भेरीगंगा रामघाटमा रक्तदान

सुर्खेत (भेरीगंगा), ६ बैशाख । कोरोना भाईरसको सन्त्रास र लकडाउनमा रक्त सञ्चार केन्द्रमा रगतको अभाव नहोस भनेर भेरीगंगा नगरपालिका वडा नं. ११ रामघाटमा शनिबार रक्तदान गरिएको छ । भेरीगंगा जेसिजको आयोजना, नेपाल रेडक्रस सोसाइटीको सहआयोजना र हिमशिखर क्याम्पसको समन्वयमा रक्तदान गरिएको हो । रणु आचार्य, ज्ञानु भुसाल, नवराज कार्की, अमन चुनारा, कर्ण बहादुर चन्द, निरक […]

प्रजिअको भूमिकाप्रति चौतर्फी आक्रोश

सुर्खेत, ६ बैशाख । सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको कार्यसम्पादन र भूमिकाप्रति चौतर्फी विरोध भएको छ । दैनिक उपभोग्य वस्तुका पसल खोल्न दिएको समय, अलपत्र नागरिकको उद्धार र पास वितरणका सम्बन्धमा विरोध भएको हो । दैनिक उपभोग्य अत्यावश्यक पसलहरु खोल्न तोकिएको समय अनुपयुक्त भएको भन्दै सामाजिक सञ्चालमार्फत चौतर्फी विरोध सुरु भएको छ । सरकारले […]

युवा वैज्ञानिकले बनाए आधुनिक सेनिटाइजर गेट

सुर्खेत, ६ बैशाख । सुर्खेतका दुई युवा बैज्ञानिकले सोलार जडित अत्याधुनिक सेनिटाईजर गेट निर्माण गरेका छन् । कोरोना भाईरस नियन्त्रण तथा रोक्थामका लागि प्रत्येक व्यक्तिमा हुने किटाणुको संक्रमण नियन्त्रण गर्न सेनिटाइजर एक नौलो आविष्कार बनाएका हुन । सुर्खेत निवासी युवा बैज्ञानिक श्याम कुमार विष्ट (साइन्स फिजिक्स), राजेन्द्र विष्ट (वायो केमिस्ट) ले सोलार जडित अत्याधुनिक वाक […]

कोरोना नियन्त्रणमा सिम्ताको लोकप्रिय ‘युनिट एक्सन टीम’

दुर्गा विसी सुर्खेत (सिम्ता), ६ बैशाख । कोरोना भाईरस रोकथाम, नियन्त्रण, उपचार र राहतका लागि सिम्ता गाउँपालिकाले युनिट एक्सन टिम परिचालनको अवधारणा लागु गरेको छ । चीन र दक्षिण कोरियामा कोरोना नियन्त्रणका लागि लागु गरिएको विधि कर्णाली प्रदेशमा पहिलो पटक सिम्ता गाउँपालिकाले अवलम्बन गरेको थियो । कर्णाली प्रदेश सरकारले कर्णालीभरी नै यो विधि लागु गर्ने […]

जन्मदिनको अवसरमा विपन्नलाई राहत

तुलराज पाण्डे कालिकोट, ५ बैशाख । कालिकोट पलाँता गाउँपालिका युवा सञ्जाल अध्यक्ष जलशा बुढाले आफ्नो जन्मदिनको अबसरमा विपन्न परिबारलाई राहत बितरण गरेकी छन् । अध्यक्ष बुढाले पलाँता गाउँपालिका वडा नं. १, २ र ३ का जम्मा ७० वटा विपन्न घर परिवारलाई राहात बितरण गरेकी हुन ।  करिब ७० विपन्न घरपरिवारलाई १५ केजी चामल २ प्याकेट […]

YUGAAWHAN NATIONAL DAILY (2077-01-06)

