‘दिवस होइन, व्यवहार बदलौँ’

गाेल्डेन बुढा
 जुम्ला ,२३ मंसिर ।
“युवा संगै अघि बढौँ, भ्रष्टाचारविरुद्ध लडौँ” भन्ने नारा लिएर मंगलबार जुम्लामा ७७ औँ अन्तर्राष्ट्रिय भ्रष्टाचार विरोध दिवस उल्लेख्य सहभागिता सहित मनाइयो। राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश कार्यालयको आयोजनामा र जिल्ला प्रशासन कार्यालयको सहजीकरणमा सम्पन्न अन्तरक्रिया कार्यक्रम सुशासन, पारदर्शिता र सेवाप्रवाह सुधारबारे जीवन्त बहसमा केन्द्रित रह्यो।कार्यक्रममा चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापाले भ्रष्टाचारविरुद्ध लडाइलाई केवल ‘दिवस मनाउने’ औपचारिकतामा सीमित नराख्न चेतावनी दिए। “भ्रष्टाचार गर्न पनि हुँदैन, गर्न दिन पनि हुँदैन,” उनले दृढतासाथ भने, “राजनीतिक पूर्वाग्रह र कमजोर प्रशासनिक अभ्यासले स्थानीय सेवा प्रवाह प्रभावित भएका छन्। युवाको सक्रियताविना सुधार सम्भव छैन।”यस्तै राष्ट्रिय मानवअधिकार आयोग जुम्लाकी प्रमुख कल्पना नेपाल (आचार्य)ले ग्रामीण भेगका नागरिक अझै पनि अधिकारका मुद्दामा बोल्न नडर्ने प्रवृत्ति गहिरिँदै गएको तथ्य उजागर गरिन्।

उनले, “शक्ति दुरुपयोग, अनावश्यक उपहारप्रति आकर्षण र ‘साना’ गलत अभ्यासहरू पनि भ्रष्टाचारकै स्वरूप हुन्।” उनले राज्यका सबै संरचनामा पारदर्शिता, समान पहुँच र कार्यदक्षता सुनिश्चित गर्न आग्रह गरिन्।यता सहायक जिल्ला न्यायाधिवक्ता हिरालाल भोलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्थासहित भ्रष्टाचारसम्बन्धी सजायका प्रावधानबारे प्रशिक्षण दिए। “कार्यालय प्रमुखदेखि सर्वसाधारण कर्मचारीसम्म सबैजना उत्तरदायी र सक्षम नबनेसम्म भ्रष्टाचार नियन्त्रण कठीन छ,” उनले भने। मिडियाको निगरानी भूमिका ‘लोकतान्त्रिक आत्मा’ जस्तै हुने उनको भनाइ थियो।चन्दननाथ नगरपालिका कार्यवाहक मेयर रबि थापाले अख्तियारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै “अख्तियार अब ‘कमाइ खाने भाँडो’ जस्तै देखिन थाल्यो” भन्दै स्थानीय योजना प्रक्रियामा देखिने अवरोधतर्फ संकेत गरे। नेकपा एमाले नेता आदिप्रसाद न्यौपानेले प्रशासनिक सेवा कमजोर हुँदै गएको र केही पत्रकार ठेकेदारको भूमिकाजस्तै देखिन थालेको आरोप लगाए। तर पत्रकार महासङ्घका पूर्वअध्यक्ष नेत्रबहादुर शाहीले सबै सञ्चारकर्मीलाई एउटै आँखाले नहेर्न आग्रह गर्दै मिडियाले अझ जिम्मेवार रूपमा भूमिका निर्वाह गरिरहेकाले निरन्तरता आवश्यक रहेको बताए।

प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले समाजमै फैलिएको ‘अवैध कमाइलाई सफलता ठान्ने’ प्रवृत्तिलाई मूल चुनौतीका रूपमा प्रस्तुत गरे। “कुनै कर्मचारीले केही वर्षमै अनियमित कमाइ गरेर घर बनायो,भने समाजले ‘कति चलाख रहेछ’ भनेर प्रशंसा गर्छ,यही मानसिकता बदलेन भने सुशासन बोलाएर मात्र आउँदैन,” उनले सचेत गराए।यस्तै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले पछिल्ला वर्षहरूमा भ्रष्टाचारको शैली ‘रणनीतिमूलक र अदृश्य’ हुँदै गएको उल्लेख गर्दै भाषणभन्दा व्यवहार परिवर्तन नै निर्णायक हुने बताए।कार्यक्रममा सहभागी सरोकारवालाहरूले भ्रष्टाचार विरोध दिवसले नागरिकमा सुशासनप्रति नयाँ चेतना, प्रेसर र आत्मअनुशासन ब्यूँझाउने विश्वास व्यक्त गरे।

‘दिवस होइन, व्यवहार बदलौँ’

विचार, निष्ठा र निरन्तरताका मानक– एमाले नेता

‘दिवस होइन, व्यवहार बदलौँ’

सम्पादकीय : प्रशारण लाइन निर्माणमा बिलम्ब नगर

Leave a comment

Your email address will not be published. Required fields are marked *