‘मिडियाले जनताका मुद्दा उठाउनुपर्छ’

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सञ्चार माध्यमले जनताका मुद्दाहरु उठाउनुपर्ने बताएका छन् । राष्ट्रिय समाचार समिति (रासस) को ५९ औं वार्षिकोत्सवको अवसरमा रासस कर्णाली प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् । समाज रुपमान्तरण र कर्णाली समृद्धिको अभियानमा सञ्चार क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउँदै मुख्यमन्त्री शाहीले सञ्चार माध्यमले जनताका […]

प्रथम कर्णाली अर्गानिक कृषि सम्मेलन अर्गानिक प्रदेश वनाउन साझा प्रतिवद्धता

सुर्खेत : प्रथम कर्णाली अर्गानिक कृषि सम्मेलन २०७६ मा ५ वुदे साझा प्रतिवद्धता जारी गर्दै समापन भएको छ । कर्णाली प्रदेशलाई पुर्ण अर्गानिक प्रदेश वनाउनका लागी यहाँका जनप्रतिनिधिहरुले साझा प्रतिवद्धता ब्यक्त गर्नु भएको छ । बुधवार देखि शुरु भएको प्रथम कर्णाली अर्गानिक कृषि सम्मेलन २०७६ मा सहभागी कर्णाली प्रदेशका जनप्रतिनिधिहरुले कर्णाली प्रदेश लाई अर्गानिक प्रदेश […]

पार्टी मिल्यो, भावना अझैं मिलेन

सुर्खेत : तत्कालिन एमाले र माओवादीबीच एकता घोषणा भएको झण्डै दुईवर्ष पुरा भयो । एकतापछि केन्द्रदेखि जिल्लासम्म एकताको प्रक्रिया भागवण्डाको आधारमा टुंगो लगाएको छ । तर कर्णाली प्रदेशमा नेकपा भित्रको एकता प्रक्रिया तल्लो तहमा भने हुन सकेको छैन । अहिले पनि अधिकांश स्थानीय तह र वडा तहमा एकता हुन बाँकी नै छ । दुई पार्टीबीच […]

मदन भण्डारी राजमार्गका कारण बावियाचौरमा आन्दोलन शुरु बजार अशान्त

सुर्खेत :मदन भण्डारी राजमार्गका कारण पश्चिम सुर्खेतमा स्थानीयले आन्दोलन शुरु गरेका छन् । मदन भण्डारी राजमार्ग बावियाचौरहुँदै विद्यापुर जोड्नु पर्ने भन्दै स्थानीयले आन्दोलन शुरु गरेका हुन् । बावियाचौरका स्थानीयबासीले खम्बगाड बावियाचौर माझिगाउँहुँदै विद्यापुर जोड्नुपर्ने भन्दै आजदेखी आन्दोलन शुरु गरेको स्थानीय जीवन ढुंगानाले जानकारी दिए । सालकोटका स्थानीयले खम्बगाडे सालकोट बराइचे चत्तुरे दुलालथाइ विद्यापुर जोड्ने अडान […]

कर्णालीमा साढे दुईसय महिला हिंसाका घटना

सुर्खेत : एक वर्षको अवधिमा कर्णाली प्रदेशमा दुई सय ५० वटा महिला हिंसाका घटना भएका छन् । इन्सेक कर्णाली प्रदेशको तथ्याङ्क अनुसार सन २०१९ मा कर्णालीमा दुई सय ५० वटा महिला हिंसाका घटना भएका छन् । घटनामध्ये घरेलु महिला हिंसाका घटना सबैभन्दा बढी रहेका छन् । इन्सेकको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा कर्णालीमा एक सय […]

स्वास्थ्य बीमा गरेका बिरामीलाई भेद्भाव नगर्न निर्देशन

सुर्खेत : नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले स्वास्थ्य बिमामार्फत उपचार गर्न आउने बिरामीलाई भेदभाव नगर्न निर्देशन दिएका छन् । प्रदेश अस्पतालको १४ औँ स्थापना दिवसका अवसरमा आज वीरेन्द्रनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वास्थ्य बीमाका सेवाग्राहीलाई राम्रो व्यवहार नगरेको धेरै गुनासो आउने गरेकाले त्यस्तो कुनै भेदभाव नगर्न निर्देशन दिएका हुन् । ‘स्वास्थ्य […]

