जनताको घरदैलोमै पुगेर विश्वास जित्दैछ नेपाली कम्युनिष्ट पार्टी : सह–संयोजक माधवकुमार नेपाल

बाँके ,२५ मंसिर ।

नेपाली  कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टीलाई संगठनात्मक रूपमा सशक्त बनाउन जनताको घरदैलोमै पुगेर विश्वास आर्जन गरिरहेको बताउनुभएको छ। नेपाली कम्युनिष्ट पार्टी बाँकेले आज आयोजना गरेको जिल्ला स्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले जनताको भावनासँग प्रत्यक्ष साक्षात्कार गर्दै अघि बढ्नु अहिलेको प्रमुख आवश्यकता भएको टिप्पणी गर्नुभयो।

पूर्व प्रधानमन्त्री नेपालले बदलिँदो राजनीतिक परिस्थितिमा सही नीति, स्पष्ट मार्गदर्शन र व्यवहारिक कार्ययोजनाका साथ जनतामाझ नयाँ विश्वास जगाउने अभियानमा पार्टी लागेको उल्लेख गर्नुभयो। उहाँका अनुसार हालसम्म १६ कम्युनिष्ट दलहरू एकीकृत भएर बनेको नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको सकारात्मक आकर्षण बढ्दो छ।

समाजवादी सिद्धान्तलाई आधार बनाएर अघि बढिरहेको नेपाली कम्युनिष्ट पार्टी सबै वर्ग, लिङ्ग, समुदाय तथा नयाँ पुस्ताको साझा राजनीतिक घर बनेको सह–संयोजक नेपालको भनाइ थियो। उहाँले “जनताले अनुमोदन गर्ने पार्टी हामी हौँ, जनताकै भरोसामा हामी अघि बढ्छौँ” भन्दै आगामी निर्वाचनमा पनि पार्टीले उल्लेखनीय जनसमर्थन पाउने विश्वास व्यक्त गर्नुभयो।

आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्ष्य बनाएर पार्टी निर्माण, जनसंगठान विस्तार र जनतासँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो। “नयाँ नेपाल निर्माणको सङ्कल्पसहित जनताको बहुमतका साथ अघि बढ्छौँ,” नेपालले उद्घोष गर्नुभयो।

कार्यक्रममा केन्द्रीय कमिटी सदस्यहरू शक्ति बहादुर बस्नेत, अञ्जना चौधरीलगायतले पनि सम्बोधन गर्दै एकता, संगठन सुदृढीकरण र जनताकै पक्षमा उभिने राजनीतिक प्रतिबद्धताबारे आफ्नो धारणा व्यक्त गर्नुभएको थियो।

जनताको घरदैलोमै पुगेर विश्वास जित्दैछ नेपाली कम्युनिष्ट पार्टी : सह–संयोजक माधवकुमार नेपाल

घुयँत्राे:माग बुझाउने कि माग च्यात्ने? जेनजीको आजको

जनताको घरदैलोमै पुगेर विश्वास जित्दैछ नेपाली कम्युनिष्ट पार्टी : सह–संयोजक माधवकुमार नेपाल

सम्पादकीय : संसदलाई बन्धक नबनाऊ !

Leave a comment

Your email address will not be published. Required fields are marked *