भिरबाछ लडेर नाबालककाे मृत्यु, आमा गम्भीर

गाेल्डेन बुढा जुम्ला,२४ मंसिर । जुम्लाको, सिंजा गाउँपालिका- २ मा दाउरा काट्ने क्रममा दुर्घटना हुँदा चार महिनाको नाबालकको मृत्यु भएको छ,भने आमाको अवस्था गम्भीर छ।जुम्लाका डिएसपी रविन बाबू रेग्मीका अनुसार, बुधबार बिहान करिब दुई घण्टा दूरीमा रहेको धोराचौर जंगलमा उर्जा वड (२४) आफ्ना चार महिनाका छोरा चन्द्रमल वडसहित भिरबाट लडेका थिए। दुर्घटनामा नाबालकको घटनास्थलमै मृत्यु […]

सिंजा क्षेत्र यातायात भाडा सुलभ गर्न: प्रशासनलाई ध्यानाकर्षण

गाेल्डेन बुढा जुम्ला ,२४ मंसिर । जुम्लाकाे सिंजा गाउँपालिकामा सार्वजनिक यातायातको भाडा यात्रुहरूको महंगो मारमा परेका छन् । सिंजा–नराकोट–जुम्ला सडकखण्डमा बस र साना गाडीले तोकिएको भन्दा बढी भाडा लिने अभ्यास स्थानीयहरूले आरोप लगाएका छन्।सिंजा–४ की सर्केनी रोकायाका अनुसार, उनी जुम्ला सदरमुकाम खलंगा आउँदा बसमा ६ सय रुपैयाँ तिर्न बाध्य हुन्छिन्। उनले भनिन्, “हामीले सोध्दा पनि […]

हिंसा र बेवास्ताले जुम्ला मानव अधिकार जोखिममा

गाेल्डेन बुढा जुम्ला,२४ मंसिर। ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान जुम्लामा सम्पन्न हुँदा जिल्लाको मानव अधिकार अवस्था ‘संवेदनशील’बाट ‘संकटग्रस्त’तर्फ धकेलिँदै गएको स्पष्ट संकेत सार्वजनिक भएको छ। अधिकारकर्मी, नागरिक समाज, स्थानीय अधिकारी र सुरक्षा निकायको उपस्थितिमा आयोजित कार्यक्रमले वर्षौंदेखि उस्तै देखिँदै आएको संरचनागत कमजोरी, पीडितमैत्री सेवा अभाव र न्यायप्राप्तिमा […]

सल्लिवजारका विभिन्न स्थानमा राखियो नाे-पार्किङ्ग बोर्ड

दुर्गा विसि सल्यान ,२४ मंसिर । सल्यान पश्चिममा रहेको व्यापारीक केन्द्र सल्लिवजारमा वजार व्यवस्थापन समितिले फेरि अर्को नमुना याेग्य काम गरेको छ ।वजारका विभिन्न क्षेत्रमा नाे पार्किङ बोर्ड राखेको छ ।नाे पार्किङ बोर्ड राखेर अव्यवस्थित सवारीसाधनकाे आवागमनलाई यसले सहजता थप्ने वजार व्यवस्थापन समितिका अध्यक्ष इश्वर वुढाकाे भनाइ रहेको छ ।वजारमा अव्यवस्थित तवरले पार्किङ गर्ने सवारीसाधन […]

नेपाल जनस्वास्थ्य संघ लुम्विनीले मनायो स्थापना दिवस

बाँके ,२४  मंसिर । नेपाल जनस्वास्थ्य संघले आफ्नो स्थापना दिवस मनाएको छ । जनस्वास्थ्य संघ लुम्विनी प्रदेशले नेपालगन्जमा एक कार्यक्रमका बीच दिवस मनाएको संघका अध्यक्ष सरोज रिमालले जानकारी दिनुभयो। एक पालिका एक जनस्वास्थ्य अधिकृत, आजको लगानी भोलिको आधार भन्ने नाराका साथ दिवस मनाइएको उहाँले बताउनुभयो। कार्यक्रममा सहभागी संघका केन्द्रीय सदस्य श्रीकृष्ण वस्नेतले नेपालको स्थानीय शासन […]

एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

काठमाडौँ,२४ मंसिर । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् । काठमाडौँ तेस्रो र लुम्बिनी चौथो स्थानमा छ । लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले हराएको थियो । आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भोलि खेल्नेछ । विराटनगर पहिलो […]

पाकिस्तानका लागि आईएमएफबाट थप १.२ अर्ब डलर ऋण स्वीकृत

इस्लामाबाद, पाकिस्तान, २४ मङ्सिर (रासस/एएफपी) । पाकिस्तानले मङ्गलबार अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट आफ्नो आर्थिक पुनरुत्थान र सुधार कार्यक्रमलाई सहयोग गर्न थप १.२ अर्ब डलर ऋण जारी भएको बताएको छ । ऋण सहयोगलाई दुई वर्षको वित्तीय सङ्कटपछि गरिएको ‘कडा मेहनत’ को प्रमाणको रूपमा वर्णन गरिएको छ । आइएमएफले सोमबार वाशिङ्गटनमा बसेको बैठकमा उक्त रकम स्वीकृत […]

दक्षिण कोरियाका राष्ट्रपति ऐतिहासिक ‘ब्लू हाउस’मा फर्कने प्रक्रिया सुरु

सियोल, २४ मङ्सिर (रासस/एएफपी) ।  दक्षिण कोरियाका राष्ट्रपति ली जाई म्युङ र उहाँको टोलीले सियोलस्थित ऐतिहासिक ब्लू हाउसबाट पुनः राष्ट्रपतिको दैनिक कामकारबाही सञ्चालन गर्ने भएको छ। यसका लागि सरकारले राष्ट्रपतिको कार्यालयसँग समन्वय गरी प्रक्रिया सुरु गरेको छ। “उहाँका पूर्ववर्ती युन सुक योलले भवनलाई ‘साम्राज्यवादी’ अवशेष भएको भन्दै कार्यालयलाई अन्यत्र सारी त्यहीँबाट राष्ट्रपतिको रूपमा सेवामा सरिक […]

सन् २०२५ रेकर्डमा दोस्रो सबैभन्दा तातो वर्ष बन्ने बाटोमाः अध्ययन 

पेरिस, २४ मङ्सिर (रासस/एएफपी) ।  सन् २०२५ मा पृथ्वी दोस्रो सबैभन्दा तातो वर्षको रूपमा रेकर्ड हुने देखिएको युरोपको वैश्विक तापमान अनुगमन निकायले मङ्गलबार जनाएको छ।   यो बर्षको तापमान सन् २०२३ सँग बराबरी हुने बाटोमा रहेको उक्त संस्थाले जनाएको हो । सन् २०२४ मा विश्वको तापक्रम पृथ्वीको तपक्रम रेकर्ड गर्न थालिएपछि पहिलो पटक उच्च विन्दुमा पुगेको […]

चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड

बेइजिङ, २४ मङ्सिर (रासस/एएफपी) ।  चीनले राज्यनियन्त्रित सम्पत्ति व्यवस्थापन कम्पनीका पूर्व कार्यकारीलाई भ्रष्टाचारको आरोपमा मङ्गलबार मृत्युदण्ड दिएको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् । चिनियाँ हुआरोङ इन्टरनेसनल होल्डिङ्स (सिएचएच) की पूर्व महाप्रबन्धक बाई तियानहुईलाई सन् २०१४ देखि सन् २०१८ को बीचमा परियोजनाहरूको अधिग्रहण र वित्तपोषणमा अनुकूल व्यवहार गर्ने क्रममा १५६ मिलियन डलरभन्दा बढी रकम स्वीकार गरेको […]

कृषि उपज बिक्री केन्द्रले किसान र उपभोक्तालाई सहज

दाङ, २४ मङ्सिर ।  घोराही उपमहानगरपालिका–१५ अमृतटोलस्थित कृषि उपज बिक्री केन्द्र सञ्चालनमा ल्याएपछि कृषकाई उत्पादन बिक्री गर्न सहज भएको छ । केन्द्र सञ्चालनमा आएपछि बजारीकरणमा निकै सहज भएको किसानको भनाइ । उपभोक्ताले पनि सस्तो मूल्यमा कृषिजन्य उपज उपभोग गर्न पाएको बताएका छन् । जिल्लाका किसानले विगतमा आफ्नै हिसाबले, तरकारी, फलफूललगायत बेच्ने गरे पनि अहिले कृषि […]

जुम्लामा कृषि जैविक विविधतासम्बन्धी प्रदर्शनी मेला हुँदै

जुम्ला, २४ मङ्सिर ।  जिल्ला सदरमुकाम खलङ्गा बजारमा कृषि जैविक विविधता तथा खाद्य परिकार प्रदर्शनी मेला लाग्ने भएको छ । यहाँको चन्दननाथ नगरपालिका कृषि शाखाको आयोजनामा तथा कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जाको सहयोगमा यही मङ्सिर २७ गते कृषि जैविक विविधता तथा खाद्यपरिकार प्रदर्शनी मेला सञ्चालन हुने भएको हो । चन्दननाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय […]

शुक्लाफाँटामा पाँचवर्षे शिक्षा योजना तर्जुमा गरिँदै 

कञ्चनपुर, २४ मङ्सिर ।  शुक्लाफाँटा नगरपालिकाले शिक्षा क्षेत्रको समग्र सुधार र दीर्घकालीन विकास गर्ने लक्ष्यलाई अघि सार्दै पाँचवर्षे शिक्षा योजना तर्जुमा प्रक्रिया अगाडी बढाएको छ ।  नगर शिक्षा समितिको बैठकले विस्तृत अध्ययन, समीक्षा र स्थानीय आवश्यकता पहिचान गर्दै रणनीतिक योजना तयार गर्ने उद्देश्यसहित तर्जुमा समिति गठन गरेको हो । नगरपालिकाको सामाजिक विकास समितिका संयोजक रमेशबहादुर […]