वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग

काठमाडौँ, २ पुस ।  नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयन, सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरण तथा तीनवटै तहका सरकारमा बजेट प्रणाली सुधारका लागि एसियाली विकास बैंक (एडिबी) ले १० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहयोग प्रदान गर्ने भएको छ । सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरण तथा सेवा प्रवाह सुधार कार्यक्रमअन्तर्गतको उपकार्यक्रम–२ का लागि यो ऋण उपलब्ध गराउन लागिएको […]

घरमा ढुङ्गा खस्दा चार जना घाइते 

हुम्ला, २ पुस ।  गएराति सर्केगाड गाउँपालिका–४ सर्केगाड बजार बस्ने दनबहादुर रावतको दुई तले कच्ची घरमा भिरबाट अचानक ढुङ्गा खस्दा घरभित्र रहेका चार जना घाइते भएका छन् । ‎सर्केगाड गाउँपालिका–८ राहदेउ घर भई सर्केगाड–४ बस्ने दनबहादुर रावतको घरमा भाडा गरी बस्ने सुन्दरलाल विककी श्रीमती २८ वर्षीया सरिता विक, सर्केगाड गाउँपालिका–४ रायागाउँकी २१ वर्षीया लालसरा विक, […]

दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो

कञ्चनपुर, २ पुस । यहाँ बिहानैदेखि हुस्सु र कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढेको छ । बिहानैदेखि लाग्ने हुस्सु–कुहिरो दिउँसो पखसम्म नहट्दा जनजीवन प्रभावित हुन थालेको हो । बढ्दो चिसोका कारण बालबालिका, ज्येष्ठ नागरिक तथा शिविरमा बसोबास गर्ने विपन्न परिवार बढी प्रभावित हुन थालेका छन् ।  चिसोले दैनिक जनजीवनसँगै आवतजावत र स्वास्थ्यमा समेत असर पारेको […]

सुदूरपश्चिमको विकासलाई छुट्टै रुपमा हेर्छौंः मन्त्री घिसिङ

महेन्द्रनगर, २ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सुदूरपश्चिमको विकासलाई छुट्टै रुपमा हेरेर वर्तमान सरकार अघि बढ्ने बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरस्थित कञ्चनपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री घिसिङले यहाँको जलस्रोत, व्यापारिक नाका विस्तार, पर्यटन र विद्युतीय क्षेत्रको विकासका लागि काम भइरहेको […]

पर्याप्त स्रोतको अभावमा क्षति पुगेका भवनको मर्मत गर्न समस्या

सुदूरपश्चिम, २ पुस ।  जेनजी प्रदर्शनमा क्षति पुगेका सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालय र विभिन्न कार्यालय भवनलाई मर्मतसम्भार गरेर पूरानै अवस्थामा फर्काउन समस्या भएको छ । पर्याप्त बजेट स्रोतको अभावका साथै भएको सीमित बजेटबाट पनि खर्च गर्ने प्रक्रिया लामो हुँदा क्षति भएका भवन संरचनालाई मर्मत सम्भार गरेर पूरानै अवस्थामा फर्काउन समस्या भएको हो । कम क्षति […]

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’ 

काठमाडौँ, २ पुस । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको तथा कानुनी, प्रशासनिक एवं संस्थागत सुधारलाई तदारुकताका साथ कार्यान्वयन गरिरहेको स्पष्ट गरेको छ । साथै वित्तीय कारबाही कार्यदल (एफएटिएफ)को कार्ययोजनाअन्तर्गतका दायित्व पूरा गर्ने चरणमा नेपाल रहेको जनाएको छ । कतारको राजधानी दोहामा जारी संयुक्त राष्ट्रसङ्घीय भ्रष्टाचारविरुद्धको महासन्धि पक्षराष्ट्रहरूको ११औँ सम्मेलनमा नेपालले उक्त जानकारी […]

