‘स्वास्थ्य मन्त्रालय नै अस्वस्थ रहेछ’ राज्यमन्त्री : रावत

काठमाडौं : मंसीरमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त भएपछि कार्यभार सम्हाल्न मन्त्रालय पुगेका नवराज रावत त्यहाँको वातावरण देखेर ‘छक्क परे ।’ गुट्खा चपाएर जहाँतहीँ थुकिएको, मन्त्रालय परिसरमा फोहोर छरिएको, कर्मचारी कार्यालय पोशाकविहीन ।

‘ओहो ! स्वास्थ्य मन्त्रालय नै अस्वस्थ!’ उनलाई खल्लो लाग्यो । अनि, सोचे सबभन्दा पहिले मन्त्रालयलाई नै स्वस्थ बनाउनुपर्ने रहेछ । त्यसपछि सोहीअनुसार कार्ययोजना बनाएर अघि बढिएको उनी बताउँछन् ।

‘सेवाग्राही आउँदा कुर्सीमा कर्मचारी नभेटिने, सरसफाइमा पनि छैन, शुरूआत यहीँबाट गर्नुपर्ने रहेछ भनेर योजनासहित अघि बढेका छौं’, आज मन्त्रायमा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने पत्रकारहरूसँगको भेटमा उनले भने, ‘स्वास्थ्य सेवा प्रवाह गर्ने ठाउँ नै सरसफाइविहीन भएपछि कसरी हुन्छ? त्यही भएर शुरूमा यहीँबाट सुधारको अभियान चलाएका छौं ।’ मन्त्रालय मात्र नभए देशभरका स्वास्थ्य संस्थालाई सरसफाइमा ध्यान दिन निर्देशन दिइएको राज्यमन्त्री रावतले बताए ।

‘शुरूको एक महीना मन्त्रालयको आन्तरिक सुधारमै बित्यो, अब ‘देखिनेगरी’ काम हुन्छ’, राज्यमन्त्री रावतले भने । स्वास्थ्यमा क्षेत्रमा देखिएको बजेट खर्चको समस्या, औषधी र चिकित्सक तथा स्वास्स्थ्यकर्मीको समस्यालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको उनले बताए । यी समस्या समाधान गर्नलाई कार्ययोजना बनाएर अघि बढेको राज्यमन्त्री रावत बताउँछन् । स्वास्थ्य सेवा प्रवाहलाई सर्वसुलभ बनाउने आफ्नो प्राथमिकता रहेको रावतले बताए । ’मन्त्रालय र मातहतलाई विधि र नीतिअनुसार चलाउँछौं’ राज्यमन्त्री रावत भन्छन्, ‘विधि र पद्धतीमा नचल्ने जोकसैलाई कारबाही गर्छाैं ।’

‘स्वास्थ्य मन्त्रालय नै अस्वस्थ रहेछ’ राज्यमन्त्री : रावत

तीनसय छोरीको बैंक खाता

‘स्वास्थ्य मन्त्रालय नै अस्वस्थ रहेछ’ राज्यमन्त्री : रावत

समन्वय परिषद्को बैठक जारी

Leave a comment

Your email address will not be published. Required fields are marked *