घुयँत्राे:‘इलाका तेरा, धमाका मेरा’—काँग्रेस महाधिवेशनमा ट्रकको साइरीले राजनीति पढायो!

कति कतिले याद गर्नु भाछ कुन्नि मैले चाहिँ ट्रकमा ” ईलाका तेरा, धमाका मेरा” भनेर लेख्ने गर्या ट्रक सायरी खुब याद गर्ने गर्याछु । किनभने यस्ता ट्रक,बस,मिनिबस,जिपमा लेख्ने गर्या सायरीले कैले काईँ बेस्सरी मन छुने गर्या हुन्छन् । ऐले याे देशाँ चल्या काँग्रेसकाे महाधिवेशन हेर्दा र मान्छ्या कुरा सुन्दा अनि चुनाबि गतिविधि हेर्दा ” ईलाका तेरा, धमाका मेरा” भन्ने सायरी काँग्रेसकाे महाधिवेशनाँ ठ्याक्कै लागू हाेलाजस्ताे छ रे ! हुन पनि त्यत्राे दुख्ख गरेर विशेष अधिवेशन बाेलाएर युवा जाेस्स्याएर ,सनाखत गराएर ,चुनाब गराएर सभापति शेरबहादुरलाई पाटि सभापतियाट मुन्ट्याएर , जेन्जीहरले पार्या लछार पछार सामाजिक सन्जालाँ अघाउन्जेल हेरेर अदालत र निर्बाचन आयाेगाट समेत पाटि सभापति भन्या गगन थापै हाे । अबकाे टिमभन्या काँग्रेसकाे ऐलेकाे जेनजी टिमनै हाे भनेर देश विदेशाँ समेत फैलाएर काँग्रेसकाे पूर्ण सभापतिका रुपाँ कार्यकर्ताविच विश्वास बनाएर पाटिका आधिकारिक भन्या कि मै हुम् कि विश्व प्रकाश हाे भनेर मंशिराँ गर्ने भन्या चुनाउ असाेजमै गरेर, तम्तयार भएर बस्या बेलाँ गाउँ गाउँमा भाकाे चुनाबाँ त देउबाका कार्यकर्ताकाे पाे हालिमुहालि भाे भन्छन त कुराे के हाे ? यदि साँच्चिकै चुनाब गराउने गगन अनि चुनाब जित्ने देउबा भए भनेत ” ईलाका तेरा ,धमाका मेरा ” भाकै हाे भन्ने मान्ने त हाेला हैन र ? हुन पनि विचरा देउबा कुनै दिन पाटिकाे चुनाब भएछ भने कस्साे साथिभाईहरका अगाडि फेरि सभापति किन नहुँला भनेर विदेशाँ समेत हण्टर खाएर त्यतिका दिन विताएर आएका बिचरा देउबा यदि साँच्चिकै कार्यकर्ता उनका पछि रैछन भने पाटियाँ धमाका नि हुन सक्छ । चुनाबाँ देउबाकै चेलाचपेटाकाे जित भाे र चुनाब पछि देउबालाईनै सभापति बनाउने अड्डि कसेभने कस्काे के लाग्छ र ? जनता न हुन जे पनि गर्दिन सक्छन के ! त्यसाे त देउबाले पाटिमा आर्जुलाई मनपरि खाई खेल्न नदिने हाे र खुरुखुरु पाटि र देश बनाउनेतिर साेच्ने हाे भने देशैभरमा सबभन्दा राम्रो नेता त देउबानै हुन । तर के गर्नु उनका आशेपासे किचेन क्याविनेट भन्याजस्ता प्रकाश शरण देखि दीपक खडका, बिमलेन्द्र निधि ,कान्छाराम, विजय गच्छदार र किस्न सिलाैटा जस्तालाई अघि पछि नलाएर जनताले छिछि दुरदुर नगर्ने मान्छेलाई लिएर हिँडे त पाटि सभापति नदेनि त्यै बराबरकाे सम्मान देर राख्थे भन्नेकाे भिड पनि त कम छैननि । तर ,के गर्नु कस्काे उक्साहटाँ लाग्या छन कुन्नि ती माथिका भदाैरेहरुसित लाएर कैलेकाे चुनदेवि र कैलेकाे सुनदेवि गर्दै हिँडछन अनि आफ्ना कार्यकर्ता जतिले पाटियाँ चुनाब जितेर गएनि पैले त जिब्रो मात्रै लरबराउँथे ऐले त मान्छ्यै लरबराउने भए भनेर खिस्सि गर्न थाले भने पाटियाँ काँट धमाका हाेला । त्यसैले याे साेच्दै नसाेच्या कुरा हुने याे मुलुकाँ देउबाले धमाका नगर्लान भन्ने पनि त छैन त । बिचरा सरकारकाे रेडकर्नर नाेटिसबाट बैतरणिपार भएर आका देउबाकाे राजनीतिक जिन्दगी यत्तिकै रैछ भने तअबका गाेडा सातेक दिन अर्थात आउँदाे घटस्थापना सम्म रिटायर भएर चुनदेवियाट नि कुम्ला कुटिरा भिरेर हिन्लान । हैन ! साँच्चिकै दाउ लाग्यारैछन भनेत फेरि सुदिन फर्किननि त सक्छन है । त्यसैले राजनीति हाे राजनीति याँ जेपनि हुन सक्छ भन्छन नि मान्छेले के था त्याे यसपटक प्रमाणित हुननि त सक्छ । त्यसैले गाेडा पाँचेक दिन अँझै धैर्य गरम् है धमाका हुननि सक्छ ।
“बिरसिक्का”





