टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट

दाङ, २४ मङ्सिर ।  नेपाल एयरलाइन्सले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलबाट उडान भर्दा असहाय, अपाङ्ग, बालबालिका, ज्येष्ठ नागरिकलाई भाडामा छुट दिने व्यवस्था गरेको छ । दाङबाट काठमाडौँसम्मको यात्रा गर्दा रु आठ हजार ७७५ भाडा रहेकामा त्यस्ता व्यक्तिलाई रु सात हजार ६४५ मात्रै भाडा लिने व्यवस्था गरिएको यहाँस्थित एयरलाइन्सका प्रमुख बलबहादुर सुनारले जानकारी दिए । उनका अनुसार […]

`पानी बोकेरै जवानी गयो´

कालिकोट, २३ मङ्सिर ।  देवारतोली गाउँको उत्तरतर्फको पुछारमा कञ्चन तिलानदी अविछिन्न बगिरहेको छ । तर करिब दुई किलोमिटर माथिको बस्तीका बारिकापाटा उजाड छन् । गाउँ आउन केही वर्ष अगाडि मात्र नदीमा झुलुङ्गे पुल बनेको थियो ।  यही पुल तरेर करिब २० मिनेट पश्चिमतर्फको समथर बाटो हिँडेपछि नाक नै  ठोकिने  भीर आइपुग्छ । भीरबाट तलतिर हेर्दा […]

सुर्खेत कांग्रेसले टुङ्गो लगायो  प्रतिनिधिसभा सदस्यका उम्मेदवार 

सुर्खेत, २४ मंसिर ।  आगामी २१ फागुनमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेस सुर्खेतले उम्मेदवारको टुङ्गो लगाएको छ । दुई निर्वाचन क्षेत्र रहेको सुर्खेतमा क्षेत्र नम्बर १ बाट एकल उम्मेदवार सिफारिस भएका छन् कांग्रेस उपसभापति पूर्णबहादुर खड्का । कर्णालीबाट केन्द्रीय राजनीतिमा प्रभुत्व जमाउने खड्कालाई कर्णाली कांग्रेसले एकल उम्मेदवार सिफारिस बनाएको हो । २०७९ मा […]

सुदूरपश्चिम महोत्सव सुरु

कैलाली, २४ मङ्सिर ।  सुदूरपश्चिम प्रदेशमा पर्यटन प्रवर्‌द्धन गर्ने उद्देश्यले आयोजना हुन्दै आएको ‘सुदूरपश्चिम महोत्सव’ सुरु भएको भएको छ । सुदूरपश्चिम महोत्सवको १९औँ संस्करण सोमबारदेखि कैलालीको धनगढीमा सञ्चालनमा आएको छ । कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा ‘पर्यटन, संस्कृति, उद्योग र व्यापारः समृद्ध सुदूरपश्चिमको आधार’ भन्ने मूल नाराका साथ उक्त महोत्सव सञ्चालनमा आएको हो ।  सङ्घका […]

प्रदेश सरकारसँग किन  रुष्ट छ कर्णालीको निजी क्षेत्र ?

ओम शाही  सुर्खेत, २४ मंसिर । कर्णाली प्रदेशको निजी क्षेत्र प्रदेश सरकारसँग रुष्ट बनिरहेको छ । रोजगारी सिर्जना र अर्थतन्त्रमा ठुलो मात्रामा योदान गर्दै आएको निजी क्षेत्रले कर्णाली सरकारका पछिल्ला गतिविधि मन पराएको छैन । केही समयअघि कर्णाली प्रदेश सरकारले सरकारी कार्यक्रमहरु होटलमा संचालन नगर्ने र गर्न परे मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट सहमति लिई गर्नुपर्ने […]

बालबालिकाले पक्की भवनको कक्षा कोठामा बसेर पढ्न पाउँदा… 

कालिकोट, २४ मङ्सिर ।  श्री जनता आधारभूत विद्यालयका बालबालिकाले बल्ल पक्की भवनका कक्षा कोठामा बसेर पढ्न पाउने भएका छन् । तिलागुफा नगरपालिका–१ चौरभिग्मस्थित सो विद्यालय भवनलाई विसं २०७२ वैशाख १२ गतेको विनाशकारी गोरखा भूकम्प एवं विसं २०७९ को वर्षाका कारणले केही क्षति पुर्‍याएको थियो । हालसम्म बालबालिका त्यही क्षतिग्रस्त भवनको कक्षा कोठामा पढ्न बाध्य थिए […]

सम्पादकीय : प्रशारण लाइन निर्माणमा बिलम्ब नगर ! 

