‘कम्प्युटर टेक्निसियन’ र ‘अफसेट छपाइ मेसिन अपरेटर’ तालिम दिन थालिएको छ । युवालाई रोजगारीसँग जोड्ने उद्देश्यले २० र ‘अफसेट प्रेस’तर्फ २० जनालाई तालिम दिन थालिएको टीकापुर नगरपालिका रोजगार सेवा केन्द्रले जनाएको छ । बेरोजगार युवालाई स्वरोजगार बनाउने र सम्भावना भएका क्षेत्रमा रोजगारीका अवसर सृजना गर्न शनिबारदेखि तीन सय […]

छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका

कञ्चनपुर, १३ वैशाख ।  भीमदत्त नगरपालिकाले उच्च शिक्षामा महिलाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले ‘छोरीबुहारी उच्च शिक्षा अध्ययन छात्रवृत्ति’ कार्यक्रम कार्यान्वयन गरेको छ ।  नगर क्षेत्रका जेहेन्दार, दलित, विपन्न वर्गका छोरीबुहारीलाई उच्च शिक्षा अध्ययनमा सघाउन नगरपालिकाले उक्त कार्यक्रम कार्यान्वयन गरेको हो । कार्यक्रमअन्तर्गत प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकता दिइएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर […]

पञ्चकोशी क्षेत्रको महत्व र राष्ट्र गुरु योगी नरहरिनाथज्यूको योगदान

धर्मराज शाही १. परिचयः– कर्णालीको आध्यात्मिक मुटु दैलेख पञ्चकोशी नेपालको भूगोलमा कर्णाली प्रदेशलाई प्रायः इतिहास र अध्यात्मको भूमी भनेर चिनिन्छ। यही कर्णालीको केन्द्रमा पर्ने दैलेख जिल्ला केवल भौगोलिक रूपमा मात्र होइन, धार्मिक, सांस्कृतिक, ऐतिहासिक र सभ्यताको दृष्टिले पनि अत्यन्तै महत्वपूर्ण जिल्ला हो । दैलेखको भूमिमा खस सभ्यता, प्राचीन राज्य व्यवस्था, मठ–मन्दिर संस्कृति, शिव–शक्ति उपासना, वैदिक […]

राष्ट्र बैंक वार्षिकोत्सवमा फुटसल: प्रभु बैंकले जित्यो अन्तर बैंक फुटसलको ट्रफी

सुर्खेत ,१३ बैशाख । नेपाल राष्ट्र बैंकको ७१ औं वार्षिकोत्सवको अवसरमा आयोजित पाँचौं अन्तर बैंक फुटसल प्रतियोगिता सम्पन्न भएको छ । सुर्खेतको वीरेन्द्रनगरमा वैशाख १२ र १३ गते सञ्चालन भएको उक्त प्रतियोगिताको उपाधि प्रभु बैंक लिमिटेडले हात पारेको छ । वार्षिकोत्सवको अवसरमा नेपाल राष्ट्र बैंकको सुर्खेत कार्यालयले प्रतियोगिताको आयोजना गरेको थियो । नेपाल राष्ट्र बैंकसहित […]

मनोहरामा प्रहरीमाथि ढुंगामुढा भएपछि आईजिपी नै पुगे फिल्डमा

काठमाडौं ,१३ बैशाख । काठमाडौंको मनोहरा नदी किनारका सुकुम्वासी नागरिकलाई व्यवस्थापन गर्न खटिएको प्रहरी टोलीमाथि आक्रमण भएपछि प्रहरी महानिरीक्षक दान बहादुर कार्की नै फिल्डमा पुगेका छन । शनिवार थापाथली र गैरीगाउँस्थित सुकुम्वासी बस्ती व्यवस्थापन पश्चात मनोहरा खोला किनारको अतिक्रमित संरचना व्यवस्थापन गर्न पुगेका प्रहरीमाथि स्थानीयद्धारा ढुंगामुढा भएको थियो । उक्त आक्रमणबाट करिब १ दर्जन प्रहरी […]

