कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिस : गुटगत प्रतिस्पर्धा सतहमै, संगठनात्मक संकट भित्रभित्रै

गाेल्डेन बुढा जुम्ला,२ पुस। प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दा कर्णाली प्रदेशका दुई जिल्लामा विवाद देखिएको छ। प्रदेशका कालीकोट र रुकुमपश्चिममा विवाद देखिएको हो। कालीकोटबाट दुई भिन्नभिन्न सूची सिफारिस गरिएको छ।भने रुकुमपश्चिममा असन्तुष्टि चुलिएको नेताहरूले बताएका छन्।जुम्ला नेपाली काङ्ग्रेस जुम्लाले प्रतिनिधिसभा प्रत्यक्षतर्फ कर्ण बहादुर शाही, निवर्तमान सांसद कान्तिका सेजुवाल, पूर्णप्रसाद आचार्य र […]

कोहलपुरमा पुस्तक विमोचन तथा स्रष्टा संवाद

बाँके ,२ पुस। कोहलपुरमा एक समारोहबिच कवि रवि गिरीको कविता सङ्ग्रह ‘शान्तिको खोज’ विमोचन गरिएको छ । पुस्तक हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले प्रकाशन गरेको हो ।सो कृति प्रमुख अतिथि मदन पुरस्कार विजेता स्रष्टा युवराज नयाँघरे, पूर्णिमाका अध्यक्ष डा. पुष्कर रिजाल, प्राज्ञ द्वय महानन्द ढकाल र शशिराम कार्कीले संयुक्त रूपमा विमोचन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै […]

जुम्लामा दुई महिलाको झुण्डिएको अवस्थामा मृत्यु

गाेल्डेन बुढा जुम्ला,१ पुस। जुम्लामा मंगलबार दुई अलग–अलग स्थानमा दुई महिलाको झुण्डिएको अवस्थामा मृत्यु फेला परेको छ। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।तातोपानी गाउँपालिका–२ जर्मीमा १४ वर्षीया किशोरी आफ्नै घरको कोठाभित्र झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन्। जिल्ला प्रहरी कार्यालयका अनुसार जर्मीका वमबहादुर रावलकी छोरी पुष्पा रावल (१४) काठको कडिमा रातो दोपट्टाको पासो लगाई झुण्डिएको अवस्थामा […]

भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते

नयाँदिल्ली, १ पुस (रासस/सिन्ह्वा)। उत्तरी भारतको एक्सप्रेसवेमा मङ्गलबार बाक्लो कुहिरोको बीचमा सातवटा बसहरू एकअर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै ५० जना भन्दा बढी घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै सिन्हुवाले जनाएको छ । प्रहरीका अनुसार मथुरा जिल्लाको दिल्ली–आगरा एक्सप्रेसवेमा बसहरुकोे ठक्करको कारणले उनीहरुको  ज्यान गएको जनाउदै घटनाको पुष्टि गरेको छ । […]

श्रीलङ्कामा चक्रवात पछि अधिकांश विद्यालय सुचारु

कोलम्बो, १ पुस (रासस/सिन्ह्वा)। श्रीलङ्कामा विनासकारी चक्रवात “दितवा” का कारण बन्द भएका अधिकांश सरकारी तथा निजी विद्यालयहरू मङ्गलबार देखि पुनः खोलेको एक वरिष्ठ अधिकारीले बताउनु भएको छ । शिक्षा मन्त्रालयका सचिव नालाका कालुवेवाका अनुसार दश हजार ७६ वटा प्रभावित विद्यालय मध्ये नौ हजार ९२९ विद्यालय पुनः खोलिएको छ भने तीन प्रान्तका १४७ विद्यालयहरू आपतकालीन अवस्थाका […]

वार्ता अघि युक्रेनका लागि फ्रान्सको कडा शर्त

पेरिस, १ पुस (रासस/एएफपी) । फ्रान्सले रुससँगको युद्ध अन्त्यका लागि युक्रेनले कुनै भूभाग हस्तान्तरण गर्नुपर्ने विषयमा हुने कुनै पनि वार्ताअघि युक्रेनका लागि ‘बलियो सुरक्षा ग्यारेन्टी’ सुनिश्चित हुनुपर्ने स्पष्ट अडान लिएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनको टोलीले मङ्गलबार यस्तो धारणा सार्वजनिक गरेको हो । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत तथा युरोपेली नेताहरूसँग करिब चार […]

हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल

लाहोर, १ पुस (रासस/एपी)  पाकिस्तानको एक आतङ्कवाद विरोधी अदालतले प्रतिबन्धित इस्लामवादी राजनीतिक दलका एक वरिष्ठ धर्मगुरु नेतालाई हिंसा भड्काएको अभियोगमा ३५ वर्षको कैद सजाय सुनाएको छ । उक्त सजाय एक वर्षभन्दा बढी समयअघि देशका तत्कालीन प्रधानन्यायाधीशको हत्याका लागि सार्वजनिक रूपमा आह्वान गरेको घटनासँग सम्बन्धित रहेको अदालतका अधिकारीहरू तथा प्रतिरक्षा पक्षका वकिलले मङ्गलबार जानकारी दिएका छन् […]