बहुप्रतिक्षित कोहलपुर–सुर्खेत १३२ केभी प्रशारण आयोजना सम्पन्न हुन अझै एक महिना लाग्ने भएको छ । कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रशारण आयोजनाले गएको १४ भदौमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल समक्ष मंसिर मसान्तभित्र सुर्खेतको सुब्बाकुना सवस्टेशनमा विद्युत चार्ज गर्ने दावी गरेको थियो । तर, स्थानीयको पुनः अवरोध र कठिन भूगोलका कारण लक्ष्य अनुसार काम गर्न […]

‘दिवस होइन, व्यवहार बदलौँ’

गाेल्डेन बुढा  जुम्ला ,२३ मंसिर । “युवा संगै अघि बढौँ, भ्रष्टाचारविरुद्ध लडौँ” भन्ने नारा लिएर मंगलबार जुम्लामा ७७ औँ अन्तर्राष्ट्रिय भ्रष्टाचार विरोध दिवस उल्लेख्य सहभागिता सहित मनाइयो। राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश कार्यालयको आयोजनामा र जिल्ला प्रशासन कार्यालयको सहजीकरणमा सम्पन्न अन्तरक्रिया कार्यक्रम सुशासन, पारदर्शिता र सेवाप्रवाह सुधारबारे जीवन्त बहसमा केन्द्रित रह्यो।कार्यक्रममा चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय […]

विचार, निष्ठा र निरन्तरताका मानक– एमाले नेता सूर्य ढकाल पुनः केन्द्रीय सदस्यका दाबेदार

बाँके ,२३ मंसिर । अध्ययनशील, वैचारिक र सक्रिय नेतृत्वको पहिचान बनाइसकेका सूर्य ढकाल नेपाली बाम–राजनीतिमा इमानदारी, निरन्तरता र संगठनप्रतिको उच्च जिम्मेवारीका प्रतीक रूपमा स्थापित भइसकेका छन्। राजनीति ज्ञान, अध्ययन र दर्शनको जगमा मजबुत भएर मात्र सही दिशामा अघि बढ्न सकिन्छ भन्ने मान्यता बोकेका ढकाल विद्यार्थी जीवनदेखि नै संगठित, सिद्धान्तपरक तथा जनमुखी अभियानमा अबिरल रूपमा सक्रिय […]

कोहलपुर फायरिङ रेञ्जमा दुई दिन नेपाली सेनाको फायरिङ अभ्यास : स्थानीयलाई सतर्क रहन आग्रह

बाँके, २३ मंसिर । कोहलपुर नगरपालिका–२, कौशिलानगरस्थित फायरिङ रेञ्ज क्षेत्रमा दुई दिन नेपाली सेनाको फायरिङ अभ्यास सञ्चालन हुने भएको छ। इलाका प्रशासन कार्यालय कोहलपुरका शाखा अधिकृत अन्तिम सिंजालीद्वारा जारी सार्वजनिक सूचनामा मंसिर २४ र २५ गते फायरिङ अभ्यास हुने उल्लेख गरिएको छ। नेपाली सेना रणबम गण, बाँकेले पठाएको पत्र अनुसार, उक्त गणमा सञ्चालन भइरहेको सि.सं […]

व्यवसायीद्वारा कर्णाली सरकारलाई ११ बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण

कर्णाली,२३ मंसिर । संस्कृति, सभ्यता र प्राकृतिक सम्पदामा धनी तथा प्रचुर सम्भावना हुँदाहुँदै व्यवसायीलाई निराशा बनाएको र लगानीकर्तालाई आकर्षण गर्न नसकेको जनाउँदै यहाँका उद्योग व्यवसायीहरुले कर्णाली प्रदेश सरकारलाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । जल, जङ्गल, जमिन, जडीबुटी र रत्नपत्थरको खानी कर्णाली प्रदेशमा लगानी भित्र्याउने वातावरण बनाउन नसक्नु सरकारको कमजोरी रहेको भन्दै उद्योग व्यवसायीहरुले […]

कर्णालीमा सामाजिक सुरक्षा कोषको पहुँच कमजोर, कार्यालय स्थापना नहुँदा आबद्धता न्यून

सुर्खेत ,२३ मंसिर । कर्णाली प्रदेशमा सामाजिक सुरक्षा कोषको दायरा अन्य प्रदेशको तुलनामा निकै कमजोर देखिएको छ। मानव विकास सूचकाङ्कमा देशकै पुछारमा रहेको कर्णालीमा सामाजिक सुरक्षा विस्तार अत्यावश्यक हुँदाहुँदै पनि कोषमा आबद्ध हुने दर न्यून रहेको कोषकै तथ्याङ्कले देखाउँछ। संघीय सरकारले श्रमिकको हक सुनिश्चित गर्न सात वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा कोष स्थापना गरेको थियो। […]

भ्रष्टाचारविरुद्धको लडाइँ सबैको साझा जिम्मेवारीःमुख्यमन्त्री आचार्य

दाङ,२३ मंसिर । । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन र पारदर्शी समाज निर्माणका लागि सबैको संयुक्त प्रयास आवश्यक रहेको बताउनुभएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा मंगलबार एक शुभकामना सन्देशजारी गर्दै मुख्यमन्त्री आचार्यले सुशासनलाई मजबुत बनाउदै भ्रष्टाचारमुक्त समाज निर्माण गर्न सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभएको हो ।‘भ्रष्टाचार आर्थिक दुराचार मात्रै होइन । यसले […]