युरोपेली देशमा पुरुष अभाव :  महिलाहरूले ’एक घण्टाको पति’ भाडामा लिन थाले !

एजेन्सी, २४ मंसिर । युरोपेली देश लाटभियामा लिंग असन्तुलनले महिलाहरू घरका काममा सहयोगका लागि अस्थायी ’पतिहरू’ भाडामा लिन बाध्य छन् ।  युरोस्ट्याटका अनुसार देशमा पुरुषको तुलनामा महिलाहरू १५.५ प्रतिशत बढी छन्, जुन युरोपेली संघको औसतभन्दा तीन गुणा बढी हो । वर्ल्ड एटलसका अनुसार ६५ वर्ष र माथिका मानिसहरूमा महिलाहरू पुरुषको तुलनामा लगभग दोब्बर छन् । […]

आमाबुबा भएकै अधिकांश बालबालिका बालगृहमा 

मधु शाही/रासस  आमाको काख र बुबाको साथ । छोराछोेरीले महसुस गर्न सक्छन् । यही शब्द काभ्रेकी सविता विश्वकर्मालाई सोध्नुभयो भने उहाँले आमा र बुबा शब्द उच्चारण गर्न सक्नुहुन्छ तर त्यसको आत्मीय भाव महसुस गर्न सक्नुहुन्न । दुई वर्षको कलिलो उमेर, जतिबेला उहाँले तोतेबोलीले आमा र बा भन्न सिक्ने बेला थियो । त्यतिबेला नै सविताका आमाबुबाले […]

नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ 

सुर्खेत, २४ मङ्सिर ।  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले नागरिकको अपेक्षा र आवश्यकताअनुसार काम गर्ने बताएका छन्  । प्रदेश योजना आयोगद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘कर्णालीको विकासमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा अन्य प्रदेशको तुलनामा पछाडि रहेको कर्णाली प्रदेशलाई समृद्ध बनाउन पहिलो प्राथमिता दिएको जानकारी दिए । उनले भने, “नतिजा देखिने गरी  कर्मचारीले कार्यसम्पादन […]

सामाजिक सुरक्षा योजनामा सहभागी गराउन परिसङ्घले सहजीकरण गर्ने

काठमाडौँ, २४ मङ्सिर । नेपाल उद्योग परिसङ्घले आफ्ना सदस्य उद्योगलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउन सहजीकरण गर्ने भएको छ । उद्योगमा कार्यरत श्रमिकको सामाजिक सुरक्षालाई सुनिश्चित गर्ने उद्देश्यका साथ परिसङ्घ र सामाजिक सुरक्षा कोषबीच सोसम्बन्धी समझदारी भएको छ । समझदारीअनुसार परिसङ्घले उद्योग क्षेत्रमा सामाजिक सुरक्षाबारे जागरण बढाउने र श्रमिकलाई योजनामा आबद्ध गराउन प्रोत्साहन गर्ने भएको […]

मानव अधिकार रक्षक विधेयकलाई अगाडी बढाउँछौं : मन्त्री भण्डारी

सुर्खेत, २४ मंसिर । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णाली प्रदेशमा मानव अधिकार रक्षकहरुको सुरक्षा र संरक्षण सम्बन्धी विधेयकलाई पास गराउन भूमिका खेल्ने बताएका छन् । बुधबार ‘मानव अधिकार, हामी सबैको अपरिहार्य आधार’ भन्ने मूल नाराका साथ मनाइएको ७७ औं मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयको आयोजना  […]

अश्वपालक महिलालाई सीपमूलक तालिम 

बाँके, २४ मङ्सिर ।  ‘सीप सिकौँ, स्वरोजगार बनौँ’ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक महिलाका लागि तीन महिनाको सीपमूलक तालिम औपचारिक रूपमा सुरु गरिएको छ । पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा बाँकेको आयोजनामा तथा गोरखनाथ ट्रेनिङ सेन्टर प्रालिको प्रविधिक सहयोगमा सञ्चालन भइरहेको यो तालिमले घोडा, खच्चड, गधालगायतका अश्वजन्य पशुपालनमा संलग्न महिलालाई सिलाइ–कटाइ र बुनाइको […]

जेन–जी आन्दोलनका दोषीलाई कारबाही गर्न माग

सुर्खेत, २४ मंसिर ।  ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज सुर्खेतले भदौ २३ को दमनहत्या र २४ को विध्वंसका घटनामा संलग्न जिम्मेवारहरूलाई पहिचान गरी कारबाही गर्न माग गर्दै नागरिक संवाद कार्यक्रम सम्पन्न गरेको छ । सुर्खेत शाखा सभापति दीपक कुमार गौतमको सभापतित्वमा नेपाल पत्रकार महासंघ सुर्खेतको सभाहलमा बुधबार कार्यक्रम […]

