सम्पादकीय : सहमति र सहकार्यको बाटो रोज !
नेपालको कम्यूनिष्ट आन्दोलनको ठुलो शक्ति नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन जारी छ । पाँच वर्षे कार्यकाल पूरा हुन एक वर्ष बाँकी रहँदै महाधिवेशन आयोजना हुनु आफैंमा असामान्य परिस्थिति र तीव्र राजनीतिक उतार–चढावको संकेत हो । २३–२४ भदौको जेन–जी आन्दोलनपछिको घटनाक्रमले देशलाई अस्थिर बनाएको सन्दर्भमा एमालेले महाधिवेशनलाई राजनीतिक सन्देश दिने मञ्चका रूपमा प्रयोग गरेको […]