उपसभामुख छान्न हम्मे

काठमाडौं : सत्तारुढ नेकपा र विपक्षी राजपाबीच कुरा नमिल्दा प्रतिनिधिसभाको उपसभामुख चयन जारी अधिवेशनमा नहुने भएको छ । ‘दिन चाहने’ नेकपा र ‘लिन नचाहने’ राजपाका कारण उपसभामुख चयन तत्काल नहुने भएको हो । नेकपाले अग्नि सापकोटालाई सभामुख बनाएपछि उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण नेकपा इतरको दलले उपसभामुख पाउने छन् । […]

बालविवाहमुक्त उन्मुख नगरपालिका घोषणा

सल्यान : शारदा नगरपालिका सल्यानको पहिलो बालविवाह मुक्त उन्मुख नगरपालिका घोषणा गरिएको छ । बालविवाहको अवस्थामा सुधार आएपछि नगरपालिकालाई बालविवाह मुक्त उन्मुख नगरपालिका घोषणा गरिएको हो । नगरपालिकाभित्र बालविवाह गर्नेहरुको संख्यामा उल्लेख्य सुधार आएपछि जिल्लाकै पहिलो बालविवाह मुक्त उन्मुख स्थानीय तह घोषणा गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकामा बालविवाह न्युनीकरणको अभियान सञ्चालनपछि २० वर्षमुनिका कुनै पनि […]

सुर्खेतमा अर्गानिक कृषि सम्मेलन

सुर्खेत : कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रथम अर्गानिक कृषि सम्मेलनको आयोजना गरेको छ । अर्गानिक कृषि प्रविधिहरुको अवलम्वन, अवसर, चुनौति, नीति तथा भावी कार्यदिशामा छलफल गर्ने उदेश्यले मन्त्रालयले सम्मेलनको आयोजना गरेको हो । सम्मेलनको पहिलो दिनमा कर्णालीको पृष्ठभूमि, कृषि तथा नीतिहरू कर्णाली प्रदेशको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद […]

YUGAAWHAN NATIONAL DAILY (2076-11-08)

केन्द्रीय विश्वविद्यालयकै रुपमा राख्नुपर्ने माग

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयका प्राध्यापकहरुले विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालयकै रुपमा राख्नुपर्ने माग गरेका छन् । कर्णाली प्रदेशमा रहेका विश्वविद्यालय संग सम्वन्धित विभिन्न संगठनका प्राध्यापकहरुले संयुक्तरुपमा बुधवार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । कर्णाली प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्न कर्णालीको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आइपुगेका नेपाल कम्न्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल […]

अर्गानिक महोत्सवमा रेडिमेडकै दबदबा

सुर्खेत : कर्णाली प्रदेशमा उत्पादित रैथाने बाली अर्थात अर्गानिक कृषि उत्पादनको प्रचारप्रसार र बजारिकरण गर्ने उद्देश्यले आयोजना गरिएको ‘दोस्रो कर्णाली एक्सपो २०७६’ मा रेडिमेड बस्तुकै दबदबा रहेको छ । महोत्सवमा ८० वटा अर्गानिक स्टलहरु राख्ने भनिए पनि ति स्टलहरु भने रित्तै छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले अर्गानिक उत्पादनको प्रचारप्रसारका लागि भन्दै आयोजकसँग […]

गाग्रेतालमा अनुसन्धान प्लान्ट

सुर्खेत : कर्णाली प्रदेश सरकारले अर्गानिक उत्पादन बढाउन वीरेन्द्रनगरस्थित गाग्रेतालमा अनुसन्धान प्लान्ट स्थापना गरिएको छ । एकिकृत अर्गानिक कृषि मोडेल कार्यक्रम अन्तरगत राष्ट्रिय चन्द्रगंगा माध्यमिक विद्यालय परिसरमा अर्गानिक अनुसन्धान प्लान्ट स्थापना गरिएको हो । रैथाने अन्नबाली तथा फलफुल खेतीको अनुसन्धान गरिने छ । कर्णाली प्रदेशलाई रासायनिक मल र विषादीमुक्त बनाउने उदेश्यले स्थापना भएको अर्गानिक अनुसन्धान […]