YUGAAWHAN NATIONAL DAILY (2077-01-04)

 

नगरको विपद् कोषमा निजी क्षेत्रबाट ५ लाख

सुर्खेत, ४ बैशाख । वीरेन्द्रनगर नगरपालिका सुर्खेतले स्थापना गरेको नगर स्तरिय विपद् कोषमा निजी क्षेत्रबाट बुधबारसम्म ५ लाख एक हजार २ सय १५ रुपैयाँ जम्मा भएको छ । नगरपालिकाले कोरोना रोकथाम, नियन्त्रण, उपचार तथा राहत कोष स्थापना गरी सहयोगको अपिल गरेको थियो । प्रदेशको राजधानीको नगरपालिका भएकाले नगर क्षेत्रभित्र कार्यालय स्थापना गरेर विविध गतिविधिहरु सञ्चालन […]

संसदको गाडी प्रहरी नियन्त्रणमा

सुर्खेत, ३ बैशाख । कोरोना भाईरसको रोकथाम, नियन्त्रणका लागि सरकारले चौथो चरणको १२ दिन लामो लकडाउन लगाएको छ । लकडाउनका कारण कुनै एक स्थानबाट अर्को स्थानमा जान, सवारी साधन प्रयोग गर्न पूर्ण रुपमा प्रतिवन्ध लगाएको छ । जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएका बाहेक अरु कसैलाई पनि आवत जावत गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ […]

एसईई परीक्षा नजिकैको विद्यालयबाट गर्ने तयारी

काठमाण्डौ, ३ बैशाख । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा एसईई नजिकैको विद्यालयबाट गर्ने तयारी गरेको छ । कोरोना भाइरसको महामारी सामान्य भए पछि चालु शैक्षिक वर्षलाई असर नपर्ने गरी नतिजा प्रकाशित गर्न एसईई परीक्षा नजिकैको विद्यालयमा परीक्षा दिने तयारी गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । घरबाट टाढा नभएको विद्यालयमा परीक्षा दिने बिषयमा छलफल […]

वीरेन्द्रनगरले ६० बेडको क्वारेन्टाइन बनाउदै

सुर्खेत, ३ बैशाख । वीरेन्द्रनगर नगरपालिकाले ६० बेडको क्वारेन्टाईन निर्माण गर्ने भएको छ । संघीय सरकारको मापदण्ड बमोजिम नै व्यवस्थापन गर्न मापदण्डमा उल्लेख भएका सम्बन्धित निकायहरुसंग समन्वय गरी क्वारेन्टाईन निर्माण गर्ने निर्णय गरिएको छ । नगर कार्यपालिकाको बुधबार सम्पन्न बैठकले नगरपालिकाभित्र बाहिरबाट आउने नागरिकहरुलाई राख्ने गरी सार्वजनिक विद्यालय प्रयोग गरी क्वारेन्टाईन निर्माण गर्ने निर्णय गरेको […]

बनगाड कुपिण्डे नगरपालिकामा ५० लाखकाे काेष

७ सय ५३ अतिविपन्न घरपरिवारले राहत पाउने दुर्गा विसि/ सल्यान, ३ बैशाख । सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकाले प्रकोप व्यवस्थापनका लागि ५० लाखकाे काेष स्थापना गरेको छ । काेराेना राेकथाम तथा नियन्त्रणका लागि उक्त काेष स्थापना गरिएको बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत माेहन खड्काले जानकारी दिनु भएको छ । साथै उक्त काेषमा विभिन्न संघ संस्था, […]

ब्रेकिङ : कर्णालीका २ जनाको रिपोर्ट संकास्पद

सुर्खेत, ३ बैशाख । रुकुम पश्चिमवाट कोरोना भाईरस (कोभिड-१९) परिक्षणका लागि संकलन गरिएका ३९ वटा नमुना मध्ये २ जनाको रिपोर्ट संकास्पद देखिएको छ । चाैरजहारीबाट नमूना स‌कलन गरी परीक्षणका लागि कैलालीकाे प्रयाेगशालामा पठाइएकाे थियाे ।  थप परिक्षणका लागि पुनः स्वाव संकलन गरि केन्द्रीय प्रयोगशालामा पठाउन लागिएको सामाजिक विकासमन्त्री दल रावले जानकारी दिनुभएको छ। संकास्पद रिपोर्ट […]

मौसमी रुघाखोकी र कोरोना भाइरस कसरी छुट्याउने ?

