थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी–८ लाई तय

बैङ्कक २९ मङ्सिर (रासस/एएफपी) ।

थाइल्यान्डमा आगामी फेब्रुअरी–८मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलहरूले यस वर्षको अन्त्य अघि प्रधानमन्त्रीका लागि आफ्ना उम्मेदवारहरूको नाम सुचिकृत गर्नु पर्ने आयोगले जनाएको छ । 

निर्वाचन आयोगले निर्वाचन विवरणको मस्यौदा तयार पारी आयुक्तलाई प्रस्ताव गरेर सन् २०२६ फेब्रुअरी–८, आइतबार चुनाव गराउने सहमति जुटाएको आयोगले एक विज्ञप्ति मार्फत जनाएको छ । चुनावको लागि अग्रिम मतदान फेब्रुअरी – १ मा हुने जनाइएको छ ।  

रूढिवादी भूमजाइथाई पार्टीका प्रधानमन्त्री अनुतीन चार्नविराकुलले सेप्टेम्बरमा आफ्नो पूर्ववर्तीलाई नैतिकता उल्लङ्घनका कारण हटाइएपछि पदभार ग्रहण गर्नु भएको थियो ।उहाँले शुक्रबार संसद विघटन गरी राष्ट्रिय चुनावको लागि मार्ग प्रशस्त गर्नु भएको छ भने जुन थाई कानून अन्तर्गत विघटन पछि ४५ देखि ६० दिनको बीचमा चुनाव हुने व्यवस्था छ । 

यो कदम थाइल्यान्ड र कम्बोडियाबिचको दशकौं लामो सीमा विवादबाट उत्पन्न भएको द्वन्द्वको रूपमा आएको छ, यस महिना जारी सैन्य झडपमा कम्तिमा ३१ जनाको मृत्यु भएको छ  भने करिब आठ लाख विस्थापित भएका छन् ।

थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी–८ लाई तय

स्रोत नखुलेको चार लाख बढी रकमसहित एक

थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी–८ लाई तय

पश्चिमी सुरक्षाको ग्यारेन्टी भए नेटो त्याग्न युक्रेन

Leave a comment

Your email address will not be published. Required fields are marked *