व्यावसायिक कागतीखेतीमा व्यस्त सिभिल इन्जिनियर लोहनी

दाङ, २ पुस । घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीकराज लोहनीले प्राङ्गारिक विधिमा आधारित भएर व्यावसायिक रूपमा कागतीखेती गरेर नमूना किसानको परिचय बनाइएको छ । रासायनिक विषादी प्रयोग नगरी खेतीमा लाग्नुभएका सिभिल इन्जिनियर उहाँले यसमा  रु एक करोड लगानी गरिसकेका छन् । चार बिघा १० कट्ठाबाट खेती सुरु गर्नुभएका ४१ वर्षीय लोहनीले यसलाई छ बिघा विस्तार गरेका […]

जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न कार्बन व्यापार प्रभावकारी औजार

काठमाडौँ, २ पुस । वन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न कार्बन व्यापार एक प्रभावकारी औजारका रूपमा स्थापित हुँदै गएको उल्लेख गरे । ‘प्राक्टिकल एक्सन र एसपिआइ नेपाल’ को संयुक्त आयोजनामा यहाँ आयोजित कार्बन व्यापार नियमन, २०८२ सम्बन्धी अन्तरक्रियामा उनले कार्बन व्यापार नियमन २०८२ ले वन, ऊर्जा, कृषि तथा […]

निर्वाचन ७८ दिन बाँकी :  राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

काठमाडौँ, २ पुस । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रस्ताव गरेको प्रस्तावित आचारसंहितामा झण्डा प्रयोगका सम्बन्धमा नयाँ व्यवस्था गरेको हो । आयोगका अनुसार कुनै पनि राजनीतिक दलले आयोजना गर्ने आमसभा, जुलुस […]

उपाध्यक्षबाट पंक्षीपालक बनेकी गंगा

गाेल्डेन बुढा जुम्ला ,२ पुस। पुस महिना बिहानकाे चिसो हावा अझै शरीर छेड्ने बेला हुन्छ । जुम्लाको तातोपानी–४ को एउटा फराकिलो आँगनमा भने जीवनको छुट्टै चहलपहल देखिन्छ । कालिजको करकर, कुखुराको कुकुरुक्क र हाँसको स्वरबीच गंगा उपाध्याय दिन सुरु गर्छिन् । हातमा दाना, आँखामा निगरानी र मनमा धैर्य,यिनै उनका दैनिकी हुन् । कहिल्यै सत्ता र […]

उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छः राष्ट्र बैंक

काठमाडौँ, २ पुस ।  पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित घटनाका सम्बन्धमा नेपाल राष्ट्र बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सरकार, केन्द्रीय बैंक र बैंक तथा वित्तीय संस्थासमेतको संयुक्त प्रयासअनुरूप सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको उपस्थिति पुगेको कारण स्थानीयस्तरमा नै सर्वसाधारणसँग रहेको रकम निक्षेप राख्न, कर्जा लिन, विप्रेषण तथा सामाजिक […]

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी,२ पुस। नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई वटा हात्ती आज कतार पठाइएको छ । चितवन सौराहाबाट सोमबार खोरसहितको ट्रक चढाएर भैरहवा ल्याइएका दुई वटा हात्तीलाई आज कतार एयरवेजको कार्गो चार्टर विमानबाट कतार पठाइएको हो । कतार एयरवेजको उडान नम्बर क्यू आर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटर कार्गो जहाजबाट आज दिउँसो ५ […]

जुम्लाका स्याउ बिमा पिडितको पक्षमा तातोपानी एकजुट, शिखर ईन्स्योरेन्सलाई ५ दिनको अल्टिमेटम

काली बहादुर परियार जुम्ला,२ पुस। जुम्ला । जुम्लाका स्याउ बिमा पिडितको सवाल फेरि एकपटक बलियो रूपमा उठेको छ । जुम्ला जिल्लामा निर्जीवन बीमा सेवा दिँदै आएको शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेडको निर्णय विरुद्ध तातोपानी गाउँपालिकाका स्याउ किसानहरू संगठित भएर मैदानमा उत्रिएका छन् । गत आर्थिक वर्ष २०८०/०८१ मा शिखर ईन्स्योरेन्स जुम्ला शाखाले जिल्लाका विभिन्न पालिकामा स्याउ […]