जापानद्वारा मुद्रास्फीति नियन्त्रणका लागि १२०० खर्ब येनको रेकर्ड बजेट प्रस्ताव

टोकियो, २ पुस (रासस/एएनआई) । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रारम्भिक बजेट प्रस्तावमाथि विचार गरिरहेको जनाएको छ । उच्च मूल्यवृद्धिसँग जुधिरहेको अर्थतन्त्रलाई सहारा दिन आक्रामक खर्च बढाउनुपर्ने प्रधानमन्त्री साने ताकाइचीको जोड यस प्रस्तावमा स्पष्ट रूपमा देखिन्छ । यदि यो […]

नराकोट प्रशासन बाट एक महिनामै २ सयभन्दा बढी नागरिकले पाए नागरिकता र परिचयपत्र सेवा

काली बहादुर परियार जुम्ला,२ पुस। जुम्ला । इलाका प्रशासन कार्यालय सिंजा नराकोटले मंसिर महिनामा सम्पादन गरेका प्रमुख सेवा कार्यहरूको विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार नागरिकता, राष्ट्रिय परिचयपत्र, अभिलेख कायम लगायत नियमित सेवामा उल्लेख्य सेवाग्राहीहरूले सेवा लिएका छन् । दुर्गम क्षेत्रका नागरिकलाई घर आँगनमै सेवा दिने उद्देश्यले प्रशासनले सक्रियता बढाएको देखिन्छ । मंसिर […]

लागुओैषधकाे चपेटामा जुम्ला

गाेल्डेन बुढा जुम्ला,२ पुस। जुम्लामा लागुऔषधको प्रयोग र कारोबार पछिल्ला वर्षहरूमा बढ्दै गएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार नियन्त्रणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिए पनि लागुऔषधको कारोबार र प्रयोगकर्ताको संख्या घट्न सकेको छैन।जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी रबिनबाबु रेग्मीका अनुसार लागुऔषध कारोबार र प्रयोगमा नयाँ पुस्ताको संलग्नता उल्लेखनीय रूपमा देखिएको छ। उनका […]

रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता

तेहरान, २ पुस (रासस/सिन्ह्वा)। रूस र इरानले दक्षिण एसियालाई उत्तरी युरोपसँग जोड्ने अन्तर्राष्ट्रिय यातायात मार्ग पूरा गर्ने आफ्नो प्रतिबद्धता दोहोऱ्याएको इरानको सरकारी समाचार एजेन्सी इरनाले जनाएको छ । इरानको राजधानी तेहरानमा भएको बैठकमा इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र रूसी यातायात उपप्रधानमन्त्री भिटाली साभलेभले अन्तर्राष्ट्रिय उत्तर–दक्षिण यातायात कोरिडोर (आईएनएसटीसी) परियोजना सम्पन्न गर्ने […]

कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्यु : मन्त्रालय

नोम पेन (कम्बोडिया), २ पुस (रासस/सिन्ह्वा)। कम्बोडियाले सिमा क्षेत्रमा भएको झडपमा कम्बोडियामा मृत्यु हुने नागरिकको सङ्ख्या १७ पुगेको उल्लेख गर्दै थाई सैन्य बलले कम्बोडिया क्षेत्रमा हवाई आक्रमण र गोलाबारी जारी राखेको बुधबार बताएको छ । कम्बोडियाको रक्षा मन्त्रालयका उपसचिव तथा प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेटाले बुधबार देखि थाई सेनाले कम्बोडियाको ओड्डर मिन्चे, बान्टे मिन्चे र […]

भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश

वासिङ्टन, २ पुस (रासस/एएफपी)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार भेनेजुएलामा जाने र त्यहाँबाट बाहिरिने सबै ‘प्रतिबन्धित तेल ट्याङ्करहरू’ अवरुद्ध गर्ने आदेश जारी गर्नुभएको छ । यस घोषणासँगै उहाँले भेनेजुएलाको कच्चा तेलमा अमेरिकाको पहुँचसम्बन्धी नयाँ मागहरू अघि सार्दै काराकासविरुद्धको दबाब अभियानलाई अझ तीव्र बनाउनुभएको छ । ल्याटिन अमेरिकामा लागुऔषध तस्करीविरुद्ध लड्ने उद्देश्य देखाउँदै तर भेनेजुएलालाई विशेष […]

जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन

जुम्ला ,२ पुस। जुम्लामा यो वर्ष करिब १८ हजार २४५ मेट्रिकटन स्याउ उत्पादन हुँदा रु ४१ करोड २९ लाख ८९ हजार आम्दानी भएको छ । जिल्लास्थित कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार यहाँका आठ वटै स्थानीय तहका २४ हजार ८३८ परिवारमध्ये १९ हजार १५० परिवार स्याउ खेतीमा संलग्न छन् । जिल्लामा कूल खेतीयोग्य जमिन ३९ हजार ४३५ […]

बर्दियामा चितुवाको आक्रमणबाट एक जनाको मृत्यु

बर्दिया ,२ पुस । बर्दियाको बारबर्दिया नगरपालिका वडा न. १० मा चितुवाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारबर्दिया नगरपालिका वडा न. १० सेम्रवा बस्ने ३२ वर्षिय दिनेश चौधरी रहेका छन् । बारबर्दिया नगरपालिका वडा नं १० पेरहवा चटिया सामुदायिक वनमा शौच गर्न जाँदा चितुवाले आक्रमण गरेपछि युवाको मृत्यु भएको डिभजन वन […]

अदालतको आदेश कार्यान्वयन माग्दै सहकारी पीडितको आमरण तथा रिले अनसन

बाँके ,२ पुस। बाँकेस्थित सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरूले अदालतको आदेश तत्काल कार्यान्वयनको माग गर्दै आमरणसहित रिले अनसन सुरु गरेका छन्। जिल्ला प्रशासन कार्यालय बाँकेको मुख्य प्रवेशद्वार अगाडि आजदेखि पीडितहरूमध्ये पाँच जनाले अनसन थालेका हुन्। अनसनमा सहभागी पाँच जनामध्ये एक जना आमरण अनसनमा छन् भने चार जना रिले अनसनमा बसेका छन्। नेपालगन्जका पूर्व नगर […]

कर्णालीमा लैङ्गिक समानता र समावेशीकरण केन्द्रित विपद् पूर्वतयारी अभ्यास सम्पन्न

सुर्खेत ,२ पुस। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेशको आयोजनामा सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी (सुपर–२) परियोजनाअन्तर्गत कर्णाली प्रदेश स्तरीय लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) केन्द्रित टेबलटप कृतिम घटना अभ्यास कार्यक्रम बुधबार सम्पन्न भएको छ। कार्यक्रम युरोपियन युनियनको आर्थिक सहयोगमा, युएनडिपि, युनिसेफ, युएन वुमन तथा ह्याण्डिक्याप इन्टरनेशनलको प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो। यसका साथै […]

एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २,४०० बढी शैक्षिक सामग्री वितरण गर्ने

काठमाडौं ,२ पुस । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका क्रममा गरेको प्रतिबद्धताअनुसार एनसेल फाउन्डेसनले देशभरका सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई २ हजार ४ सय २८ वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको छ। क्रिकेटको उत्साहलाई शिक्षा सहयोगसँग जोड्ने उद्देश्यसहित अघि बढाइएको यो पहललाई एनसेलले निरन्तरता दिएको हो। एनपीएलको पहिलो संस्करणदेखि सुरु गरिएको “प्रत्येक […]

घुयँत्राे :“काँग्रेसको खुला चिडियाखाना : अपराधीदेखि गँजेडीसम्मलाई स्वागत!”

नेपाली काँग्रेसले आँफुलाई अन्य कुनै पनि तरिकाबाट परिवर्तन गर्न नचाहेरै हाेला । ऐले याैटा सूचना जारी गर्दै काँग्रेसकाे सदस्यता लिन चाहने जुनसुकै व्यक्ति ( अपराधि, पुलिस,कर्मचारी ,बाल,बच्चा बृध्द ,गँजेडि, ट्याबे,) कसैलाई नि बर्जित नगरिने बरु छिटछिटाे वडाका काँग्रेसका नेताहरलाई भेटनाेस र सदस्यता लिनाेस भनी रहेकाेछ । सायद काँग्रेसलाई लागेकाे हाेला ४० बर्षकाे अबधिसम्म कुनै न […]

चन्दननाथ नगरपालिकामा दमकल थन्कियो, जनप्रतिनिधि चढ्ने गाडी चले

गाेल्डेन बुढा जुम्ला,२ पुस। आगलागी नियन्त्रणका लागि प्रयोग हुने दमकल तीन महिनादेखि मर्मत नहुनु चन्दननाथ नगरपालिकाको प्रशासनिक क्षमतामाथि मात्र होइन, जनप्रतिनिधिको प्राथमिकतामाथि समेत गम्भीर प्रश्न उठ्ने अवस्था बनेको छ । गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा तोडफोड भएको नगरपालिकाको दमकल अझै सञ्चालनमा आउन सकेको छैन, जबकि जनप्रतिनिधि र कर्मचारीले प्रयोग गर्ने सवारीसाधन भने पहिल्यै […]