कोरोनामा जिम्मेवार देखिए चीनले त्यसको परिणाम भोग्नुपर्छ : ट्रम्प

काठमाडौं, ७ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिनुमा जिम्मेवार देखिए चीनले त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । शनिबार उनले चीनलाई चेतावनी दिँदै नियतवश फैलाइएको पाइए चीनले त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका हुन् । तर, उनले अमेरिकाले कस्तो कदम चाल्छ भन्ने विषयमा भने केही बताएनन् । शनिबार नियमित ब्रिफिङमा […]

कोरोनाबाट विदेशमा २८ नेपालीको मृत्यु

काठमाडौं, ७ वैशाख । (रासस) विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) २८ पुगेको छ । एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा १७, अमेरिकामा ८, संयुक्त अरब इमिरेट्समा दुई र आयरल्याण्डमा एक जनाको निधन भएको हो । स्वास्थ्य उपसमितिका […]

सुर्खेतका २ सहित एकैपटक ५० वटा ग्यास उद्योगको अनुमतिपत्र खारेज

काठमाडौ, ७ बैशाख । नेपाल आयल निगमले एकैपटक ५० वटा ग्यास उद्योगको अनुमतिपत्र खारेज गरेको छ । विभिन्न मितिमा अनुमतिपत्र लिएर निर्माणको प्रक्रिया नै सुरु नगरेका र ग्यास बोटलिङमा ढिलाई गरिरहेका उद्योगको अनुमतिपत्र खारेज गरिएको हो । निगमको शुक्रबार एक सूचना जारी गर्दै विभिन्न मितिमा अनुमति लिएका ५३ मध्ये ३ वटा उद्योगले मात्रै शर्तबमोजिमको प्रक्रिया […]

YUGAAWHAN NATIONAL DAILY (2077-01-07)

ब्रेकिङ : कानून मन्त्रीको जिल्लाबाट हिडेका मजदुर जिप्रका अगाडी चाैतारामा अलपत्र

सुर्खेत, ६ बैशाख । (१०ः३० बजे) . आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीको गृह जिल्ला जुम्लाबाट पैदल हिडेका बर्दियाका १४ जना मजदुरहरु वीरेन्द्रनगरमा अलपत्र परेका छन् । जुम्लाका विभिन्न पूर्वाधार निर्माणमा खटिएको मजदुरहरुको १४ जनाको टोली वीरेन्द्रनगर बजारमा अलपत्र परेको हो । जुम्लाबाट पैदलै हिडेर सुर्खेत वीरेन्द्रनगर शनिबार साँझ ९ः०० आइपुगेको टोली क्वारेन्टाईन अगाडी, […]

सात दिन पैदल, चार दिनदेखि भोकै …

सुर्खेत, ६ बैशाख । सात दिन अघि जुम्लाबाट पैदल हिडेका बर्दियाका २४ जना मजदुरहरु चार दिनदेखि भोकभोकै शनिबार वीरेन्द्रनगर आइपुगेका थिए । विहानै वीरेन्द्रनगर–५ चिसापानी आएका उनीहरु भोक, प्यासले थकित हुँदै चिसापानी नजिकको प्रतिक्षालयमा बसिरहेका थिए । बार बर्दिया नगरपालिका महेश चौधरीसहित १२ जना र राजापुर नगरपालिका वडा नं. २ का रञ्जीत चौधरीसहित १२ जना […]

ब्रेकिङ : मेडिकल, अस्पताल दैनिक, तरकारी विहान, खाद्यान्न हप्तामा ३ दिन खुल्ने

सुर्खेत, ६ बैशाख । जिल्ला प्रशासन कार्यालय सुर्खेतले दैनिक उपभोग्य वस्तुहरु खोल्ने नयाँ समय तालिका सार्वजनिक गरेको छ । भोभिड–१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन जिल्ला स्तरिय कमाण्ड पोष्टको शनिबार साँझ बसेको बैठकले पुरानो निर्णय सच्याउँदै नयाँ समय तालिका सार्वजनिक गरेको छ । चौतर्फी विरोध भएपछि तत्काल प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानले सरोकारवालाको बैठक डाकेका नयाँ […]

