गाग्रेतालमा अनुसन्धान प्लान्ट

सुर्खेत : कर्णाली प्रदेश सरकारले अर्गानिक उत्पादन बढाउन वीरेन्द्रनगरस्थित गाग्रेतालमा अनुसन्धान प्लान्ट स्थापना गरिएको छ । एकिकृत अर्गानिक कृषि मोडेल कार्यक्रम अन्तरगत राष्ट्रिय चन्द्रगंगा माध्यमिक विद्यालय परिसरमा अर्गानिक अनुसन्धान प्लान्ट स्थापना गरिएको हो ।

रैथाने अन्नबाली तथा फलफुल खेतीको अनुसन्धान गरिने छ । कर्णाली प्रदेशलाई रासायनिक मल र विषादीमुक्त बनाउने उदेश्यले स्थापना भएको अर्गानिक अनुसन्धान प्लान्टको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् ।

प्लान्टको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले अर्गानिक खेतीबाटै कर्णालीको आर्थिक समृद्धि सम्भव भएको बताए । ‘कर्णालीका अर्गानिक खाद्य उत्पादनको अहिले विश्व बजारमै माग बढेको छ’ उनले भने, ‘अब यसलाई व्यवसायिक रुपमै स्थापित गर्नसके यहाँका नागरिक मात्रै आर्थिक रुपमा सवल हुने छैनन्, देशकै अर्थतन्त्र बलियो हुनेछ ।’

परम्परागत खेती प्रविधिको प्रयोग गर्दै अर्गानिक वस्तु उत्पादन तथा निर्यात दर बढाउन आवाशयक योजना र बजेट व्यवस्थापन गरिएको कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बताइन् । प्लान्टमा कृषि विषयमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई प्रयोगात्मक सिप सिकाउनुका साथै अर्गानिक खेतीमा आकर्षण गराउने लक्ष्य छ । प्रदेश सरकारले कर्णालीका हरेक जिल्लाका एक÷एक वटा स्थानीय तहमा अर्गानिक मोडेल अनुसार खाद्य उत्पादन गर्ने अवधारणा लिएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *