स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ

नेपालगञ्ज, २९ मङ्सिर ।  प्रहरीले नेपालगञ्जमा स्रोत नखुलेको भारु तीन लाख ७२ हजार ७०० र रु एक लाखसहित एक जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–११ त्रिभुवन चोकबाट भारु ५०० का ६४५ थान, भारु १०० का ५०२ थान र १००० नेपालीका १० थानसहित सुनिलकुमार बानियाँलाई पक्राउ गरी राजस्व अनुसन्धान कार्यालय, कोहलपुरमा आज बुझाउन लागिएको जिल्ला […]

नेपालगञ्जमा शीतलहर पूर्वतयारी तीव्र ४२ हजारभन्दा बढी प्रभावित हुने अनुमान

बाँके, २९ मंसिर ।  अत्याधिक चिसो बढ्दै जान थालेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा शीतलहरको सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वतयारी तीव्र पारिएको छ । नेपालगञ्ज शीतलहरको उच्च जोखिममा पर्ने क्षेत्रका रूपमा चिनिँदै आएको छ । यस वर्षको पूर्वानुमान अनुसार नेपालगञ्ज उपमहानगरपालिकाभित्र ८ हजार ५ सय २४ परिवारका करिब ४२ हजार ६ सय २० जना नागरिक शीतलहरबाट प्रत्यक्ष […]

एमालेको ११ औं महाधिवेशन पहिलो पटक पदाधिकारीको उम्मेदवारमा कर्णालीको डेब्यू

ओम शाही सुर्खेत, २९ मंसिर । नेकपा एमालेको पार्टी इतिहासमा पहिलो पटक कर्णाली प्रदेशले पदाधिकारीको उम्मेदवार पाएको छ । शनिबारबाट जारी नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा कर्णालीले पदाधिकारीमा उम्मेदवारी दिन पाएको हो । २०७८मा सम्पन्न १०औं महाधिवेशनसम्म आइपुग्दा योग्य नेता हुँदाहुँदै पनि कर्णालीले आफ्‌नो प्रतिनिधित्व स्थायी र केन्द्रीय सदस्यमै चित्त बुझाउन बाध्य थियो ।  जारी […]

सम्पादकीय : निर्वाचनको वातावरण बनाऊ !

२३–२४ भदौको जेन–जी आन्दोलपछि गठित पूर्वप्रधानन्यायधीस सुशीला कार्की नेतृत्वको अन्तरिमक सरकारले घोषणा गरेको प्रतिनिधिसभाको निर्वाचन आउन ८१ दिन बाँकी छन् । २३ भदौमा जेन–जी समूहमाथि सरकारले अत्याधिक बल प्रयोग गरेपछि सोही दिन १९ जनाले युवाहरुले ज्यान गुमाएका थिए । त्यसको विरोधमा भोलिपल्ट (२४ भदौ)मा सडक संघर्षमा उत्रिएका जेन–जी समूहले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर […]

युद्धले अपाङ्ग बनायो, सुई र धागोले जीवन उभ्यायो

गाेल्डेन बुढा जुम्ला,२९ मंसिर। माेतिलाल राेकाया पोखरी गाउँको उकालो बाटोमा बिस्तारै हिँड्छन्। दायाँ खुट्टाले पूरा साथ दिँदैन। कहिले लठ्ठी, कहिले पर्खालको सहारामा उनी घरतिर लाग्छन्। यही शरीरले कहिल्यै बन्दुक बोकेको थियो, आज भने सुई–धागो समाउँछ।जुम्लाको तिला गाउँपालिका–७ पोखरी जिल्लाकै विकट बस्ती हो। यहीँ जन्मिएका माेतिलाल बाल्यकालमै अभाव चिने। “हुँदा खाने परिवार थिएन,” उनी भन्छन्, “गाउँमा […]

घरदैलोमै स्वास्थ्य सेवा : नरैनापुरको सामुदायिक अभियानले बढायो नागरिकको भरोसा

बाँके ।बाँकेको नरैनापुर गाउँपालिकाले नागरिकको स्वास्थ्य अवस्था सुदृढ बनाउने र नसर्ने रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित सञ्चालन गरेको सामुदायिक स्वास्थ्य तथा घरदैलो कार्यक्रम प्रभावकारी बन्दै गएको छ। गाउँपालिकाले सुरु गरेको यो अभियानले स्वास्थ्य सेवा नागरिकको घरआँगनसम्म पु¥याउँदै स्वास्थ्यप्रति सचेतनाको स्तर बढाउन महत्वपूर्ण भूमिका खेलेको छ। गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहका अनुसार, समयमै स्वास्थ्यसम्बन्धी जानकारी […]

नेपाली कांग्रेस जुम्लाद्वारा प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभाका उम्मेदवार सिफारिस

गाेल्डेन बुढा जुम्ला,२९ मंसिर। नेपाली कांग्रेस जुम्लाले आगामीफागुन २१ गते हुने निर्वाचनका लागि प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रिय सभातर्फका उम्मेदवारहरू सिफारिस गरेको छ।प्रत्यक्षतर्फ नेपाली कांग्रेस जुम्लाका सभापति कर्ण बहादुर शाही, निर्वतमान सांसद कान्तिका सेजुवाल, पूर्ण प्रसाद आचार्य र खड्ग बहादुर सेजुवाललाई सिफारिस गरिएको छ। पार्टी प्रवक्ता मेघराज गिरीका अनुसारआकाङ्क्षीहरूबिच छलफल गर्दा पनि टुङ्गो नलागेपछि सबै नाम […]

घुयँत्राे :फागुन २१ को चुनाव कि ‘गगन थापा खोजी अभियान’ ? जिल्लाजिल्लामा एउटै नाम, मतपत्र अलमलमा

हैन याे फागुन २१ काे हुने चुनाब हाे कि नहुने ! मलाई त शंकै लाग्न थाल्याे है अब त ! याे चुनाबाँ जुनसुकै जिल्लाट नि गगन थापालाईनै उमेदवार भनेर लेखेर पठाछन रे नि त । हैन याे जाेक गर्या हाे कि साँच्चै हाे । पैला राेल्पाकाे मात्रै कुरा गर्थे हाेला तनि उनकाे पैलाकाे निर्वाचन क्षेत्र […]

जुम्लामा यस वर्ष १७ हजार ५ सय ५८ मेट्रिक टन स्याउ उत्पादन

गाेल्डेन बुढा जुम्ला,२९ मंसिर । स्याउको राजधानी भनेर चिनिने जुम्लामा पछिल्ला दुई वर्षयता स्याउ उत्पादन र निर्यात दुवै घटेको छ । खेतीको क्षेत्रफल र कृषकको संलग्नता बढे पनि मौसमजन्य क्षति र उत्पादकत्व घट्दा आम्दानीमा गिरावट आएको कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कले देखाउँछ ।कार्यालयका अनुसार चालु आर्थिक वर्ष जुम्लामा १७ हजार ५ सय ५८.७५ मेट्रिक टन […]

लोकसंस्कृति जोगाउन ‘थारू कला प्रदर्शनी घर’

कैलाली, २९ मंसिर । सुदूरपश्चिममा एउटा उत्सवकै रूपमा विकास भइसकेको ‘सुदूरपश्चिम महोत्सव’को १९औँ संस्करण धनगढीमा जारी छ । कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि, उद्योग, व्यापार विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवर्‌द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना हुँदै आएको छ । सोही महोत्सवस्थलमा थारू समुदायको लोकसंस्कृति, वेशभूषा, भाषा, परम्परा झल्कने थारू […]

विद्यालयलाई डेक्स र बेन्च सहयोग

कञ्चनपुर, २९ मंसिर ।  जिल्लाको शुक्लाफाँटा नगरपालिका–९ सिसैयास्थित असिग्राम माध्यमिक विद्यालयलाई ‘डेस्क–बेन्च’ सहयोग गरिएको छ । कम्युनिटी सर्भिस नेपाल ललितपुरले विद्यालयलाई रु तीन लाख २० हजार बराबरका सहयोग प्राप्त भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशबहादुर ऐरले बताए । विद्यार्थी सङ्ख्या बढ्दै गएसँगै ‘डेस्क बेन्च’को अभाव देखिएपछि संस्थासँग सहयोगका लागि अनुरोध गरिएकामा सहयोग उपलब्ध भएको र […]

सात वर्षसम्म पनि  बनेनन् मुक्त हलियाका आवास

कञ्चनपुर, २९ मंसिर । शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा मुक्त हलिया परिवारको पुनःस्थापनाका लागि जग्गा खरिद गरिएको सात वर्ष बितिसक्दा पनि सुरक्षित आवास निर्माण हुन सकेको छैन । मुक्त हलिया परिवारलाई सात धुरका दरले जग्गा उपलब्ध गराई जग्गाधनी पुर्जा (लालपुर्जा)समेत वितरण गरिएको भए पनि घर निर्माणका लागि आवश्यक सरकारी मापदण्डअनुसार जग्गा खण्डीकरण नगरिँदा पुनःस्थापनाको काम अघि बढ्न […]

प्रतिनिधिसभा निर्वाचनको काउन्टडाउन चुनावी गतिविधिमा जुटे राजनीतिक दल 

ओम शाही सुर्खेत, २९ मंसिर । २३–२४ भदौको जेन–जी आन्दोलपछि गठित पूर्वप्रधानन्यायधीस सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधिसभाको निर्वाचन आउन ८१ दिन बाँकी छन् । २३ भदौमा जेन–जी समूहमाथी सरकारले अत्याधिक बल प्रयोग गरेपछि सोही दिन १९ जनाले युवाहरुले ज्यान गुमाएका थिए । त्यसको विरोधमा भोलिपल्ट (२४ भदौ)मा सडक संघर्षमा उत्रिएका जेन–जी समूहले […]