खाद्य संस्थानद्वारा चामल वितरण

रासस हुम्ला, ६ बैशाख । नेपाल खाद्य संस्थान हुम्लाले लकडाउनका बीच कोही पनि भोकै भएको खबर सुन्न नपरोस् भनी खाद्यन्न वितरण शुरु गरेको छ । लामो समयदेखि खाद्यान्न बिक्रीवितरण नगर्दा जनतालाई खाद्यान्न समस्या हुने देखिएपछि संस्थानले सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकाका सर्वसाधारणका लागि खाद्यान्न बिक्री शुरु गरेको हो । खार्पुनाथ र नाम्खा गाउँपालिकालाई २८२ क्विन्टल […]

जब चीनले पासा पल्टायो : काेराेना

चिरञ्जीवी पौडेल काठमाडौं, ६ बैशाख । धेरै होइन, मात्र दुई महिना अगाडिको अवस्था सम्झौँ । नेपालको छिमेकी चीनमा कोरोनाले कहर मच्चाइरहँदा बाँकी विश्व आफ्नै लयमा हिँडिरहेको थियो । पश्चिमा देशका मिडियाले त चीनलाई गिज्याउन पनि बाँकी राखेनन् । अहिले अवस्था उल्टिएको छ । संघर्षपूर्वक कोरोनाबाट बाहिर निस्केर चीन आफ्नो लयमा फर्किँदैछ । कोरोनाको इपिसेन्टरका रुपमा […]

जुनिचाँदेमा विपन्न परिवारलाई खाद्यान्न

जाजरकोट, ५ वैशाख । जुनीचाँदे गाउँपालिका जाजरकोटले विपन्न परिवारलाई खाद्यान्न सहितको राहत बितरण गरेको छ । कोरोना भाईरसको सन्त्रास र सरकारले घोषणा गरेको लकडाउनको कारण खाद्य अभावमा रहेकाहरुलाई गाउँपालिकाको ११ वटै वडाको ५ सय ९५ घरधुरीलाई चामल लगायत सामग्री बितरण गरेको गाउँपालिका कार्यवाहक अध्यक्ष शिवा आचार्यले जानकारी दिनुभएको छ । ९४ क्विन्टल चामल, ११ क्विन्टल […]

कर्णाली प्रदेश सभाको चालु अधिवेशन अन्त्य

सुर्खेत, ५ बैशाख । कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शुक्रवार राती १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्यको निर्णय गरेका हुन् । संविधानको धारा १८३ को उपधारा २ अनुसार प्रदेश प्रमुख कलौनीले चालु अधिवेशन अन्त्यको निर्णय गरेको सूचना प्रदेश प्रमुखको कार्यालयले प्रकाशित गरेको छ । चालु हिउँदे अधिवेशन […]

ब्रेकिङ : कर्णालीका दुईको रिपोर्ट नेगेटिभ

सुर्खेत, ५ बैशाख । रुकुम पश्चिमका कोरोना संक्रमणको आशंका गरिएका दुई जनाको रिपोर्ट नेगेटिभ आएको छ । केन्द्रीय प्रयोगशालाको शुक्रबार साँझ आएको रिपोर्ट अनुसार कर्णाली प्रदेशबाट पठाइएका दुई जनाको नमूनामा नेगेटिभ देखिएको हो । पूर्व गृहमन्त्री तथा नेकपा कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’ ले केही समय अघि आफनो सामाजिक सञ्जाल फेसबुक पेजमा लेख्दै पश्चिम […]

ब्रेकिङ : कोरोना संक्रमित ३० पुगे

काठमाडौं, ५ बैशाख । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनका हुन् ।् यससँगै नेपालमा कोरोना […]

नलगाड र छेडागाडमा कोरोना नेगेटिभ

जाजरकोट, ५ बैशाख । नलगाड र छेडागाड नगरपालिकामा शुक्रबार गरिएको कोरोना भाइरस द्रुत परिक्षणको सबै ¥यापिड टेष्ट रिर्पोट नेगेटिभ आएको छ । नलगाड नगरपालिकाको दल्ली र चौखा, छेडागाड नगरपालिकाको मनघाटमा गरिएको द्रुत परिक्षणको सबै रिर्पोट नेगेटिभ आएको हो । नलगाड नगरपालिकाको चौखामा १७ र दल्लीमा २६ जनाको द्रुत परिक्षण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर […]