सन्दीपको उत्कृष्ट बलिङमा मेलबर्नको जित

नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) क्रिकेटमा पाँचौं जित निकालेको छ । शनिबार भएको मेलबर्न डर्बीमा मेलबर्न रेनेगेड्सलाई ८ विकेटले हराउँदै स्टार्सले पाँचौ जित निकालेको हो । मेलबर्न क्रिकेट मैदानमा रेनेगेड्सले दिएको एक सय ४३ रनको लक्ष्य स्टार्सले १८ ओभर पाँच बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । […]

साझाको शेयर बृद्धि : अध्यक्षमा खड्का

सुर्खेत : वीरेन्द्रनगरको साझा बचत तथा ऋण सहकारी संस्थाले शेयर बृद्धि गरेको छ । संस्थाले यस वर्षमात्रै १८ दशमलव ४० प्रतिशतले शेयर पूजी बृद्घि गरेको हो । सस्थाको नौं बार्षिक साधारण सभामा सार्वजनिके वार्षिक प्रगति प्रतिवेदनमा गत वर्षभन्दा आचु आर्थिक वर्षमा शेयर पुजीमा सुधार आएको जनाईएको छ । गत आर्थिक वर्षमा जम्मा ६० लाख ६३ […]

2076-09-20

गुराँसेमा हिउँ परेपछि हेर्नेको भिड

सुर्खेत : दैलेखको गुराँसेमा शुक्रवार हिउँ परेपछि शनिवार हिउँ खेल्न जानेको संख्या बढेकाे छ । हिउँ हर्नेकाे स‌ख्या अत्याधिक हुँदा सडकमा लामो जाम लागेकाे छ । दैलेख र वीरेन्द्रनगरबाट हिउँ खेल्न एकैपटक धेरै सवारीसाधन आएका कारण लामो जाम लागेकाे हाे । हिउँ खेल्न गएकाहरु फाेटाे तथा हिउँमा खेलेर रमाइलाे गरेका थिए ‘संयोगले शनिवारसमेत हिउँ परेकाे […]

नेकपाले छान्यो राष्ट्रियसभाका उम्मेदवार : कर्णालीमा शर्मा र विसी

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भागबण्डामा राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको टुंगो लगाएको छ ।  शुक्रबार बसेको नेकपा सचिवालय बैठकले आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीका तर्फबाट १६ जना उम्मेदवारको टुंगो लगाएको हो । नेकपाले तत्कालीन एमाले र माओवादी केन्द्रबीच भागबण्डाको आधारमा उम्मेदवारको टुंगो लगाएको हो । जसअनुसार तत्कालीन एमालेको तर्फबाट […]

जनहितकारी सहकारीको २१ औं स्थापना दिवस सम्पन्न

  सुर्खेत : जनहितकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औं स्थापना दिवस शुक्रवार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि सहकारीका अध्यक्षय र संचालक हरिहरनाथ योगी तथा अन्य अतिथिहरुबाट पानसमा दिप प्रज्वलन का साथै केक काटी कायैक्रमको समु–उध्घाटन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवंम सहकारी बैंकका सञ्चालक हरिहरनाथ योगीले सहकारीहरुले […]

अपाङ्गमैत्री पुर्वाधार निमार्ण सहित चार अनुगमन समिति गठन

      सुर्खेत : वीरेन्द्रनगर नगरपालिका भित्र रहेका सामुदायिक तथा निजी विद्यालय, सरकारी र सार्वजनिक भवनहरुको पुर्वाधार अपाङ्गमैत्री छन छैनन भन्ने बारेमा नागरिक स्तरबाट अनुगमन गर्नका लागि अपाङ्गमैत्री पुर्वाधार निमार्ण अनुगमन सहित चारवटा अनुगमन समिति गठन गरिएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको मानव अधिकार सुदृढिकरण कार्यक्रम अन्र्तगत शुक्रवार वीरेन्द्रनगरमा सम्पन्न मानव अधिकार […]

2076-09-19

शाकाहारी कण्डम लोकप्रिय होला ?

विश्वमा सुन्दै अचम्म लाग्ने नयाँ किसिमको कण्डमले बजारमा आफ्नो प्रभुत्व जमाइरहेको छ, त्यो हो शाकाहारी कण्डम । कण्डमलाई शाकाहारी र मांसाहारी भनेर विभाजन सन् २०१३देखि सुरु भएको हो । त्योभन्दा पहिलेसम्म हरेक कण्डमहरु भेँडाको आन्द्रा आदिबाट बनाउने गरिन्थ्यो । तर, सन् २०१३ देखि त्यसरी जनावरको अंगहरुको प्रयोग विना नै कण्डमको प्रयोग गर्न थालियो । सोही […]

दुई करोडको लगानीमा खुल्यो साबुन उद्योग

  सल्यान : सल्यानमा दुई करोड बढीको लगानीमा साबुन उद्योग सञ्चालनमा आएको छ । स्थानीय ६ जना युवाको लगानीमा ग्लोबल लाइफ पिआर साबुन उद्योग सञ्चालनमा आएको हो । साबुनको बजारको सम्भावना राम्रो भएकाले शारदा नगरपालिका–१ भगवतीमा खोलामा दुई करोड ६८ लाखको लागतमा साबुन उद्योग सञ्चालन गरेको प्रकाश बुढाथोकीले बताए । आफ्नो सीप र क्षामता हुँदाहुँदै […]

‘गलत लेख्नेलाई नियन्त्रण गरौं’ : सभामुख शाही

सुर्खेत : स्वतन्त्रताका नाममा देशमा छाडातन्त्र हावी भएकाले यसलाई नियन्त्रण गनुपर्ने कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले बताएका छन् । नेपाल कानून समाजले आयोजना गरेको मिडिया काउन्सिल विधेयक २०७६ माथि वीरेन्द्रनगरमा सुझाव राख्दै शाहीले मनलाग्दी गर्नेलाई नियन्त्रण गर्न आवश्यक रहेको बताए । जे पनि लेख्ने र आलोचनाका नाउँमा स्वतन्त्रता भन्दै जथाभावी लेख्ने, बोल्ने गरेकोमा शाहीले […]

गुराँसेमा पनि हिउँ : फोटो फिचर

  सुर्खेत : पश्चिमी वायुका कारण बिहिबार साँझदेखी सुर्खेतमा वर्षा र कर्णालीका उच्च हिमाली जिल्लाहरुमा हिमपात भएको छ । दैलेखको गुराँसेमा पनि हिमपात भएको छ । वर्षा र हिमपातका कारण चिसो बढेपछि जनजीवन प्रभावित भएको हो । सुर्खेतमा २४ घण्टामा ४२ दशमलव एक मिलिमिटर वर्षा भएको छ । कर्णालीका कालिकोट, जुम्ला र हुम्लामा हिमापत भएको […]

प्रविधि र प्रयोगशाला नहुँदा घोषणामा चुनौती

सुर्खेत : प्रदेश सरकार गठन भएपछि कर्णालीमा एउटा नारा तय भयो, ‘कर्णालीलाई अर्गानिक प्रदेश बनाउने ।’ अर्थात स्थानीय उत्पादनमा विषादीको प्रयोग रोक्ने । प्रदेश बाहिरबाट भित्रिने विषादीयुक्त तरकारी र फलफुललाई पनि भित्रिन नदिने सरकारले प्रतिबद्धता नै जनायो । अर्गानिक प्रदेश घोषणाका लागि भन्दै सरकारले बजेट पनि विनियोजन ग¥यो । सरकारले तय गरेको नाराबमोजिम नै प्रदेशको […]