काठमाडौँ, ३ बैशाख । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा अहिले फ्लु वा रुघाखोकीको लक्षण लिएर कोरोनाको आंशकामा दैनिक बिरामीहरु आत्तिँदै आइरहेका हुन्छन् । विशेषगरी विदेश भ्रमणबाट आएका बढी छन् । भाग्यवश नेपालमा अहिले कोरोनाको संक्रमण न्यून मात्रै देखिएको छ तर सर्तकता अपनाउन छाड्न हुन्न । रुघाखोकी लाग्दा पनि डराएर कोरोना हो कि भन्ने […]

डब्लूएचओलाई आर्थिक सहयोग रोक्ने घोषणा ‘खतरनाक’ : बिल गेट्स

काठमाडौँ, ३ बैशाख । माइक्रोसफ्ट कम्पनीका सहसंस्थापक बिल गेट्सले विश्वव्यापी स्वास्थ्य संकट आएका बेला विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) लाई आर्थिक सहयोग रोक्ने निर्णय गलत भएको प्रतिक्रिया दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओलाई दिँदै आएको सहयोग रोक्ने घोषणा गरेपछि गेट्सले ट्वीटमार्फत प्रतिक्रिया दिएका हुन् । विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग रोक्ने ट्रम्पको घोषणा ‘खतरनाक’ भएको […]

नौमूलेमा कोरोना संक्रमण बारे सचेतिकरण

महेन्द्र सापकोटा नाैमुले (दैलेख), ३ वैशाख । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन नौमूले गाउँपालिकाले उच्च सर्तकता अपनाएको छ । गाउँपालिकाले वुधवार एक सूचना जारी गर्दै गाउँपालिकामा कोरोना संक्रमण फैलिन नदिनका लागि कार्यपालिकाले गरेका कोरोना संक्रमणबाट वच्ने गतिविधिहरु पालना गर्न सूचना जारी गर्दै सर्तक रहन आग्रह गरेको हो । गाउँपालिकाले लकडाउनलाई थप […]

मोवाईलबाटै आवेदन घरैमा सवारी पास

सुर्खेत, ३ बैशाख । जिल्ला प्रशासन कार्यालय सुर्खेत सहित देशभरका जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यक अवस्थामा सवारी पास (अनुमति पत्र) उपलब्ध गराउँदै आएका थिए । सवारी पास लिनेहरु जिल्ला प्रशासन कार्यालय पुग्दा र प्रतिक्षा गर्दा सरकारले घोषणा गरेको लकडाउन उलंघन हुने अवस्था आएपछि इ–पास को व्यवस्था गरिएको हो । नेपाल सरकार गृह मन्त्रालयले सफ्टवयर निर्माण गरी […]

४० जना सुनचाँदीका मजदुरलाई राहत

सुर्खेत, ३ बैशाख । सुनचाँदीको क्षेत्रमा ज्याला मजदुरी गर्ने श्रमिकहरुलाई राहत सामाग्री वितरण गरिएको छ । विश्वमा फैलिएको कोरोना भाईरस त्यसलाई नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउनबाट श्रमिकहरुलाई असर परेपछि दैनिक उपभोग्य सामाग्री वितरण गरिएको हो । सुनचाँदी व्यावसायी संघ सुर्खेतले बुधबार विभिन्न सुनचाँदी पसलमा आवद्ध ४० जना आफ्ना मजदुरहरुलाई राहत वितरण गरेको हो । […]

कोरोनाबारे भ्रम फैलाउने लेकबेशीबाट पक्राउ

सुर्खेत, ३ बैशाख । सामाजिक सञ्जाल फेसबुकमा कोरोना भाइरस (कोभीड–१९) बारे भ्रम फैलाउने अर्को एक जनालाई इलाका प्रहरी कार्यालय लेकबेशी सुर्खेतले पक्राउ गरेको छ । बुधबार विहान पक्राउ गरी दिउँसो ११ः४५ बजे जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाएको छ । दैलेख घरभई लेकबेशी न.पा.–१ ससुराली आएका २१ बर्षिय प्रेम वि.क. ले सामाजिक सञ्जाल फेसबुकमा भ्रामक कुरा […]