समुदाय तथा स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाहका लागि स्वास्थ्यकर्मीलाई तालिम

बाँके ,१३ बैशाख । । बाँके युनेस्को क्लबले जिल्लाको नरैनापुर गाउँपालिकामा पालिकास्तरीय स्वास्थ्यकर्मीहरूका लागि तीन दिने क्षमता अभिवृद्धि तालिम दिएको छ । क्लबले हेलन केलर इन्टरनेशनल नेपालसँगको सहकार्य तथा स्वास्थ्य कार्यालय बाँकेको समन्वयमा बाँके जिल्लामा संचालनमा रहेको जिवनकालागि पोषण परियोजना अन्तर्गत नरैनापुरमा सो तालिम सम्पन्न गरेको हो । क्लबका अनुसार उक्त तालिमको उद्देश्य सहभागीहरूको पोषण […]

कर्णाली करिडोरमा स्काभेटर दुर्घटना १८ वर्षीय युवक बेपत्ता, उद्धारमा चुनौती

बाजुरा ,१३  बैशाख । कर्णाली करिडोर सडकखण्डअन्तर्गत बाजुरा–कालिकोट सीमास्थित लौखूडाँडामा आइतबार बिहान स्काभेटर दुर्घटना हुँदा एक युवक बेपत्ता भएका छन् । नयाँ सडक निर्माणका क्रममा थुप्रिएको माटो हटाउन जाँदै गरेको स्काभेटर करिब २ सय मिटर तल भीरमा खस्दा उक्त घटना भएको हो। दुर्घटनामा परेका एक्स्काभेटर चालकसहित तीन जना सवार थिए। तीमध्ये चालक र सहचालक सकुशल […]

घुयँत्राे:“४६ सालदेखि ‘लालपूर्जा’को ट्रेलर मात्र—फिल्म अझै रिलिज भएन!”

एमालेहरुले चलाई रहेकाे सुकुम्बासीहरुकाे सामराज्य त बालेनले ध्वस्तै बनाईदिने भएत हँ । सँधैभरि चुनाबमा सुकुम्बासीहरु भन्या हाम्रै भाेटरहरु हुन भन्ने तर सुकुम्बासीलाई कैल्यै लालपूर्जा नदिने र भाेटकाे वार्गेनिङ मात्रै गरेर आश्वाशन बाँडनमात्रै खप्पिस एमालेहरु ४६ सालदेखि पूर्जा दिन्छम भनेर आश्वासन बाँडे तर लालपुर्जा कैल्यै बाँडेनन् । लालपुर्जा दियाे भने भाेट दिन्नन भनेर हाे कि किनहाे […]

१२ दिनमा ४२२ विपद्का घटना, २३ जनाको मृत्यु

काठमाडौं ,१३ बैशाख । वैशाख महिना लागेपछि मात्रै देशभर ४२२ विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि १२ गतेसम्म देशभर भएका विपद्मा परेर २३ जनाको मृत्यु भएको छ । विपद्‌मा परेर ७३ घाइते भएका छन् । प्राधिकरणका अनुसार सो अवधिमा आगलागीमा २१७, चट्याङ १४, हुरीबतासका २९ […]

मानव एकता दिवसमा सुर्खेतमा रक्तदान : प्रेम, सद्भाव र मानव सेवाको प्रेरक सन्देश

सुर्खेत ,१३ बैशाख । सुर्खेतमा मानव एकता दिवस विशेष उत्साहका साथ मनाइएको छ। मानवता, सेवा र एकताको सन्देश बोकेको यो दिवस “रगत नालीमा होइन, नाडीमा बगाऔं” भन्ने बाबा हरदेव सिंह महाराजको प्रेरणादायी भनाइलाई आत्मसात गर्दै रक्तदानसहित विविध कार्यक्रमका साथ मनाइएको हो। सन्त निरंकारी सत्संग भवन सुर्खेतले वीरेन्द्रनगर नगरपालिका–१, सोलीघोप्टेमा आयोजना गरेको विशेष कार्यक्रममा मानव एकताको […]