लुम्बिनी बौद्ध विश्वविद्यालय अवलोकनमा शिक्षा मन्त्रीः विश्वविद्यालयलाई बौद्ध दर्शनमा केन्द्रित गर्न निर्देशन

रुपन्देही ,१७ असोज ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका सहकुलपति एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयलाई बौद्ध दर्शनमा केन्द्रित रहेर शैक्षिक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिनुभएको छ। शुक्रबार लुम्बिनी बौद्ध विश्वविद्यालयको अवलोकन भ्रमणका क्रममा मन्त्री पोखरेलले विश्वविद्यालयले आफ्नो विशिष्ट पहिचान कायम राख्दै बौद्ध दर्शनको अध्ययन, अध्यापन तथा अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।
उहाँले विश्वविद्यालयले हाल सञ्चालन गरिरहेका शैक्षिक कार्यक्रमहरूलाई क्रमशः बौद्ध दर्शनतर्फ केन्द्रित गर्ने सरकारको योजना रहेको जानकारी दिनुभयो। अन्य विषयका शैक्षिक कार्यक्रम सञ्चालनको जिम्मेवारी भने सम्बन्धित विषयमा विशेषज्ञता भएका अन्य विश्वविद्यालयलाई दिन सकिने उहाँको भनाइ थियो।
विश्वविद्यालयको शैक्षिक पहिचान र उद्देश्यअनुरूप कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै मन्त्री पोखरेलले सरकारको योजनाअनुसार विश्वविद्यालयले पनि आफ्नो शैक्षिक कार्यक्रमलाई व्यवस्थित गर्दै लैजानुपर्ने बताउनुभयो।
अवलोकनका क्रममा विश्वविद्यालयका उपकुलपति डा माणिकरत्न शाक्यले विश्वविद्यालयको समग्र अवस्था, शैक्षिक गतिविधि तथा भावी योजनाबारे जानकारी गराउनुभएको थियो। त्यसैगरी रजिस्ट्रार इन्द्रप्रसाद काफ्लेले विश्वविद्यालयले हाल सञ्चालन गरिरहेका विभिन्न शैक्षिक कार्यक्रम, शैक्षिक संरचना तथा गतिविधिबारे सहकुलपति पोखरेललाई जानकारी गराउनुभयो। सहकुलपति पोखरेलको विश्वविद्यालय भ्रमण विभिन्न विश्वविद्यालय तथा तिनका निकायहरूको अवलोकन गर्ने कार्यक्रमअन्तर्गत भएको हो। विश्वविद्यालयमा भएको कार्यक्रमको सञ्चालन विश्वविद्यालयका सहायक निर्देशक चुरामणि पोखरेलले गर्नुभएको थियो। कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीको सहभागिता रहेको थियो ।
ण्ण्ण्ण्ण्ण्ण्

लुम्बिनी बौद्ध विश्वविद्यालय अवलोकनमा शिक्षा मन्त्रीः विश्वविद्यालयलाई बौद्ध दर्शनमा केन्द्रित गर्न निर्देशन

दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु

लुम्बिनी बौद्ध विश्वविद्यालय अवलोकनमा शिक्षा मन्त्रीः विश्वविद्यालयलाई बौद्ध दर्शनमा केन्द्रित गर्न निर्देशन

बेतबासको सीपले बदलिँदै अपाङ्गता भएका व्यक्तिको जीवनको

Leave a comment

Your email address will not be published. Required fields are marked *