सुदूरपश्चिममा ४६ हजार नयाँ मतदाता थपिए

महेन्द्रनगर, २६ मङ्सिर ।  सुदूरपश्चिम प्रदेशमा ४६ हजार २० जना नयाँ मतदाता थपिएका छन् । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि युवा पुस्ताका मतदाता बढी थपिएका जानकारी दिए । “निर्वाचन सामग्री व्यवस्थापन र मतदाता नामावली अद्यावधिक कार्य हँुदैछ”, प्रमुख भट्टले भने, “मतदाता दाबी विरोध, त्रुटी […]

खानेपानी संस्थान धनगढीको बक्यौता दुुई करोड ३१ लाख

कैलाली, २६ मङ्सिर ।  लामो समयदेखि धनगढीमा खानेपानी वितरण गर्दै आएको नेपाल खानेपानी संस्थानको विभिन्न व्यक्तिगत र सार्वजनिक संस्थाबाट उठाउन बाँकी बक्यौता रकम रु दुुई करोड बढी रहेको छ । कार्यालयका लेखा शाखा प्रमुख पङ्कजकुमार दासका अनुसार विगत लामो समयदेखि आर्थिक वर्ष २०८१/८२ सम्म निजी र सार्वजनिक ग्राहकबाट उठाउन बाँकी रहेको रकम रु दुुई करोड […]

एमालेको ११औं महाधिवेशन पदाधिकारीमा मुख्यमन्त्री  कँडेलको सशक्त दावी

ओम शाही सुर्खेत, २६ मंसिर । २०७८ मंसिरमा सम्पन्न नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा कर्णालीको तर्फबाट केन्द्रीय पदाधिकारीको लाइनमा थिए यामलाल कँडेल । चितवनमा सम्पन्न उक्त महाधिवेशनमा कर्णालीबाट निर्विकल्प सचिव पदमा कँडेलको दावी थियो । तर, उनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी सदस्य बनाए । आकांक्षीहरु धेरै रहेको भन्दै उनलाई पदाधिकारीमा जान दिइएन […]

सम्पादकीय : संसदलाई बन्धक नबनाऊ !

जेन—जी नेतृत्वको आन्दोलनका क्रममा आगजनी र तोडफोडपछि कर्णाली प्रदेशसभा बैठक अनिश्चित छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौं अधिवेशन गत साउन २१ गते अन्त्य भएको थियो । त्यसयता संसद बैठक बस्न सकेको छैन । जेनजी नेतृत्वको आन्दोलनका क्रममा आगजनी भएपछि कर्णाली प्रदेशसभाका २३ ब्लकमध्ये सभाहल, सचिवालय, बैठक हल, तीन वटा संसदीय दलका कार्यालय, दुईवटा विषयगत […]

जनताको घरदैलोमै पुगेर विश्वास जित्दैछ नेपाली कम्युनिष्ट पार्टी : सह–संयोजक माधवकुमार नेपाल

बाँके ,२५ मंसिर । नेपाली  कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टीलाई संगठनात्मक रूपमा सशक्त बनाउन जनताको घरदैलोमै पुगेर विश्वास आर्जन गरिरहेको बताउनुभएको छ। नेपाली कम्युनिष्ट पार्टी बाँकेले आज आयोजना गरेको जिल्ला स्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले जनताको भावनासँग प्रत्यक्ष साक्षात्कार गर्दै अघि बढ्नु अहिलेको प्रमुख आवश्यकता भएको टिप्पणी गर्नुभयो। पूर्व […]

घुयँत्राे:माग बुझाउने कि माग च्यात्ने? जेनजीको आजको कार्यक्रममै सबै अक्कल देखियो!

आज मंशिर २४ जेनजी आन्दोलन समाप्तभएकाे ठिक ३ महिनापछि जेनजी आन्दोलनका समुहहरुले प्रधानमन्त्री समक्ष आफ्ना लिखित मागहरु प्रस्तुत गरेका छन । सरकार बनेकाे ३ महिना वितिसक्दानि सरकारले भष्टाचारी र विध्वंसकारीहरुलाई कार्वाही नगरेकाे र देशबाट वेथिति र भष्टाचार अन्त्य नभएकाेले अन्तत जेनजीहरु आफ्ना मागहरु लिखितरुपमा सरकारलाई बुझाउन बाध्य छभएकाछन । उनीहरुले प्रधानमन्त्री समक्ष माग प्रस्तुत गर्दा […]

जुम्ला सहकारीकाे भद्रकालीमा अर्गानिक ‘कोसेली घर’

गाेल्डेन बुढा जुम्ला ,२५ मंसिर। कर्णाली प्रदेशका रैथाने अर्गानिक उत्पादन अब राजधानीमा सजिलै उपलब्ध हुने भएका छन्। जुम्लामा केन्द्रीय कार्यालय रहेको चन्दननाथ बहुद्देश्यीय सहकारी संस्थाले काठमाडौं महानगरपालिका-११, भद्रकालीमा आफ्नो चौथो आउटलेट ‘कोसेली घर’ सञ्चालनमा ल्याएको छ। बिहीबार आयोजित उद्घाटन समारोहमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष रमेशप्रसाद पोखरेलले नयाँ पहलको प्रशंसा गर्दै किसान र उपभोक्ताबीचको सम्बन्ध सुदृढ […]

शिशुको घटना स्थलमै मृत्यु : आमा आर्थिकअभावले आईसीयूमै अचेत छन्

गाेल्डेन बुढा जुम्ला,२५ मंसिर । जुम्लाको घर-परिवारमा बिहानको चिया तताउन,पिउन होस् वा चुलोमा खाना पकाउन दाउरा बिना दैनिकी चल्दैन। कार्तिकदेखि माघसम्मको कठोर चिसो मौसममा दाउरा संकलन महिलाहरूको नियमित श्रमजस्तै देखिन्छ। यही दैनिक श्रमले जुम्लाकाे सिंजा गाउँपालिका-२, चुलेलकी २४ वर्षीया उब्जा वडलाई भने असह्य दुर्घटना बोकाइदियो। मंगलबार बिहान धाेराचाैर जंगलमा बच्चालाई बाेकेर दाउरा काट्न गएकी उब्जा […]

‘बर्थिङ सेन्टर’ त छ टाढा छ, गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष पाइन्न

दैलेख,२५ मंसिर । भगवतीमाई गाउँपालिका–३ स्थित मेलतोलीकी अमृताकुमारी खड्काले यही मङ्सिरको दोस्रो हप्ता दोस्रो सन्तानलाई जन्म दिनुभयो । पैँतीस वर्षीया खड्का घरको दोस्रो तल्लामा भेटिँदा नवजात शिशुलाई काखमा च्यापेर अगेनाको राप तापिरहनुभएको थियो । छ वर्षीया छोरी उहाँकै अगाडि लुटपुटिरहेकी थिइन् । गर्भावस्थादेखि सुत्केरी नहुञ्जेलसम्म दुःख र पीडा भयो होला नि रु जिज्ञासा झर्न नपाउँदै […]

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

राँझा (बाँके),२५ मंसिर । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ सञ्चालन भइरहेको मेलामा हिन्दू र मुस्लिम समुदायका हजारौँ मानिसले एकसाथ मनोकाङ्क्षा पूरा होस् भनी वर माग्ने गरेका छन् । डुडुवा गाउँपालिकामा हिन्दू र मुस्लिम धर्मावलम्बीको मिश्रित बसोबास छ । […]

श्रीलङ्कामा विपद्बाट प्रभावित बालबालिकाका लागि विशेष कार्यक्रमको घोषणा 

कोलम्बो, २४ मङ्सिर (रासस/सिन्ह्वा) ।  श्रीलङ्काको महिला तथा बालबालिका मन्त्रालयले विनासकारी चक्रवातले निम्त्याएको बाढी र पहिरोबाट प्रभावित बालबालिकाको सुरक्षाका लागि विशेष कार्यक्रमको घोषणा गरेको छ । महिला तथा बाल बालिका उपमन्त्री नमल सुदर्शनले देशव्यापी रूपमा एक लाख भन्दा बढी बालबालिका गम्भीर रूपमा प्रभावित भएको जनाउदै सबैभन्दा बढी पुत्तलम जिल्लामा ४३ हजार बालबालिका प्रभावित भएको बताएका […]

आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द 

वासिङ्टन डीसी, २४ मङ्सिर (रासस/एएनआई) ।  अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा सुरक्षामा कडाई गरे पछि सन् २०२५ जनवरी देखि ८५ हजार भिसा रद्द गरेको घोषणा गरेको छ । सामाजिक सञ्जाल एक्स मार्फत विदेश विभागले कडा आप्रवासन निरीक्षणका लागि ट्रम्प प्रशासनको निरन्तर प्रतिबद्धतालाई जोड दिँदै यस्तो घोषणा गरेका जनाएको छ । घोषणाको साथमा राष्ट्रपति […]

कम्बोडियासँगको सीमा विवादका कारण चार लाख थाई बासिन्दा विस्थापित : रक्षा मन्त्रालय

बैङ्कक, २४ मङ्सिर (रासस/सिन्ह्वा) ।  कम्बोडियासँग चलिरहेको सीमा विवादका कारण चार लाख भन्दा बढी थाई बासिन्दाहरूलाई आफ्नो आश्रय स्थल खाली गर्न बाध्य पारेको थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरासान्ट कोङ्सिरीले बुधबार बताए । थाइल्यान्डको आर्मी एरिया कमान्डले सामाजिक सञ्जाल मार्फत विज्ञप्ति जारी गर्दै बुधबार स्थानीय समय अनुसार विहान ५ः०० बजे देखि सुरु भएको  आक्रमण बुरिराम, सुरिन, […]