चरम सङ्कट भएका वडामा खानेपानीको सुविधा 

दैलेख, २४ मङ्सिर ।  खानेपानीको चरम सङ्कट भएका भगवतीमाई गाउँपालिकाका विभिन्न तीन वडामा चार खानेपानी योजना सम्पन्न भएका छन् । यसबाट भगवतीमाई १, ३ र ४ वडामा ‘एकघर एक धारा’को सुबिधा पुगेको छ । ती वडाका करिव १९६ घरधुरीका एक हजार १८४ स्थानीयवासी लाभान्वित भएका छन् । ब्रिटिस रेडक्रस र स्वीस रेडक्रसको संयुक्त आर्थिक एवं […]

नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविर

रुकुम पश्चिम,२४ मंसिर । रुकुम पश्चिमस्थित नेपाली सेनाको चण्डीदल गणले त्रिवेणी गाउँपालिका –३ को झुल्नेटामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । बुधबार भएको शिविरबाट ३४८ सर्वसाधारणले सेवा पाएका छन् । शिविरबाट स्वास्थ्य परिक्षण, परामर्श सेवाका साथै निःशुल्क औषधि वितरण गरिएको नेपाली सेनाले जनाएको छ । चण्डीदल गणले श्री नं. १९ फिल्ड एम्बुलेन्स गुल्मको समन्वय […]

चार वर्षपछि ‘कभर्ड हल’ निर्माण थालियो 

कैलाली, २४ मङ्सिर । शिलान्यास भएको चार वर्षपछि टीकापुर नगरपालिकामा ‘इन्डोर गेम्स’ सञ्चालन गर्न  कभर्ड हल निर्माण प्रारम्भ भएको छ । स्थानीय वीरेन्द्र विद्या मन्दिरको  खेल मैदानमा रु दुई करोड ६४ लाख ५० हजारको लागतमा  कभर्ड हल निर्माण प्रारम्भ भएको हो । एक हजार दर्शक क्षमताको ६६ मिटर लामो, ३१ मिटर चौडा र ९.७५ मिटर […]

विश्वविद्यालयको जग्गाबाट आएन भाडा  

दाङ, २४ मङ्सिर ।  नेपाल संस्कृत विश्वविद्यालयको बेलझुण्डीस्थित जग्गाको भाडा प्राप्त हुन सकेको छैन । विश्वविद्यालयको ३३ बिघा ३१ कट्ठाभन्दा बढी जग्गा १० वर्षका लागि भाडामा सम्झौता भएको थियो । जुन तुलसीपुर १८ निवासी टेकबहादुर डाँगीले लिएका थिए । वि.सं. २०७१ साउन १ गतेदेखि बाख्रापालन गर्ने भनेर भाडामा लिएको उक्त जग्गाको सम्झौता  २०८१ असार ३० […]

जेन–जी आन्दोलनपछि  अनिश्चित छ कर्णालीको संसद

सुर्खेत, २४ मंसिर । जेन—जी नेतृत्वको आन्दोलनका क्रममा आगजनी र तोडफोडपछि कर्णाली प्रदेशसभा बैठक अनिश्चित बनेको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौं अधिवेशन गत साउन २१ गते अन्त्य भएको थियो । त्यसयता संसद बैठक बस्न सकेको छैन । जेनजी नेतृत्वको आन्दोलनका क्रममा आगजनी भएपछि कर्णाली प्रदेशसभाका २३ ब्लकमध्ये सभाहल, सचिवालय, बैठक हल, तीन वटा […]

सम्पादकीय : निजी क्षेत्रलाई उपेक्षा नगर !

कर्णाली प्रदेशमा पछिल्ला केही महिनादेखि निजी क्षेत्र र प्रदेश सरकारबीच दूरी बढ्दै गएको छ । रोजगारी सिर्जना, लगानी प्रवद्र्धन, पर्यटन विकासदेखि प्रदेशको समग्र आर्थिक गतिविधि चलायमान बनाउने मुख्य आधार निजी क्षेत्रलाई उपेक्षा गरिएको अनुभव व्यवसायीहरूले व्यक्त गरेका छन् । सरकारले सरकारी कार्यक्रम होटलमा नगर्ने, गर्न परे उच्चस्तरबाट सहमति लिनुपर्ने निर्णयले निजी क्षेत्र झनै दबाबमा परेको […]