कृष्णबहादुर महरा निर्दोष ठहर

काठमाडौं : जबरजस्ती करणी उद्योगको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरा निर्दोष ठहर भएका छन् । उनलाई काठमाडौं जिल्ला अदालतले निर्दोष ठहर गरेको हो । महरामाथि आफ्नै कार्यालयकी कर्मचारी रोशनी शाहीलाई जबरजस्ती करणी प्रयास गरेको आरोप लागेको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको एकल इजलासले अभियोगका लागि दावी नपुग्ने ठहर गर्दै महरालाई रिहा गर्न […]

मेयर र उपमेयरको झगडाले बैठक अस्तव्यत

  जुम्ला : चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल र उपमेयर अप्सरादेबी न्यौपाने महत एक–अर्काबीच आरोप प्रत्यारोपमा उत्रिएपछि नगर कार्यपालिकाको बैठक नै अस्तव्यस्त बनेको छ । यसअघि मंगलबार उपमेयर महतले मेयरका कारण विकास निमार्णमा अनियमितता भएको भन्दै प्रेस विज्ञप्ति निकालेकी थिइन । फेरि, मेयर कान्तिका सेजुवालले पनि बिहीबार पत्रकार सम्मेलन डाक्दै उपमेयरको असहयोगका कारण लगानी सम्मेलन […]

दरखेखोला लघु जलविद्युत् १२ वर्षदेखि अलपत्र

मुगु : छायानाथ रारा नगरपालिका–१४ स्थित दरखेखोला लघु जलविद्युत् परियोजना १२ वर्षदेखि अलपत्र छ । वडा नम्बर १४ का तीन गाउँका तीनसय घरधुरीका लागि २०६४ सालमा जिल्ला ऊर्जा शाखाको सहयोगमा निमार्ण भएको १९ किलोवाट दरखेखोला लघु जलविद्युत् परियोजनाको काम सकिनै लाग्दा रोकिएको थियो । साविकको जिल्ला विकास समितिको कार्यालयअन्तर्गत रहेको जिल्ला ऊर्जा शाखाले स्थानीयले श्रमदान […]

पानी जमेपछि खानेपानी अभाव

हुम्ला : मुहानमा हिउँ जमेर पानी आर्पूति हुन नसकेपछि सदरमुकाम सिमकोटमा खानेपानीको हाहाकार भएको छ । पटक पटक गरि धेरै हिमपात हुदा मुहानमा हिउ थुप्रिएर जमेपछि पानी आपुर्ती हुन नसक्नदा खानेपानीको समस्या भएको हो । धारामा पानी नआएको एक महिना भएको बताउदै सिमकोट गाउँपालिका वडा नम्बर ५ की स्थानीय बाँचु रावतले जुन धारामा पानी आउछ, […]

‘पत्रकारिता कर्णाली समृद्धिको सम्वाहक बन्नुपर्छ’

सुर्खेत : नेपालको पहिलो अखबार गोरखापत्रलाई कर्णाली समृद्धिको बनाउनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । आइतबार सुर्खेतमा गोरखापत्रद्वारा आयोजित अन्तरक्रियामा सहभागी धेरैजसो व्यक्तित्वहरुले विकासमा पछाडि पारिएको कर्णालीलाई देशकै जेठो पत्रिकाले प्राथमिकताका साथ महत्व दिनुपर्ने सुझाव दिएका छन् । वीरेन्द्रनगर नगरपालिकाका कार्यवाहक प्रमुख मोहनमाया ढकालले कोहलपुर संस्करणबाट कर्णालीको पीडामात्र नभइ सम्भावनाहरुका मुद्दाहरुलाई प्राथमिकता दिनुपर्ने बताइन् । […]

YUGAAWHAN NATIONAL DAILY (2076-11-05)

कर्मचारीहरु जनताका सेवक हुन् : चित्रबहादुर रोकाय

चित्रबहादुर रोकाय कृषि विकास निर्देशनालय सुर्खेतमा निमित्त निर्देशक हुन् । आफ्नै मेहनतले निजामति सेवा प्रवेश गरेका रोकायको जन्म २०३४ साल कार्तिक २४ गते सिम्ता गाउँपालिका–५ बजेडाआली सुर्खेतमा भएको हो । आमा लालदेवि रोकाय र बुबा गोपाल रोकायबाट कान्छो सन्ताका रुपमा जन्मिएका उनले निजामति सेवा र जीवन भोगाइबारे आफ्नो अनूभव यसरी साँटे ।     पढाईमा […]

स्वास्थ्य सेवा प्रभावित : स्वास्थ्यका दर्जनौं भवन अलपत्र, बिचमै काम छाड्छन् ठेकेदार

सुर्खेत : गाउँमा स्वास्थ्य संस्था छैनन् । स्वास्थ्य संस्था भए पनि तिनका भवन छैनन् । भवन नै नभएका स्वास्थ्य संस्थामा डाक्टर र औषधि उपलब्ध हुने सम्भावना पनि रहेन । जसलेगर्दा कर्णालीका अधिकांश दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा नै प्रभावित भइरहेको छ । भरपर्दो उपचार नपाउँदा वर्सेनी कर्णालीमा धेरै गर्भवती र सुत्केरीको ज्यान जाने गरेको छ । […]

सरकारको दुईवर्षे कार्यकाल पूर्ण सफल रहेको प्रधानमन्त्रीको दाबी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दुई वर्ष पूरा गर्नु पनि आफैंमा उपलब्धि भएको बताएका छन् । प्रधानमन्त्री नियुक्त भएको दुई वर्ष पूरा भएको अवसरमा संसदमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ‘लामो समय ६/७ महिनामा सरकार फेरिइरहने विगतको स्थिरतालाई ध्यानमा राख्दा हाम्रो देशमा एउटै पार्टीको एउटै सरकार स्थापना गर्नु दुई वर्ष पूरा […]

राम्रा कामलाई निरन्तरता दिनुपर्छ : प्रदेश प्रमुख कलौनी

सुर्खेत : प्रदेश सरकारले अघि सारेका राम्रा कार्यक्रमलाई निरन्तरता दिन कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आग्रह गरेका छन् । प्रदेश सरकार गठन भएको दुईवर्ष पुगको अवसरमा शनिबार आयोजितकार्यक्रममा उनले राम्रा कार्यक्रमलाई निरन्तरता दिएर समयमै बजेट खर्च गर्नगरी कार्ययोजना बनाउन आग्रह गरेका हुन् । उनले नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा सबैको सुझाव लिन सके […]

सुत्केरी महिलाको प्रोत्साहन भत्ता ‘गायव’

जुम्ला : जुम्लाको कानका सुन्दरी गाउँपालिकाभित्र रहेका सुत्केरी आमाहरूले प्रोत्साहन भत्ता नपाएको गुनासो गरेका छन् ‌। नेपाल सरकारले नवजात शिशुको मृत्यु हुने दर शुन्यमा झार्नका लागी स्वास्थ्य संस्थामा गर्भवती महिला सुत्केरी हुँदा पाउने प्रोत्साहन भत्ता एक वर्षदेखि नपाएको गुनासो गरेका हुन । सुत्केरी महिलालाई पोषणयुक्त खाना र गर्भवती महिलालाई स्वास्थ्य संस्थामा गई चारपटक स्वास्थ्य जाँज […]

तापक्रम निरन्तर बढ्दो

काठमाडौं : काठमाडौं उपत्यकासहित देशभर पछिल्ला केही दिनयता तापक्रम बढिरहेको छ । मौसमविद् मिनकुमार आर्यालले अब तापक्रम निरन्तर बढ्दो क्रममा रहेको बताए । उनले कुनै मौसमी प्रणाली विकसित नभए तापक्रम विस्तारै बढ्दै जाने जानकारी दिए । फेब्रुअरीको अन्त्यसम्म मात्र तापक्रम घट्ने मौसविद्को भनाइ छ । ‘जाडो मौसमको अन्यतिर बिहान बेलुका बढी चिसो महसुस हुने र […]

क्रसर उद्योगले बस्ती जोखिममा

जाजरकोट : बस्ती नै जोखिममा पारेर जिल्लाको स्याउलीमा अवैध रूपले क्रसर उद्योग सञ्चालन गरिएको छ । जिल्लाको भेरी नगरपालिका ७ स्याउलीमा ठेकेदारले आफूखुसी क्रसर उद्योग सञ्चालन गरेका हुन् । नगरपालिकाभित्र विभिन्न आयोजनामा काम गर्ने नाममा स्थानीय तह र प्रशासनलाई जानकारी नदिई क्रसर उद्योग सञ्चालन गरिएको हो । पुष्पलाल मध्यपहाडी लोकमार्ग नजिकै क्रसर उद्योग खोलिएको छ […]