दुनैमा भौतिक पूर्वाधार विकास गर्न १६ करोड बजेट 

सुर्खेत, ५ पुस । डोल्पा सदरमुकाम दुनैलाई व्यवस्थित बनाउन भौतिक पूर्वाधार विकासको तयारी थालिएको छ । कर्णाली प्रदेश सरकारले दुनैलाई व्यवस्थित बनाई पूर्वाधारको विकास गर्ने योजनासहित रु १६ करोट बजेट विनियोजन गरेको हो । पूर्वाधार विकास कार्यालय, डोल्पाका प्रमुख टेक हितानले भेरी नदीको किनारमा रहेको दुनै बजारलाई सुविधासम्पन्न र व्यवस्थित बनाउन प्रदेश सरकारले स्रोत सुनिश्चित […]

एघार वर्षदेखि मध्यपहाडी लोकमार्ग जाजरकोट खण्ड अधुरै

सुर्खेत, ५ पुस ।  मध्यपहाडी लोकमार्ग ११ वर्षदेखि अधुरै रहेको छ । जाजरकोट खण्डको ८५ किलोमिटर सडकमध्ये हालसम्म ५५ किलोमिटर मात्र कालोपत्र भएको छ । लोकमार्गको कुदुदेखि थलहसम्मको भाग अझै निर्माण कार्य पूरा भएको छैन । थलहदेखि सुवायासम्मको सडक निर्माण कार्य पूरा भई निर्माण व्यवसायीले जिम्मासमेत लगाइसकेको अवस्था रहेको छ । झण्डै ३० किलोमिटर काम […]

जाजरकोटकी छोरी ‘द स्पिकिङ टाइटन’को उत्कृष्ट–१० मा

काठमाडौं ,५ पुस। जाजरकोटी छोरी राष्ट्रिय स्तरको चर्चित भाषणकला सम्बन्धीको रियालिटी शो ‘द स्पिकिङ टाइटन’ को उत्कृष्ट–१० मा चयन भएकी छिन् । भेरी नगरपालिका वडा नं ४ की सुमी खड्का ३००० भन्दा बढी प्रतिस्पर्धीहरुलाई उछिन्दै उत्कृष्ठ १० मा पुग्न सफल भएकी छिन् । दामी मिडियाको प्रस्तुती रहेको ‘द स्पिकिङ टाइटन’ रियालिटी शोको प्रशारण OSR Reality […]

नेपालगञ्जमा भारतीय टुर अपरेटरसहित संवाद हुँदै

नेपालगञ्ज, ५ पुस ।  पर्यटन प्रवद्र्धनका लागि भारतीय टुर अपरेटर र नेपालगञ्जका पर्यटन व्यवसायीबीच आपसी संवाद हुने भएको छ । पर्यटन बोर्डको आयोजना तथा नाट्टा बाँके च्याप्टरको संयोजनमा शनिबार यहाँ आयोजना हुन लागेको ‘नेपालगञ्ज क्रस बर्डर टुरिजम कन्क्लेभ २०२५’ मा सो संवाद हुने भएको हो । कार्यक्रममा भारतको उत्तर प्रदेशका विभिन्न सहरका टुर अपरेटर, वीडिङ […]

कर्णाली सरकारको अर्गानिक प्रदेश योजना ‘मूल्यवान’ कर्णाली किसानको सम्पदा  नामक लोगोको प्रयोग न्यून

सुर्खेत, ५ पुस । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सार्वजनिक गरेको ‘मूल्यावान’ कर्णाली किसानको सम्पदा’ नामक लोगोको प्रयोग न्यून छ । चार वर्षअघिदेखि लागु भएको यो कार्यक्रम कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउने उद्देश्यलाई सहयोग पुर्‍याउने अपेक्षा गरिएको थियो । मन्त्रालयका अनुसार मूल्यवान लोगोको प्रयोग सात वटा फर्म तथा प्रशोधन उद्योगले मात्रै […]

जुम्लामा यातायातको नयाँ भाडादर चाडै निर्धारण हुन्छ: प्रजिअ दिपक पौडेल

गाेल्डेन बुढा जुम्ला ४ पुस। लामो समयदेखि महँगो भाडादरका कारण मर्कामा पर्दै आएका जुम्लाका सर्वसाधारणको गुनासोपछि स्थानीय यातायातको भाडादर पुनर्निर्धारण प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। जिल्ला प्रशासन कार्यालय जुम्लाको पहलमा भाडा निर्धारण समितिले प्रारम्भिक गृहकार्य सुरु गरेको प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले जनाएका छन्।जुम्ला बजारबाट ग्रामीण क्षेत्रतर्फ सञ्चालन हुने सवारी साधनले मनपरी भाडा लिने […]

टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता

वासिङ्टन, ४ पुस (रासस/एएफपी) । अमेरिकी प्रतिबन्धको सम्भावित खतरा टार्न सामाजिक सञ्जाल कम्पनी टिकटकले लगानीकर्ताहरूसँग संयुक्त उद्यम (ज्वाइन्ट भेन्चर) सम्झौतामा हस्ताक्षर गरेको छ । यस सम्झौताले टिकटकलाई संयुक्त राज्य अमेरिकामा आफ्नो सञ्चालन निरन्तर कायम राख्न र चिनियाँ स्वामित्वमा प्रतिबन्धको खतराबाट जोगिन मार्ग प्रशस्त गरेको छ । एएफपीले अध्ययन गरेको आन्तरिक मेमोअनुसार टिकटकका प्रमुख कार्यकारी अधिकृत […]

ढाकामा तनाव बढ्दो

ढाका, ४ पुस (रासस/एएनआई) । इन्किलाब मोन्चोका नेता सरिफ उस्मान बिन हादीको निधनको विरोधमा ढाकामा प्रदर्शनहरू निरन्तर जारी रहेको छ । डेली स्टार र प्रथम आलो जस्ता प्रतिष्ठित मिडिया हाउसका कार्यालयहरूलाई लक्षित गरिएको एक रातको हिंसात्मक अशान्तिपछि प्रदर्शनकारीहरूले राष्ट्रपिता शेख मुजीबुर रहमानको आंशिक रूपमा ध्वस्त घरमा पुगेर आफ्नो आक्रोश प्रकट गरेका छन् । प्रत्यक्षदर्शीहरूका अनुसार […]

इयुको ९० अर्ब युरो सहयोग सम्झौता

ब्रसेल्स, ४ पुस (रासस/एपी) । युरोपेली सङ्घ (इयु) का नेताहरूले युक्रेनलाई आगामी दुई वर्षसम्म सैन्य तथा आर्थिक आवश्यकताहरू पूरा गर्न ९० अर्ब युरो बराबरको ब्याज–मुक्त ऋण उपलब्ध गराउने सहमति जनाएका छन् । यद्यपि, कोष जुटाउन फ्रिज गरिएको रुसी सम्पत्तिहरू प्रयोग गर्ने योजनामा बेल्जियमसँगको मतभेद समाधान हुन सकेको छैन । लगभग चार वर्षदेखि जारी युद्धका कारण […]

जुम्लामा ९ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’

गाेल्डेन बुढा जुम्ला ,४ पुस। जुम्लामा ६ देखि ५९ महिनासम्मका ९ हजार १ सय १९ जना बालबालिकालाई भिटामिन ‘ए’ खुवाइएको छ। गत कात्तिक २० र २१ गते जिल्लाभर सञ्चालन गरिएको अभियानअन्तर्गत भिटामिन ‘ए’ खुवाइएको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ।कार्यालय प्रमुख किरण शर्माका अनुसार जिल्लामा ७ हजार १ सय ६८ बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने लक्ष्य लिइएको […]

रिहा भए रवि लामिछाने

रुपन्देही ,४ पुस। जिल्ला अदालत रुपन्देही भैरहवा आएर रवि लामिछाने रिहा भएका छन् । जिल्ला अदालत रुपन्देहीले अदालतसमक्ष उपस्थित गराउन प्रहरीलाई आग्रह गरेपछि आएका उनले तीन करोड ७४ लाख ८४ हजार बराबरको बैंक जमानत बुझाएर छुटेका हुन् । रवि आज पौने ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा आउने तयारीमा थिए । तर, गौतमबुद्ध विमानस्थलको भिजिबिलिटी […]

संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे

काठमाडौं ,४ पुस । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले राष्ट्रिय सभाले संवैधानिक आयोगहरुबाट प्राप्त वार्षिक प्रतिवेदनहरुलाइ सभाको बिजनेस बनाउनुपर्नेमा जोड दिएकी छन् । संघीय संसद सचिवालयले आज काठमाडौंमा आयोजना गरेको राष्ट्रिय सभाको १८ औं अधिवेशनको कार्यसम्पादन समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले संवैधानिक आयोगले कस्ता कार्य गरेका छन् भनेर सुसूचित गराउनका लागि पनि प्रतिवेदनहरु सभाको बिजनेस […]

राष्ट्रपतिद्वारा निर्वाचनसम्बन्धी अध्यादेश जारी

काठमाडौं,४ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनसम्बन्धी अध्यादेश जारी गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी भएको हो ।