थाइल्याण्डमा संसद् विघटन, आगामी आम निर्वाचनको मार्ग प्रशस्त

बैङ्कक, २७ मङ्सिर (रासस/एएफपी) ।  थाइल्याण्डका प्रधानमन्त्री अनुटिन चार्नवीराकुलले शुक्रबार संसद् विघटन गरेर आगामी वर्ष प्रारम्भमा हुने आम निर्वाचनको मार्ग प्रशस्त गर्नुभएको छ । उक्त कदम छिमेकी क्याम्बोडियासँग जारी सीमा विवादको बीचमा जनताको सुरक्षालाई ध्यानमा राख्दै लिइएको निर्णय हो । सरकारी राजपत्रमा प्रकाशित सूचनामा सरकारले विभिन्न चुनौतीहरूको सामना गरिरहेको र स्थिर तथा प्रभावकारी रूपमा प्रशासन […]

चीनको अन्तरिक्ष योजनाः नयाँ उपग्रह समूहले इन्टरनेट सेवा सुदृढ पार्ने

वेनचाङ, हेनान, २७ मङ्सिर (रासस/सिन्ह्वा) ।  चीनले हेनान प्रान्तको वेनचाङमा रहेको व्यावसायिक प्रक्षेपण केन्द्रबाट लङ मार्च–१२ रकेटमार्फत नयाँ इन्टरनेट उपग्रह समूह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ । बिहान ७ बजे प्रक्षेपण भएको यस रकेटले तल्लो–कक्षमा सञ्चालन हुने उपग्रहहरूको १६औँ समूह बोकेको थियो । प्रक्षेपणपछि सबै उपग्रहहरू तोकिएको कक्षामा सुरक्षित रूपमा प्रवेश गरेका छन् । यी उपग्रहहरूको […]

अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत

बर्लिन, २७ मङ्सिर (रासस/सिन्ह्वा) ।  अमेरिकी आयात शुल्कमा भएको उल्लेखनीय वृद्धि कारण जर्मनीको अर्थतन्त्रमा अपेक्षाभन्दा धेरै ठूलो नकारात्मक प्रभाव परेको छ । प्रमुख आर्थिक अनुसन्धान संस्थानहरूले बिहीबार जारी गरेका नवीनतम मूल्याङ्कनअनुसार, जर्मनीको अर्थतन्त्र सन् २०२५ मा ०.१ प्रतिशत मात्र वृद्धि हुने अनुमान गरिएको छ—यो अघिल्लो पूर्वानुमानभन्दा ०.१ प्रतिशत अङ्कले कम हो । इकोनोमिक फोरकास्ट–विन्टर (आईएफओ) […]

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता,२७ मङ्सिर (रासस/सिन्ह्वा) ।  इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिजेल कार्यक्रमलाई तीव्रगतिमा विस्तार गर्दैछ र घरेलु तेल प्रशोधन क्षमतामा वृद्धि गरिरहेको छ, जसले विदेशी इन्धनमा निर्भरता कम गर्नेछ । देशभर लागू गरिने नयाँ ‘बी–५० बायोडिजेल’ मिश्रण यस योजनाको मुख्य आधार […]

यूएई र ईयूबीच रणनीतिक साझेदारीः हरित र कृत्रिम बुद्धिमत्ता क्षेत्रमा सहयोगमा जोड

अबु धाबी, २७ मङ्सिर (रासस/सिन्ह्वा) ।  संयुक्त अरब इमिरेट्स (यूएई) र युरोपेली सङ्घ (ईयू)ले बिहीबार रणनीतिक साझेदारी सम्झौताको लागि औपचारिक वार्ता सुरु गरेको घोषणा गरेका छन् । अबु धाबीमा संयुक्त पत्रकार सम्मेलनमा यूएई परराष्ट्र मन्त्रालयका राज्यमन्त्री लाना जाकी नुसैबाह र भूमध्यसागर क्षेत्रका लागि भ्रमणमा आएका ईयू कमिसनर डुब्राव्का सुइकाले यस कदमको घोषणा गरे । नुसैबाहले […]

फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति

दाङ, २७ मङ्सिर ।  यहाँको राप्ती गाउँपालिका–२ पुन्यपुरमा रहेको फोहर व्यवस्थापन तथा स्रोत केन्द्रमा भएको आगलागीका कारण रु ६७ लाख मूल्य बराबरकोे क्षति भएको छ । शुक्रबार बिहान भएको आगालागीका कारण एउटा ट्रस्ट भवनसहित ठूलासाना मेसिन र टायल तथा इन्टरलक जलेर नष्ट हुँदा रु ६७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा […]

