चट्याङमा परेर बावुछोराको मृत्यु

प्यूठान,१३बैशाख ।

 प्यूठानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। आइतबार गौमुखी गाउँपालिका वडा नम्वर ६ लिवाङका ७० वर्षीय केदार बोहोरा क्षेत्री र २६ वर्षीय रामु बोहरा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।

दुवैजना एकै घरका बाबुछोरा हुन।मृतकको शवलाई जिल्ला अस्पतालमा राखिएको छ। शवको सोमबार विहान पोष्टमार्टम गरिने प्यूठान अस्पतालले जनाएको छ। चट्याङ लागेर गौमुखी गाउँपालिकाकै अन्य दुई जना घाईते भएका छन।

गौमुखी गाउँपालिका वडा नम्वर ४ निवासी २४ वर्षीया सिर्जना न्यौपाने र गौमुखी गाउँपालिका वडा नम्वर ६ निवासी ५४ वर्षीया गमी बोहोराको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ।

शनिबार दिउँसो माण्डवी गाउँपालिका वडा नम्वर २ रातापानीका दुई जना दिदिबहिनीलाई चट्याङ लागेको थियो। २० वर्षीया कल्पना अधिकारी र १६ वर्षीया सपना अधिकारीको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ।

चट्याङमा परेर बावुछोराको मृत्यु

टावर मर्मतपछि खार्पुनाथ र सर्केगाडमा पुनः इन्टरनेट

चट्याङमा परेर बावुछोराको मृत्यु

वन्यजन्तुमैत्री छैन सिक्टाको पश्चिमी मूलनहर

Leave a comment

Your email address will not be published. Required fields are marked *