स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ

नेपालगञ्ज, २९ मङ्सिर । 

प्रहरीले नेपालगञ्जमा स्रोत नखुलेको भारु तीन लाख ७२ हजार ७०० र रु एक लाखसहित एक जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–११ त्रिभुवन चोकबाट भारु ५०० का ६४५ थान, भारु १०० का ५०२ थान र १००० नेपालीका १० थानसहित सुनिलकुमार बानियाँलाई पक्राउ गरी राजस्व अनुसन्धान कार्यालय, कोहलपुरमा आज बुझाउन लागिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए । 

नेपालगञ्जको त्रिभुवन चोकमा रहेको कुमार जनरल स्टोरका सञ्चालक बानियाँले स्रोत नखुलेको रकमको कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाका आधारमा उहाँलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । 

स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ

नेपालगञ्जमा शीतलहर पूर्वतयारी तीव्र ४२ हजारभन्दा बढी

स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ

थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी–८ लाई तय

Leave a comment

Your email address will not be published. Required fields are marked *