अवध क्षेत्रको बाँकेमा मिथिलावासी

नेपालगञ्ज, २६ मङ्सिर ।  लुम्बिनी प्रदेशको बाँके जिल्ला अवधवासीको बाहुल्य क्षेत्र मानिन्छ, तर यहाँ मिथिलावासीको पनि उल्लेख्य बसोबास छ भनेर धेरै थाहा छैन । हिजोआज होइन, नेपालगञ्ज आसपासका क्षेत्रमा एक सय ५० वर्षदेखि मिथिलावासीको बसोबास छ । आफ्‌ना संस्कृति र रहनसहनलाई संरक्षण गर्दै मिथिलावासी यहाँ बसोबास गर्दै आएका छन् । यो सङ्ख्या निरन्तर बढ्दै गएको […]

सुदूरपश्चिममा विकराल बन्दै लागुऔषधको कारोबार

महेन्द्रनगर, २७ मङ्सिर ।  सुदूरपश्चिम प्रदेशमा लागुऔषधको दुर्व्यसन तथा अवैध कारोबार दिनप्रतिदिन बढ्दै गएको देखिएको छ । खुला सीमाका कारण पछिल्लो समय कैलाली र कञ्चनपुर लागुऔषध समस्याबाट सबैभन्दा बढी प्रताडित छ । सुदूरका सात पहाडी जिल्ला पनि त्यसबाट अछुतो रहन सकेका छैनन् । प्रायः दैनिकजसो लागुऔषधसहित पक्राउपर्नेक्रम निरन्तर छ भने यहाँ सबैभन्दा बढी कारागारमा लागुऔषध […]

सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत

कैलाली, २७ मङ्सिर ।  सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेडक्वाटर कैलालीले दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास कार्यक्रम गरेको छ । नेपाली सेना र नेपाल प्रहरीको सहकार्यमा शुक्रबार धनगढीमा सडक दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास कार्यक्रम गरिएको हो । उद्धार अभ्यासमा दुर्घटनापछि जनधनको क्षति न्यूनीकरणका लागि गरिने नमुना उद्धार अभ्यास प्रस्तुत गरिएको थियो । […]

नेपालगञ्जका टुर्स एण्ड ट्राभल्स इजाजतबिना सञ्चालन

बाँके, २७ मङ्सिर । नेपालगञ्जका अधिकांश टुर्स एण्ड ट्राभल्सहरू इजाजतबिना सञ्चालन भएको पाइएको छ । पर्यटन डिभिजन कार्यालय कोहलपुरले शुक्रबार नेपालगञ्जमा गरेको अनुगमनका क्रममा यहाँका सातवटा टुर्स एण्ड ट्राभल्सहरू त्यसरी सञ्चालन भएको पाइएको हो । खासगरी नेपालगञ्ज क्षेत्रका १५ वटा टुर्स एण्ड ट्राभल्समा अनुगमन गर्दा  केदारनाथ टुर्स एण्ड ट्राभल्स, बद्रीनाथ टुर्स एण्ड ट्राभल्स, दुर्गेश्वरी ट्राभल्स […]

जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग

जुम्ला, २७ मङ्सिर ।  यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता भएका छन् । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अनुसार गत आर्थिक वर्षदेखि हालसम्म विभिन्न प्रकृतिका पाँच हजार २८६ उद्योग दर्ता भएका छन् । तीमध्ये ८२५ उद्योग खारेज भएका छन् । कार्यालय प्रमुख मन्दिरनाथ योगीले दर्ता खारेज भएका उद्योगबाहेक हालसम्म यहाँ चार […]

जडीबुटीमा किसानलाई आकर्षित गर्दै प्रशोधन केन्द्र

कैलाली, २७ मङ्सिर ।  कैलालीको टीकापुरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रले किसानहरूलाई मेन्थाखेतीमा आकर्षित गर्दै आएको छ । मेन्थालगायतका जडीबुटीको बेर्ना सस्तोमा उपलब्ध गराउनुका साथै निःशुल्क प्रशोधनसहित उत्पादन भएको तेल खरिद गरेर किसानलाई मेन्थाखेतीमा आकर्षित गर्दै आएको हो । उत्पादन भएको मेन्था निःशुल्क प्रशोधन गर्दै खरिदको काम पनि केन्द्रले गर्दै आएको छ । बर्सेनि मेन्थाखेती […]

बाँकेमा खाद्य व्यवस्था कम्पनीद्वारा १५ हजार क्विन्टल धान खरिद

बाँके, २६ मंसिर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले कात्तिक २३ गतेदेखि सुरु गरेको धान खरिद कार्यक्रमअन्तर्गत हालसम्म बाँकेका किसानसँग करिब १५ हजार क्विन्टल धान खरिद गरेको छ । कम्पनीका सूचना अधिकारी शिवराज घिमिरेका अनुसार अहिलेसम्म कुल १४ हजार ९३२.२० क्विन्टल धान खरिद भएको छ । कम्पनीले जिल्लाका ३९७ किसानबाट ९ हजार ९३२.५० […]