ट्रम्पपछि इयुको नयाँ यथार्थ

ब्रसेल्स, १ पुस (रासस/एपी)। सन् २०२५ युरोपका लागि नयाँ र जटिल यथार्थ लिएर आएको छ । दशकौँदेखि सबैभन्दा भरोसायोग्य सहयोगी मानिँदै आएको संयुक्त राज्य अमेरिकाबाटै युरोपेली सङ्घ (इयु) को एकता, अर्थतन्त्र, सुरक्षा र प्रजातान्त्रिक मूल्यहरूमाथि दबाब बढ्दै गएको छ । यही परिवेशमा यस हप्ता हुने इयु शिखर सम्मेलन असाधारण रूपमा महत्त्वपूर्ण मानिएको छ, जसले कठिन […]

विजय दिवस मनाउन भारत–बङ्गलादेशद्वारा भ्रमण आदानप्रदान 

ढाका, १ पुस (रासस/एएनआई) । भारत र बङ्गलादेशले सन् १९७१ को मुक्ति युद्धको स्मृतिमा विजय दिवस समारोहलाई विशेष बनाउँदै हरेक वर्ष एकअर्काका युद्धका दिग्गज तथा सेवारत अधिकारीहरूलाई सहभागिताका लागि आमन्त्रण गर्ने परम्परा कायम राख्दै आएका छन् । ढाकास्थित भारतीय उच्चायोगले मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको जानकारीअनुसार यस परम्पराअन्तर्गत दुवै देशका वीर सैनिकहरूबीच आपसी सम्मान […]

ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा

वासिङ्टन, १ पुस (रासस/एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गा अघि आफ्ना समर्थकहरूलाई दिनुभएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने गरी प्रस्तुत गरिएको आरोप लगाउँदै बेलायती प्रसारक बिबिसीविरुद्ध कम्तीमा १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर गर्नुभएको छ  । फ्लोरिडाको मियामीस्थित सङ्घीय अदालतमा सोमबार दायर गरिएको मुद्दामा बिबिसीमाथि […]

चार दशकपछि जुम्लाबाट क्याबिनेट मन्त्री

गाेल्डेन बुढा जुम्ला,१ पुस। माधव चौलागाईं वन तथा वातावरण मन्त्री नियुक्त हुनु केवल एक व्यक्तिको राजनीतिक उचाइ होइन । यो जुम्ला मात्र होइन, समग्र कर्णालीले चार दशकदेखि बोकेको प्रतीक्षाको अन्त्यसँग गाँसिएको क्षण हो । खस राज्यको राजधानी, नेपाली भाषाको उद्गमस्थल र ऐतिहासिक रूपमा राज्यसत्ताको केन्द्रमा रहेको जुम्ला संघीय गणतन्त्र स्थापनापछि पनि पूर्ण (क्याविनेट) मन्त्रीविहीन रहनु […]

सहकारी पीडितको न्यायका लागि अधिवक्ता विजय गुप्ताको आमरण अनसन, जिल्ला प्रशासन कार्यालय बाँकेमा संघर्षको नयाँ चरण

बाँके ,१ पुस। नेपालगन्जमा सहकारी पीडितहरूले न्याय पाउनुपर्ने मागसहित अधिवक्ता विजय गुप्ताले जिल्ला प्रशासन कार्यालय बाँकेमा आमरण अनसन सुरु गर्नुभएको छ। आज दिउँसो १ बजेदेखि सुरु भएको अनसन सहकारी पीडितहरूको डुबेको बचत रकम फिर्ता गराउने र कानुनी प्रक्रियालाई प्रभावकारी बनाउने उद्देश्यका साथ अघि बढाइएको हो। बाँके जिल्लामा विगत केही वर्षयता विभिन्न सहकारी संस्थाहरूमा भएको आर्थिक […]

नियमित दिनचर्या र अभिभावकको माया नै अटिजम भएका व्यक्तिको विकासको आधार

बाँके,१ पुस। अटिजम भएका व्यक्तिको शारीरिक, मानसिक तथा सामाजिक विकासका लागि नियमित दिनचर्या, अभिभावकको सक्रिय सहभागिता र सकारात्मक वातावरण अत्यन्त आवश्यक हुने सरोकारवालाले जोड दिएका छन्। अभिभावक सचेत, धैर्यवान् र सकारात्मक भए अटिजम भएका बालबालिकाको व्यवहार नियन्त्रण तथा समग्र विकास सम्भव हुने उनीहरूको निष्कर्ष छ। अटिजम भएका व्यक्ति, उनीहरूका अभिभावक तथा हेरचाहकर्तालाई लक्षित दुई दिने […]