२०८२ बैशाख १८ गते
×

Now Playing

सन्दीपको उत्कृष्ट बलिङमा मेलबर्नको जित

नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) क्रिकेटमा पाँचौं जित निकालेको छ ।

शनिबार भएको मेलबर्न डर्बीमा मेलबर्न रेनेगेड्सलाई ८ विकेटले हराउँदै स्टार्सले पाँचौ जित निकालेको हो । मेलबर्न क्रिकेट मैदानमा रेनेगेड्सले दिएको एक सय ४३ रनको लक्ष्य स्टार्सले १८ ओभर पाँच बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । स्टार्सको जितमा मार्कुस स्टोनीसले अविजित रहदै ६८ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै कप्तान ग्लेन म्याक्सवेलले अविजित ४० रन बनाए ।  रेनेगेड्सका केन रिचार्डसन र रिचार्ड ग्लिसनले १÷१ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको रेनेगेड्सले २० ओभरमा नौं विकेट गुमाएर एकसय ४२ रन बनाएको थियो ।

सन्दीपको उत्कृष्ट बलिङमा मेलबर्नको जित

मृगौलापीडितलाई आर्थिक सहयोग

Leave a comment

Your email address will not be published. Required fields are marked *