घुयँत्राे:माग बुझाउने कि माग च्यात्ने? जेनजीको आजको कार्यक्रममै सबै अक्कल देखियो!

आज मंशिर २४ जेनजी आन्दोलन समाप्तभएकाे ठिक ३ महिनापछि जेनजी आन्दोलनका समुहहरुले प्रधानमन्त्री समक्ष आफ्ना लिखित मागहरु प्रस्तुत गरेका छन । सरकार बनेकाे ३ महिना वितिसक्दानि सरकारले भष्टाचारी र विध्वंसकारीहरुलाई कार्वाही नगरेकाे र देशबाट वेथिति र भष्टाचार अन्त्य नभएकाेले अन्तत जेनजीहरु आफ्ना मागहरु लिखितरुपमा सरकारलाई बुझाउन बाध्य छभएकाछन ।
उनीहरुले प्रधानमन्त्री समक्ष माग प्रस्तुत गर्दा देखाएकाे व्यवहार र चरित्रलाई हेर्दा जेनजीहरुप्रति जनताकाे पटक्कै सहानु भूति देखिँदैन । माग बुझाउँदानै आपसमा गरेकाे लडाई झगडा बाझाबाझ र मागनै च्यातेर फालेकाे दृष्य देख्ने जाे काेहिकाे पनि अब जेनजीप्रति सहानुभूति देखिने अबस्था रहेन । तत्कालीन अबस्थाका प्रधानमन्त्री केपि ओलिले जेनजीहरुलाई आलाकाँचा उरण्ठेउलाहरुकाे भीड भनेर जुन आराेप लाउँथे त्यसलाई प्रधानमन्त्री सामु मागहरु बुझाउँदा प्रमाणित गरि दिएका छन । त्यसै त जेनजी आन्दोलनलाई आन्दोलन नमान्ने ओलिले यी सबै दृष्यलाई नियालेर बसेका र अदालतले सदन व्युँताई दिएपनि निर्वाचन भएपनि भाेलि प्रधानमन्त्री हुने ओलिनै हुन अनि ओलिले भाेलि प्रधानमन्त्री भएछि यिनरकाे माग कसरी पूरा गर्दिन्छन । आखिर जेनजीका माग ऐलेनै सबै सम्बाेधन हुन सक्दैनन भाेलि आउने सरकारलेनै पूरा गरिदिनु पर्ने हुन्छ तर जेनजीहरुका हरेक दिनका गतिविधि हेर्दा लडाईँ भिडाईँ आपसि भनाभन कुटाकुटका घटना दिनहुँ निरन्तर भएछि भाेलिकाे सरकारले यीनिहरुलाई कसरी मान्ला ? अर्काे कुरा ओलि जेनजीलाई पटक्कै नमान्ने अनि जेनजीहरु ओलिलाई भष्टाचारकाे मुद्दामा कार्वाही गर भनेर सरकारलाई थर्काई रहने तर सरकारले ओलिलाई छुनै नसक्ने भएछि भाेलिका दिनमा सरकार बनाउने ओलिले जेनजीका माग कसरी पूरा गर्दिन्छन । त्यसैले उनिहरुका मागनै न ऐलेकाे सरकारले सरकारले पूरा गर्न सक्छ न भविष्यमा बन्ने ओलिकाे सरकार र तिनका कर्मचारीले पूरा गर्न सक्दछन । त्यसैले पनि नेपालमा ऐलेसम्म भएका परिवर्तन र आन्दोलनमा सबैभन्दा उपलब्धि हिन आन्दोलनमा यहि जेनजी आन्दोलनलाईनै लिन सकिन्छ । विनाउद्देश्य र विना नेतृत्वकाे आन्दोलनका रुपमा ईतिहासमा लेखिने याे भदाै २३/२४ काे आन्दोलनले सरकारी र निजि सम्पतिकाेतहस नहस र देशकाे अर्थ ब्यवस्थालाई डामाडाेल र देशमा घरै पिच्छे पाटि दर्ता गर्ने अबसरबाहेक केही दिएन । शुरुमा त आन्दोलनले देशै जलाएर राष्ट्रकाे र निजि सम्पति यढाएर तहसनहस पारे पनि देशमा रहेकाे व्यथिति र भष्टाचारकाे अन्त्य गर्ला भन्ने आशले जनताले पनि आन्दोलनकाे समर्थन गरे तर आजभाेलि गर्दागर्दै हिजाे ओलि हुँदा देश जुन अबस्थाँ थ्याे ऐलेनि त्याे अबस्थाट कुनै कुराकाे परिवर्तन नभएछि जनता याे सरकारसितनि थाके । जेनजी सरकारले अब बेथिति राेक्ला ,भष्टाचार हुन नदेला भन्ने विश्वाश जनतामा छैन । त्यसैले फागुन २१ का लागि भनेकाे निर्वाचनमा पनि तिनै पूराना दलहरुनै चुनाब जित्ने प्रष्ट देखिँदैछ ।
तिनै पुराना रुढीबादी दलकाे जित र भष्टाचारकाे खेलले फेरि देशलाई एकपटक आक्रान्त बनाउने निश्चित छ । हरेक दशबीश वर्षकाे अन्तरालमा भै रहेका यस्ता आन्दोलनले न जनतामा चेतना भर्न सक्याे न दलहरु परिवर्तन हुन सके ।उल्टै परिवर्तनका नाममा भएका क्षतिले देशलाई टाट बनाएर छाेड्याे र देश अरु सय बर्ष पछाडि पर्याे । तर जेनजीहरु भने देश र जनताकाे चिन्ता भन्दानि कस्लाई उछिनेपछि काे अगाडि पुग्न सक्छ भनेर उछिनाउछिनकाे खेलमा व्यस्तछन ।यसकारण पनि जनताले यिनिहरुप्रति विश्वाश गर्न छाेडि सके ।ऐलेसम्म नेताकै ठेगान नभएकाे समूहले देश कसरी सम्हाल्न सक्छ ।जेनजीहरुमा चेतना भया ।



