भेरीगंगा रामघाटमा रक्तदान

सुर्खेत (भेरीगंगा), ६ बैशाख ।
कोरोना भाईरसको सन्त्रास र लकडाउनमा रक्त सञ्चार केन्द्रमा रगतको अभाव नहोस भनेर भेरीगंगा नगरपालिका वडा नं. ११ रामघाटमा शनिबार रक्तदान गरिएको छ । भेरीगंगा जेसिजको आयोजना, नेपाल रेडक्रस सोसाइटीको सहआयोजना र हिमशिखर क्याम्पसको समन्वयमा रक्तदान गरिएको हो ।

रणु आचार्य, ज्ञानु भुसाल, नवराज कार्की, अमन चुनारा, कर्ण बहादुर चन्द, निरक चन्द, विशाल आचार्य, राम सुवेदी, नवराज उपाध्याय, सुभम ज्ञावली, गोपाल वि.क., चन्द्र प्रसाद कार्की, नविन शाही, नरेश शाही, रितेश भण्डारी, डिल बहादुर थापा, मुक्तिराम तिवारी, रमेश शर्मा, धर्म चन्द। तिलक रावत, डिलसरा शर्मा, सृष्टि सुनार, लोकेन्द्र वली, वीरेन्द्र चन्द, टेकनारायण गिरी र राम बहादुर परियार सहित २६ जनाले रक्तदान गरेका थिए ।

रक्तदान गरेर महत्वपूर्ण कार्य गरेको भन्दै भेरीगंगा नगरपालिकाका उपप्रमुख रेणु आचार्य (ढकाल) ले आयोजक र रक्तदाता सबैलाई धन्यवाद दिनुभएको थियो । उपप्रमुख आचार्यको प्रमुख आतिथ्यता र जेसी मुक्तिराम तिवारीको संयोजकत्वमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *