‘स्वास्थ्य बीमामा सहभागिता बढाऔं’
सुर्खेत : कर्णाली प्रदेशमा स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारले सहयोग गरिरहेको सामाजिक विकास मन्त्री दल रावलले बताएका छन् । कर्णालीका जनताका लागि स्वास्थ्य बीमा कार्यक्रम अत्यावश्यक भएकाले सबै नागरिकहरुमा जागरुकता ल्याउन सहयोग गर्ने मन्त्री रावलले बताएका हुन् । समाजवादको पहिलो पक्ष भनेकै स्वास्थ्य भएकाले यो कार्यक्रम सरकारको पहिलो प्राथमिकतामा परेको उनको भनाइ छ । […]



