श्रीलङ्कामा विपद्बाट प्रभावित बालबालिकाका लागि विशेष कार्यक्रमको घोषणा

कोलम्बो, २४ मङ्सिर (रासस/सिन्ह्वा) ।
श्रीलङ्काको महिला तथा बालबालिका मन्त्रालयले विनासकारी चक्रवातले निम्त्याएको बाढी र पहिरोबाट प्रभावित बालबालिकाको सुरक्षाका लागि विशेष कार्यक्रमको घोषणा गरेको छ ।
महिला तथा बाल बालिका उपमन्त्री नमल सुदर्शनले देशव्यापी रूपमा एक लाख भन्दा बढी बालबालिका गम्भीर रूपमा प्रभावित भएको जनाउदै सबैभन्दा बढी पुत्तलम जिल्लामा ४३ हजार बालबालिका प्रभावित भएको बताएका छन् ।
प्रभावित बालबालिकाका लागि सहायता कार्यक्रम विकास गर्न सरकारले डिसेम्बर ११–१२ मा अन्तर्राष्ट्रिय बाल कोषसँग पनि छलफल गर्ने उनले बताए । बैठक पछि मन्त्रालय र अन्तर्राष्ट्रिय साझेदारहरूले विपद् प्रभावित क्षेत्रमा बाल संरक्षण संयन्त्रलाई बलियो बनाउन संयुक्त पहल गर्ने अपेक्षा गरिएको उनले बताए ।