समाचार आएको २ घण्टामै प्रजिअले निर्णय सच्याए

सुर्खेत, ६ बैशाख । जिल्ला प्रशासन कार्यालय सुर्खेतले आफ्नो निर्णय सच्याएको छ । ‘प्रजिअको भूमिकाप्रति चौतर्फी आक्रोश’ शीर्षकमा युगआव्हान दैनिक पत्रिकाको अनलाईन संस्करण  https://www.yugnews.com/?p=5338  मा समाचार प्रकाशित भएपछि समाचार आएको २ घण्टामा निर्णय सच्याउन बाध्य भएका हुन । सुर्खेत जिल्लाका विभिन्न क्षेत्रका सामाजिक अभियान्ताहरुले आफनो सामाजिक सञ्जाल फेसबुकमार्फत विरोध जनाएका थिए । लकडाउनको उलंघन हुने […]

बनगाड कुपिण्डेमा विपन्न परिवारलाई राहत वितरण सुरु

दुर्गा विसि/ सल्यान (सल्लीबजार), ६ बैशाख । सल्यान बनगाड कुपिण्डे नगरपालिकाले लकडाउनका कारण गासकाे जाेह हुन नसकेका विपन्नहरुलाइ राहत वितरण सुरु गरेको छ ।काेराेना राेकथाम तथा नियन्त्रणकाे समयमा लकडाउनका कारण गासकाे जाेह हुनै नसकेको घरपरिवारलाई मात्रै पहिलो चरणमा राहत वितरण गरिएको छ । पहिलो चरणमा याे समयमा जस्काे चुलाे वल्ल सकिरहेको छैन त्यस्ता परिवारलाई मात्रै […]

अश्लील भिडियो बनाएरैे बार्गेनिङ

काठमाडौं, ६ बैशाख । गेस्ट हाउसमा बसेको रकम तिर्न र मोटरसाइकल खरिद गर्न भन्दै युवाको एक समूहले जानीजानी सेक्स भिडियो टेप बनाएर ‘ब्ल्याकमेलिङ’ गरेको पाइएको छ । बागबजारस्थित एक गेस्ट हाउसमा जानीजानी यौन सम्बन्ध राखेको भिडियो खिचेर एक युवकलाई ३ लाख रुपैयाँ बार्गेनिङ गरेको पाइएको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारले अहिले यो घटनाको अनुसन्धान […]

नेपाल विद्यार्थी संघको विगत र वर्तमान

चन्द्रप्रसाद पाण्डेय वीरेन्द्रनगर–४, सुर्खेत हाल नेपालमा क्रियाशिल रहेका विद्यार्थी संगठनहरू मध्ये सबैभन्दा पुरानो संगठन हो । नेपाल विद्यार्थी संघ ।तत्कालिन समयमा समग्र दलिय राजनिति प्रतिवन्धीत भएको अवस्थामा नेपालको सबैभन्दा जेठो दल नेपाली कांग्रेसले आफ्नो बहुदलिय एजेण्डालाई स्थापना गराउने उद्देश्यले आफ्नो विचारधारा अवलम्बन गर्ने क्रियाशिल विद्यार्थीहरूलाई नेपालका शैक्षिक एजेण्डाहरूमा मार्गदर्शन बनाउँदै विद्रोह गर्न यस संघको स्थापना […]

नेविसंघको विद्यार्थीहरुलाई रिचार्ज

सुर्खेत, ६ बैशाख । बिश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसको संक्रमण फैलिन नदिन देशभर लकडाउन जारी छ । लकडाउनका बिच नेपाल बिद्यार्थी संघ सुर्खेतले आफ्नो ५१ औं स्थापना दिवस मनाएको छ । लकडाउनका कारण मोबाईल रिचार्ज गर्न नसकेका कर्णाली प्रदेशका बिद्यार्थीहरुलाई रिचार्ज उपलब्ध गराएर नेबिसंघ सुर्खेतले आफ्नो स्थापना दिवस मनाएको छ । सुर्खेत उद्योग […]

जुम्लाबाट बर्दिया पुग्दा ‘अब त बाँचिन्छ’

बर्दिया, ६ बैशाख । कामको खोजीमा गएका बर्दियाका १२ जना मजदुरहरू चाउचाउका भरमा सात दिनसम्म लगातार हिँड्दै जिल्ला आइपुगेका छन् । राजापुर नगरपालिकाका १२ जनाको एउटा टोली सात दिन लगाएर हिँडेरै शुक्रबार दिउँसो ठाकुरबाबा नगरपालिकाको भुरिगाउँ बजारमा आइपुगेको हो । जोखिम मोल्दै जिल्ला प्रवेश गरेका उनीहरूले अब बाँचिने आश पलाएको बताएका छन् । निकै लामो […]